विनेसाम केन्द्रद्वारा सिर्जना वाचन सम्पन्न

१५ डिसेम्बर २०२२,

विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिको नियमित सिर्जना वाचन आज १५ डिसेम्बर २०२२(बिहिवार) भर्चुअल्ली भव्य रुपमा सम्पन्न भयो ।

विनेसाम केन्द्रीय अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीको सभापतित्वमा कार्यक्रम सिर्जना वाचनको ३२औँ शृङ्खला प्रदेश न: ७/सुदूरपश्चिमसँग गरियो । हरेक अंग्रेजी महिनाको १५ तारिक गरिने यस नियमित सिर्जना वाचन शृङ्खलामा राष्ट्रिय शाखा, प्रदेश, जिल्ला वा आजीवन सदस्यहरूलाई जोडेर गर्ने गरिन्छ । यसैक्रममा आज प्रदेश न: ७/सुदूरपश्चिमलाई जोडेर भर्चुअल जुमबाट सिर्जना वाचन गरियो ।

विनेसाम केन्द्रले बिगत लामो समयदेखि नेपाली भाषा/साहित्यको उन्नयन/समृद्धि हेतु नेपालीहरू पुग्नु भएको विभिन्न देशमा आफ्ना शाखाहरू स्थापना गरि निरन्तर रुपमा लागिरहेको छ नेपाली साहित्यलाई त्यहाँ पुर्याउन ।

लामो समयको अनुभवले दिएको अनुभूतिलाई मनन् गर्दै नेपाली उत्कृष्ट सिर्जनाहरूलाई विभन्न भाषामा अनुवाद गरि नेपाली सहित्य आकाशको क्षितिजलाई अझ परसम्म पुर्याउन लागिपरेको छ विश्व नेपाली साहित्य महासङ्घ ।

आजको नियमित सिर्जना वाचनको ३२औँ शृङ्खलामा कविता, मुक्तक, लघुकथा, गीत, गजल आदि वाचित गरिए उपस्थित केन्द्रीय पदाधिकारीहरू, पार्षद पदाधिकारीहरू तथा प्रदेश न: ७ का पदाधिकारीहरूद्वारा । कार्यक्रम अत्यन्त सुन्दर, शालीन, सिर्जनामय बन्यो ।

आजको कार्यक्रममा उपस्थित….
१) डा मधुकृष्ण श्रेष्ठ – सल्लाहकार (अमेरिका)
२) प्रा डा भीम खतिवडा – सल्लाहकार (काठमाण्डौ/नेपाल)
३) सुरेन्द्र लिम्बू परदेशी – अध्यक्ष/केन्द्र (भारत)
४) गोविन्द प्रसाद गौतम – उपाध्यक्ष (मस्को/रसिया)
५) रीतादेवी प्रधान – सदस्य (सनफ्रान्सिस्को/अमेरिका)
६) कल्पना पौडेल जिज्ञासु – केन्द्रीय सदस्य (नेपालगंज/नेपाल)
७) बाबुराम आचार्य अध्यक्ष/प्रदेश न:७ (नेपाल)
८) केबी पौडेल -केन्द्रीय कोषाध्यक्ष (काठमाण्डौ/नेपाल)
९) भीम विरही राई – केन्द्रीय सदस्य (धरान/नेपाल)
१०) पूर्णिमा जी शाह – केन्द्रीय सदस्य (हङकङ)
११) राहुल राई बोगिको – केन्द्रीय सदस्य (मणिपुर/भारत)
१२) लाल सुन्दर राई – केन्द्रीय सदस्य (बेलायत)
१३) डा नाज सिंह – केन्द्रीय सहसचिव (डेल्ली/भारत)
१४) कोपिला शर्मा – प्रदेश ७/सल्लाहकार (नेपाल)
१५) अन्जना मास्के – प्रदेश ७/सदस्य (नेपाल)
१६) देविका मंग्राती राई – केन्द्रीय सदस्य (खर्साङ्ग/भारत)
१७) मोहनराज खनाल – केन्द्रीय सदस्य (म्यान्मा)
१८) सुमित्रा थामी अविरल – केन्द्रीय सदस्य (दार्जिलिङ्ग/भारत)
१९) मन्जुला तामाङ्ग – केन्द्रीय पार्शाद (दार्जिलिङ्ग/भारत)
२०) कृष्णप्रसाद गौतम – केन्द्रीय सदस्य (इटहरी/नेपाल)
२१) लक्षिराम आचार्य – प्रदेश ७ (नेपाल)
२२) नवराज न्यौपाने – केन्द्रीय सदस्य (नेदरल्याण्ड)
२३) योगराज आचार्य – प्रदेश ७ (नेपाल)
२४) कैलाश बोगटी – प्रदेश ७/उपाध्यक्ष (नेपाल)
२५) कपिल अधिकारी – केन्द्रीय सदस्य (ताइवान)
२६) डा मनमुर्ति भुर्तेल – केन्द्रीय सचिव (मस्को/रसिया)
२७) दामोदर ढकाल – केन्द्रीय साहित्य सञ्चार संयोजक (काठमाण्डौ/नेपाल)
२८) सुनिता राई कन्दङ्वा – केन्द्रीय महासचिव (इजरायल)

अन्त्यमा,
विश्व नेपाली साहित्य महासङ्घको नियमित सिर्जना वाचन कार्यक्रमको ३२औँ शृङ्खला आज भर्चुअल्ली भव्य रुपमा सम्पन्न भयो । आजको सिर्जनामय कार्यक्रम केन्द्र, केन्द्रीय पार्षद र प्रदेश न: ७/ सुदूरपश्चिमसँग गरियो । प्रत्यक्ष उपस्थित केन्द्रीय सल्लाहकार, पदाधिकारीहरू, केन्द्रीय पार्षद पदाधिकारी र प्रदेश न: ७/सुदूरपश्चिमका अध्यक्ष लगायत सम्पूर्ण पदाधिकारीहरू लगायत भर्चुअल्ली साथ् दिनुहुने सम्पूर्ण साहित्यिक मनहरूप्रति आभार व्यक्त गर्दै विनेसाम केन्द्रीय अध्यक्ष तथा आजको सिर्जना वाचन कार्यक्रमका सभापति सुरेन्द्र लिम्बू परदेशीले आजको सिर्जनामय कार्यक्रमको समापन गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *