३० कार्तिक २०७९/१६ नोभेम्बर २०२२
विश्व नेपाली साहित्य महासंघ नेपाल शाखाको आयोजनामा प्रदेश १ प्रदेश शाखा विशेष रचना वाचन कार्यक्रम विनेसाम नेपाल शाखाकी अध्यक्ष कल्पना पौडेल “जिज्ञासु” को अध्यक्षतामा र विनेसाम विश्व केन्द्रिय समितिका अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीको प्रमुख आतिथ्यता, विशिष्ट अतिथि वरिष्ठ गजलकार डा घनश्याम परिश्रमीज्यू, विनेसाम विश्व केद्रिय समिति महासचिव सुनिता राई कन्दङ्वाको आतिथ्यतामा सम्पन्न कार्यक्रम मा तीन दर्जन भन्दा बढी स्रष्टाहरूले रचना वाचन गर्नुभएको थियो ।

विनेसाम नेपाल शाखाकी वरिष्ठ उपाध्यक्ष केशु पोखरेलले उपस्थिति सबैलाई मिठा शब्द गुच्छा द्वारा स्वागत गर्नु भएको थियो । भारतको दार्जिलिङ, अछाम, देखि प्रदेश १, बागमती प्रदेश, चितवन जिल्ला, लुम्विनी प्रदेश लगायत देशका विभिन्न भूभागबाट सहभागी विशिष्ट साहित्यिक ब्याक्तित्वहरुले रचना वाचन गरि साहित्यको रसस्वादन गराउनु भएको थियो ।
आजको कार्यक्रममा उपस्थिति,
- डा घनश्याम परिश्रमी
- सुरेन्द्र लिम्बू परदेशी
- सुनिता राई कन्दङ्वा
- कल्पना पौडेल जिज्ञासु
- भीम विरही राई
- देविका मंग्राती राई
- कृष्णप्रसाद गौतम
- सुमित्रा अविरल
- भगवती ढकाल
- तिला लेकाली
- लेख प्याकुरेल
- विदुर अधिकारी
- डम्बर तामाङ
- गङ्गा आचार्य सापकोटा
- इन्दीरा गौतम
- केशु पोखरेल
- मुना सिग्देल
- रजना घिमिरे
- ॠषीराम सापकोटा
- रोहिनी लोहनी
- रोजिना लोहनी
- सुमन मेवाहाङ
- सुशीला भट्ट
- तारा कार्की
- यमुना
- किशन पौडेल
- केशव गाहा पाल्पाली
- तारा घिमिरे
- विमला अधिकारी देवकोटा
- हरि रिजाल हरिप्रिया
- सीता बिष्ट कार्की
- विमला ढुंगाना
- चिरञ्जीवी काफ्ले
- गीता अर्याल
- प्रकाश कार्की
- शान्ता दाहाल
प्रमुख अतिथि सुरेन्द्र लिम्बू परदेशी, विशिष्ट तथा अन्य अतिथिहरुद्वारा विनेसामले नेपाली भाषा साहित्यको विकासमा पुर्याएको योगदानको चर्चागर्दै विनेसमा नेपाल शाखाले गर्ने गरेका नियमित साहित्यिक गतिविधिहरुको प्रशंसा गर्नुभयो । आजको विशेष सिर्जना वाचन कार्यक्रम भब्यरुपमा सम्पन्न भयो । नेपाल शाखाले पाँचवटा प्रदेश शाखा र ३ वटा जिल्ला शाखा गठन गरि विनेसाम परिवार बढाउँदै लगेको कुरामा खुसी ब्यक्त गरेका थिए । कार्यक्रमको संचालन नेपाल शाखाका सदस्य तथा लुम्बिनी प्रदेश अध्यक्ष लेक प्रसाद प्याकुरेलले गरे र अन्त्यमा प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथिहरू, प्रदेश एकका अध्यक्ष लगायत सम्पूर्ण पदाधिकारीहरु, प्रत्यक्ष उपस्थिति तथा भर्चुअल्ली साथ् दिनुहुने समस्त साहित्यिक मनहरूप्रति आभार व्यक्त गर्दै आजको कार्यक्रमकी सभापति तथा विनेसाम नेपाल शाखाकी अध्यक्ष कल्पना पौडेल जिज्ञासुले कार्यक्रमको समापन गर्नुभयो ।


