सिर्जना वाचनको ३१औँ शृङ्खला सम्पन्न

१५ नोभेम्बर २०२२,

विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिको नियमित सिर्जना वाचनको ३१औँ शृङ्खला आज (१५ नोभेम्बर २०२२/मङ्गलवार) जुम भर्चुअलमा भव्य रुपमा सम्पन्न भयो ।

विनेसाम केन्द्रले हरेक अंग्रेजी महिनाको १५ तारिक नियमित रुपमा सिर्जना वाचन गर्दै आएको छ । यसरी सिर्जना वाचन गर्ने क्रममा कहिले राष्ट्रिय शाखा, प्रदेश, जिल्ला वा आजीवन सदस्यहरूलाई जोडेर साहित्यिक गतिविधिहरु गर्दै आएको छ ।

सिर्जना वाचन सुरु गरिएदेखि यस कार्यक्रमलाई फरक-फरक तरिकाले प्रस्तुत गरिंदै आएको छ । सुरुका केही समय केन्द्रले मात्रै गर्यो, केही समय पश्चात् उक्त कार्यक्रममा वाचन गरिएका सिर्जनालाई एकजनाले समिक्षा गर्ने र अन्त्यमा एकजना अग्रजबाट समग्र कार्यक्रमलाई सम्बोधन गर्दै समअप गर्ने गरियो । यस अभ्यासको क्रममा धेरै कुराहरू सिक्ने अवसर मिल्यो सबैलाई । अतः अहिले केही महिनाबाट एकजना विशेष व्यक्तिलाई शिर्षक व्यक्तित्व बनाइ उहाँका सिर्जनात्मक अनुभव, सिर्जना सुन्ने र कुनै एक शाखा वा आजीवन सदस्यहरूलाई समेट्दै आएका छौँ ।

यसै क्रममा आजको नियमित सिर्जना वाचनको ३१औँ शृङ्खलामा शिर्ष व्यक्तित्वा गजल विधामा विद्यावारिधि गर्ने पहिलो व्यक्ति डा घनश्याम परिश्रमी (उहाँ केन्द्रीय सल्लाहकार पनि हुनुहुन्छ) हुनुहुन्थ्यो । परिश्रमीज्यूबाट उहाँका साहित्यिक यात्रा, अनुभव र गजल विधा भनेको के हो, कहाँबाट आयो, कसरी सुरु भो, कसरी लेखिन्छ, आदि-इत्यादी बारे स्पष्ट कुराहरू राख्नु भयो । साथै विनेसाम शाखा मधेस प्रदेश (२ न: प्रदेश) बाट प्रत्यक्ष उपस्थित हुनुभएका पदाधिकारीहरू, केन्द्रीय पदाधिकारीहरू र केही अतिथि सर्जकहरूले विभिन्न विधामा सिर्जना पस्कनु भयो ।

आजको नियमित सिर्जना वाचनको ३१औँ शृङ्खलामा प्रत्यक्ष उपस्थित् . .

_ सल्लाहकार..
१) डा मधुकृष्ण श्रेष्ठ (अमेरिका)
२) प्रा डा भीम खतिवडा (नेपाल)
३) डा घनश्याम परिश्रमी (नेपाल)
४) शरद प्रधान (काठमाण्डौ/नेपाल)

५) अध्यक्ष : सुरेन्द्र लिम्बू परदेशी (भारत)
६) वरिष्ठ उपाध्यक्ष : डा लेखनाथ काफ्ले (ताइवान)
७) उपाध्यक्ष : गोविन्द प्र गौतम (मस्को/रसिया)
८) महासचिव : सुनिता राई कन्दङ्वा (इजरायल)
९) सचिव : डा मनमुर्ति भुर्तेल (मस्को/रसिया)

सदस्य..
१०) कल्पना पौडेल जिज्ञासु (नेपाल)
११) भीम विरही राई (धरान/नेपाल)
१२) पुर्णिमा जी शाह (हङकङ)
१३) मोहनराज खनाल (म्यान्मा)
१४) रीतादेवी प्रधान (अमेरिका)
१५) लाल सुन्दर राई (बेलायत)
१६) राहुल राई बोगिको (मणिपुर/भारत)
१७) कृष्ण प्र गौतम (इटहरी/नेपाल)
१८) देविका मंग्राती राई (खर्साङ्ग)
१९) नवराज न्यौपाने (नेदरल्याण्ड)

नेपाल, शाखा मधेस प्रदेशबाट…
२०) अध्यक्ष : मणिराज दाहाल
२१) नारयण घिमिरे
२२) गोपाल यादव
२३) देवी पन्थी
२४) श्री प्र पोखरेल
२५) प्रेम घिमिरे
२६) जानुका गुरागाईं
२७) रामचन्द्र पौडेल
२८) राकेश कु झा रसिक
२९) मुक्ति पोखरेल
३०) बाशुदेव ठकुरी

_ अतिथि स्रष्टा…
३१) तीला गौतल (नेपाल)
३३) सीता शर्मा (नेपाल)
३४) मुना सिग्देल (नेपाल)
३५) तारा घिमिरे (संखुवासभा/नेपाल)

विनेसाम केन्द्रको नियमित सिर्जना वाचनको ३१औँ शृङ्खला आज विशेष भव्य रुपमा सम्पन्न भयो । कार्यक्रमको संचालन संस्थाका सचिव डा मनमुर्ति भुर्तेलले गरे भने प्रत्यक्ष उपस्थित केन्द्रीय सल्लाहकारज्यूहरू, पदाधिकारीहरू, नेपाल शाखा मधेस प्रदेशबाट जोडिनु भएका अध्यक्ष मणिराज दाहाल लगायत सम्पूर्ण पदाधिकारीहरू साथै अतिथि स्रष्टाहरू, भर्चुअल्ली हामीलाई साथ् दिनुहुने समस्तमा हृदयदेखि हार्दिक आभार व्यक्त गर्दै कार्यक्रमका सभापति तथा विनेसाम केन्द्रीय अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीले आजको नियमित सिर्जना वाचन सभाको समापन घोषणा गर्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *