युद्ध साहित्य गोष्ठी सम्पन्न

-विजय हितान

१२ नोभेम्बर २०२२

लन्डन- शनिवार १२ नोभेम्वर २०२२ को दिन १३ जना गोर्खा भी.सी. को सम्झनामा युद्ध साहित्य गोष्ठी सम्पन्न भएको छ । विश्व नेपाली साहित्य महासङ्घ-पश्चिम युके शाखा,  र विश्व नेपाली साहित्य महासङ्घ- दक्षिण युके शाखाको संयुक्त आयोजनामा यो कार्यक्रम सम्पन्न भएको हो ।

वेलायतमा रिमेम्वरेन्स डे अर्थात पप्पी डे पनि भनेर जानिने दिवसलाई पारेर आयोजना भएको यस कार्यक्रमको प्रमुख संयोजक विजय हितान र सहसंयोजक औतारी साइँला हुनुहुन्थ्यो । मुख्यत विगतका युद्धहरुमा सहादत प्राप्त गरेका सैनिकलाई श्रद्धाञ्जली अर्पण गर्दै युद्ध सिर्जनाहरू वाचन गरेर यो कार्यक्रम गरिएको थियो । चार दर्जन भन्दा बढिको नेपाल, भारत, इजरायल, हङकङ, बेलायतबाट सहभागिता रहेको थियो ।

युद्ध साहित्यलाई प्रवर्धन गर्ने हेतुले यसपल्ट युद्ध गीत प्रतियोगिता पनि राखिएको थियो । देश विदेशबाट ४२ जना गीतकारको सहभागिता रहेकोमा निम्नलिखत व्यक्तिहरु विजयी हुनुभएको छ ।

प्रथम तिला लेकाली, द्वितीय निनाम थुलुङ प्रमे, तृतिय गायत्री लम्साल र सान्वना पुरस्कार पाउने प्रतिमा केसि र चिमखोले काइँला हुनुहुन्छ । गीतको नगद पुरस्कार सरदार वंशु गुरुङ स्मृति प्रतिष्ठानले प्रायोजन गरिदिनु भएको थियो । विजयीहरुको घोषणा युद्ध गीत प्रतियोगिताका संयोजक साथै विनेसाम दक्षिण शाखा अध्यक्ष थिर थापाले गर्नु भयो ।  

युद्ध साहित्यलाई प्रवर्धन गर्ने मुख्य उदेश्य रहेको यस कार्यक्रममा बृटिश गोर्खा पल्टन, इन्डियन गोर्खा पल्टन, सिंगापुर पुलिस, गोर्खा रिजर्भ यूनिट ब्रुनाई, नेपाली सेना, नेपाली पुलिसलाई पनि सहभागिताको लागि सम्पर्क गरिएको थियो र उनीहरूबाट सर्जक/प्रतिनिधिहरुको बाक्लो उपस्थिति थियो ।  सिर्जना वाचन साथसाथै युद्ध साहित्यमाथि प्रमुख वक्ताहरु टीम आई गुरुङ, डा भूपेन घिसिङ्, डा प्रेमबहादुर आलेबाट चर्चा-परिचर्चा पनि गरिएको थियो ।

युद्ध साहित्यमा कलम चलाउने देश विदेशमा रहनु भएका स्रजक साथै निवृत्ता तथा सेवारत  सैनिक र तिनका परिवारको पनि उपस्थिति रहेको थियो । 

कार्यक्रममा प्रमुख अतिथि विनेसाम केन्द्रीय अध्यक्ष सुरेन्द्र लिम्बू परदेशी हुनुहुन्थ्यो भने कार्यक्रमको सभापतित्व विनेसाम पश्चिमा शाखाका अध्यक्ष लाल सुन्दर राईले गर्नुभएको थियो । कार्यक्रम सञ्चालन अमित थेबे र विजय हितानले गर्नुभयो ।  

स्मरण रहोस्, गत केही वर्षहरुदेखि ‘गोर्खा हिस्ट्री मन्थ’ र यस्तै बृहत युद्ध साहित्य गोष्ठीको आयोजना गर्दै आएका छौँ । त्यसको अपार सफलता पश्चात यो चौथो युद्ध साहित्य गोष्ठी सम्पन्न भएको हो ।

१२ नोभेम्वर २०२२ ।  

Leave a Reply

Your email address will not be published.