विनेसामले विश्वस्तरीय गजल प्रतियोगिता गर्ने

१ नाेभेम्बर, इजरायल । विश्व नेपाली साहित्य महासङ्घले विश्वस्तरीय गजल प्रतियोगिता गर्ने भएको छ । नियमित प्रतियोगिता अन्तर्गत महासङ्घले यस वर्ष गजल विधामा गर्न लागेको हाे ।

गत अक्टोबर २८ तारिख शुक्रबारका दिन बसेकाे विनेसाम केन्द्रीय समितिकाे नियमित बैठकले यस वर्ष विश्वव्यापी गजल प्रतियोगिता आयाेजना गर्न लागेको अध्यक्ष सुरेन्द्र लिम्बु परदेशीले बताए । यसका लागि आवश्यक सूचना र जानकारी उपयुक्त समयमा जारी गर्ने उनलेे बताए । महासङ्घले यसअघि कविता, मुक्तक, लघुकथा विधामा प्रतियोगिता गरिसकेको छ ।

यसैगरी, महासङघले बालबालिकाहरूलाई लक्षित गरी नेपाली पाठ्यक्रम तयार पार्न समेत सक्रिय हुने भएको छ । विशेषगरी प्रवासका बालबालिकाहरूका लागि सम्भावित पाठ्यक्रम निर्माण गर्न एक टिम समेत बनाइएको महासचिव सुनिता राई कन्दङ्वाले जनाइन् । उक्त टिमले अगाडी के कसरी बढ्ने भन्ने सन्दर्भमा छलफल, सरसल्लाह गरेर कार्य-योजना तय गर्ने छ I त्यसपछि, सम्बन्धित विज्ञहरूसँग पनि सम्पर्क गरी सुझाव लिने छ ।

टिममा सल्लाहकारहरू प्रा डा भीम खतिवडा, डा. घनश्याम परिश्रमी, अध्यक्ष सुरेन्द्र लिम्बु परदेशी, वरिष्ठ उपाध्यक्ष डा. लेखनाथ काफ्ले, उपाध्यक्ष – डेन्जोम साम्पाङ् राई, महासचिव सुनिता राई कन्दङ्वा, सचिव डा. मनमूर्ति भुर्तेल र सदस्य नवराज न्यौपाने छन् ।

प्रत्येक महिनाकाे अन्तिम साता बस्ने बैठकमा प्राडा भीम खतिवडा (धरान/नेपाल), अध्यक्ष सुरेन्द्र लिम्बू परदेशी (भारत), वरिष्ठ उपाध्यक्ष डा लेखनाथ काफ्ले (ताइवान), उपाध्यक्ष गोविन्दप्रसाद गौतम (मस्को/रसिया), महासचिव सुनिता राई कन्दङ्वा (इजरायल), सचिव डा. मनमुर्ति भुर्तेल (मस्को/रसिया), कोषाध्यक्ष केबी पौडेल (काठमाण्डौ) काे उपस्थिति रहेको थियो । त्यस्तै, सदस्यहरूमध्ये कल्पना पौडेल जिज्ञासु (नेपाल), पूर्णिमा जी शाह (हङकङ), नवराज न्यौपाने (नेदरल्याण्ड), कपिल अधिकारी (ताइवान), राहुल राई बोगिको (मणिपुर/भारत), कृष्ण प्र गौतम (इटहरी/नेपाल), देविका मंग्राती राई (सिलगुडी), लाल सुन्दर राई (बेलायत), अमित थेबे (बेलायत), रीतादेवी प्रधान (अमेरिका) काे सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *