लक्ष्मी जयन्ती तथा सिर्जना वाचन सम्पन्न

२४ अक्टोबर २०२२
विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिले महाकवि लक्ष्मीप्रसाद देवकोटाको १४४औँ जन्म जयन्ति तथा तिहारको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम आज भव्यताका साथ सम्पन्न गरेको छ ।

त्रिपुरा विश्वविद्यालय भारतका कुलपति प्रा डा गङ्गाप्रसाद प्रसाईंज्यूको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा चर्चित लोक गायिका तथा अभिनेत्री प्राज्ञ कविता आले काठमाडौँ, वरिष्ठ विद्धान प्रा डा बद्रीविशाल पोखरेल अस्ट्रेलिया, डा गोकुल क्षेत्रीय गुजरात भारत विशिष्ट अतिथि रहनु भएको थियो । अतिथिहरूमा एलाक अभियन्ता डम्बर पहाडी काठमाडौँ, समाजसेवी रत्नबज्र लामा काठमाडौँ, यस वर्षकी राष्ट्रिय कविता प्रतियोगिताकी विजेता टीका आत्रेय इटहरी, डियर कल्याण साहित्य परिवारका अध्यक्ष विनोद घिमिरे आदि रहनु भएको थियो ।

भर्चुअल्ली उपस्थित विद्वानहरूबाट तिहारको सन्दर्भमा धेरै महत्वपूर्ण कुराहरू राखिएका थिए भने लक्ष्मीप्रसाद देवकोटाको बारेमा पनि सारगर्भित अभिव्यक्तिहरू राखिएका थिए । विभिन्न प्रकारका सिर्जनाहरू वाचन गरिएको कार्यक्रममा साहित्यकारहरूको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा उपस्थिति:
कुलपति प्रा डा गङ्गाप्रसाद प्रसाईं, भारत
प्राज्ञ कविता आले, काठमाडौँ
प्रा डा बद्रीविशाल पोखरेल, अस्ट्रेलिया
डा गोकुल क्षेत्रीय, गुजरात भारत
डम्बर पहाडी, काठमाडौँ
रत्नबज्र लामा, काठमाडौँ
टीका आत्रेय, इटहरी
विनोद घिमिरे, इटहरी
तारा घिमिरे, संखुवासभा
इश्वर लामिछाने, धरान

महासङ्घ परिवारका:
प्रा डा गोविन्दराज भट्टराई, काठमाडौँ
प्रा डा भीम खतिवडा, धरान
प्रा डा दिवाकर प्रधान, वाराणसी
डा घनश्याम परिश्रमी, नवलपुर
सुरेन्द्र लिम्बू परदेशी, भारत
डेन्जोम साम्पाङ, अमेरिका
गोविन्द गौतम, रसिया
सुनिता राई कन्दङ्वा, इजरायल
डा मनमुर्ती भुर्तेल, रसिया
डा नाज सिंह, दिल्ली
दामोदर ढकाल, काठमाडौँ
के बी पौडेल, काठमाडौँ
कपिल अधिकारी, ताइवान
कृष्णप्रसाद गौतम, इटहरी
देविका मंग्राती राई, सिलिगुडी
नवराज न्यौपाने, नेदरल्याण्ड
भीम विरही राई, धरान
राहुल राई बोगिको, मणिपुर
रितादेवी प्रधान, अमेरिका
सुमित्रा अविरल, दार्जीलिङ
नानु राना थापा, बेलायत
मुना सिग्देल, मोरङ
तोयानाथ सुवेदी, काठमाडौँ
आदिको प्रत्यक्ष उपस्थिति रहेको थियो । महासङ्घ विश्व केन्द्रीय समितिका अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा सहसचिव डा नाज सिंहको स्वागत मन्तब्य रहेको थियो भने कार्यक्रमलाई महासचिव सुनिता राई कन्दङ्वाले सञ्चालन गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *