विनेसाम दक्षिण बेलायत अध्यक्षमा थिर थापा

२ अक्टोबर, लन्डन । विश्व नेपाली साहित्य महासङ्घ, दक्षिण यूकेकाे अध्यक्षमा थिर थापा मगर निर्वाचित भएका छन् । महासङ्घकाे तेस्रो अधिवेशनले मगरलाई अध्यक्षमा चयन गरेको हाे ।

आइतबार आसफाेर्डकाे गाेरखा भान्सा घरमा भएको अधिवेशनले सङ्गीतकार एवम् गायक समेत रहेका मगरको नेतृत्वमा १५ सदस्यीय कार्य समिति गठन गरेको छ । उपाध्यक्षमा सर्वधन राई, सचिवमा अमित थेवे, सहसचिवमा लाहाङ चेम्जोङ, र काेषाध्यक्षमा विश्वजित थापा छन् । सदस्यहरूमा सञ्जीव पारदर्शी, सुष्मा रुपाबुङ राई, टिमाया राई, मीन बहादुर राना, नरेशविक्रम नेम्वाङ, दिल पालुङ्वा, सन्त नेम्वाङ, ज्ञानु फुरुम्वाे, सन्ध्या गुरुङ र सुरेन्द्र थेवे रहेका छन् ।

अधिवेशनपश्चात् लिइएको तस्वीर ।
अधिवेशनले संरक्षकमा घन थापा, निवर्तमान अध्यक्ष विजय हितान, विशाल थापा र चमन बलाललाई चयन गरेको छ । सल्लाहकारहरूमा संस्थापक विश्वासदीप तिगेला, ओैँतारी साइला, सुरेन्द्र इङ्नाम र गणेश पुन रहेका छन् ।

तत्कालीन अध्यक्ष विजय हितानकाे अध्यक्षतामा भएको कार्यक्रमलाई सहसचिव लाहाङ चेम्जोङले सञ्चालन गरेका थिए । सचिव अमित थेवेले तयार पारेको संस्थागत प्रतिवेदन थिर थापाले वाचन गरेका थिए ।

सन् २०१६ मा स्थापना भएको विनेसाम दक्षिण यूके शाखा गत मे महिनामा केन्द्रीय समितिले मूल्यांकन गरेको आधारमा तीन दर्जन शाखाहरूमा पश्चिम यूके शाखासँगै सक्रिय पाँचभित्र पर्न सफल भएको थियाे । त्यस्तै, सचिव थेवे सबैभन्दा सक्रिय सदस्य घाेषित हुँदै पुरस्कृत भएका थिए । महासङ्घले युद्ध साहित्य, पर्यावरण साहित्य र मातृभाषा साहित्यलाई विशेष प्राथमिकताकाे कार्यक्रम बनाएर अघि बढाइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *