सिर्जना वाचन तथा नयाँ समिति घोषणा

०९ सेप्टेम्बर २०२२,

विश्व नेपाली साहित्य महासङ्घ बागमती प्रदेशद्वारा आज (९ सेप्टेम्बर २०२२/शुक्रवार) सिर्जना वाचन तथा विनेसाम चितवन जिल्ला नयाँ समिति घोषणा कार्यक्रम भर्चुअल जुमबाट भव्य रुपमा सम्पन्न गरेको छ ।

विनेसाम बागमती प्रदेशका अहद्य्क्षा तोयानाथ सुवेदी अध्यक्षता तथा साहित्यकार छवी वैरागी घिमिरेज्यूको प्रमुख अतिथ्य साथै विनेसाम केन्द्रीय महासचिव सुनिता राई कन्दङ्वा विशिष्ट अतिथि बागमती प्रदेशका पदादिकारीहरु र नयाँ कार्यसमिति चितवन जिल्लाबाट पदाधिकारीहरु जोडिनु भयको थियो ।

विनेसाम बागमती प्रदेश अन्तर्गत घोषणा भएको चितवन जिल्लाका नयाँ कार्यसमितिका नामावली बागमती प्रदेशका अध्यक्ष तोयानाथ सुवेदीले पढेर नयाँ समिति घोषणा गर्दै कार्य-सफलताको शुभकामना दिनुभयो । यसपश्चात् सिर्जना वाचन भए ।

प्रमुख अतिथि साहित्यकार छवि वैरागी घिमिरेज्यूले अहिले साहित्यिक संस्थाहरु थुप्रै खुलेको र कतिले निरन्तरता पाउन नसक्दा कतै बिलय भएको कुरा राख्दै विनेसामलाई निरन्तर साहित्यिक उन्नतिको कामना दिंदै शुभकामना व्यक्त गर्नु भयो । यस्तै विशिष्ट अतिथि विनेसाम केन्द्रीय महासचिव सुनिताले पनि निकै खुसि व्यक्त गर्दै नयाँ कार्यसमतिलाई कार्य सफलताको हार्दिक शुभकमना व्यक्त गर्दै एउटा कविता प्रस्तुत गर्नुभयो ।

आजको यो विशेष साहित्यिक सिर्जना वाचन तथा नयाँ कार्यसमिति घोषणा कार्यक्रम विनेसाम बागमती प्रदेशका सचिव माधव बिडारीले संचालन गर्नु भयो । भर्चुअल जुमबाट जोडिएको सिर्जना वाचन साथै नयाँ कार्यसमितिघोषणा कार्यक्रम निकै भव्य बन्यो । अन्त्यमा कार्यक्रमका सभापति तथा विनेसमा बागमती प्रदेशका अध्यक्ष तोयानाथ सुवेदीले नयाँ कार्यसमिति चितवन जिल्लालाई पुनः बधाई तथा शुभकामान दिंदै उपस्थित सबैमा हार्दिक आभार व्यक्त गर्नु भयो र आफ्नो एक सिर्जना प्रस्तुत गरेर आजको कार्यक्रमलाई औपचारिक रुपमा समापन गन्रु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *