विनेसाम भारत शाखाको विराट साहित्य उत्सव

(२७ र २८ अगस्त दार्जलिङ्गमा)

विश्व नेपाली साहित्य महासङ्घ, भारत शाखाले यही २७ र २८ अगस्त २०२२ दार्जिलिङको गोर्खा रङ्गमञ्च भानु भवनमा दुई दिवसीय विराट साहित्य उत्सव, पुरस्कार सम्मान समर्पण तथा कृति लोकार्पण समारोह सम्पन्न गरेको छ । अन्तर्राष्ट्रीय स्तरको उक्त दुइदिने समारोहमा पहिलो दिनको समारोह शाखाका अध्यक्ष राहुल राई बोगिकोको अध्यक्षता तथा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन प्रमुख अनित थापा प्रमुख आतिथिको रुपमा रहनु भएको थियो ।

चौरस्ताबाट बेन्ड बाजा बजाउँदै सबै साहित्यकारहरूलाई भानु भवनमा पुर्याएर स्वागत गरिएको थियो । पहिलो सत्रको कार्यक्रममा प्रध्यापक डा. गोबिन्द राज भट्टराईद्वारा राखिएको सम्भाषण “समसामयिक नेपाली साहित्य र विश्व नेपाली साहित्य महासङ्घको भूमिका” अत्यन्तै सान्दर्भिक र मननयोग्य थियो । कार्यक्रममा नेपाल प्रज्ञा-प्रतिष्ठानबाट बालसाहित्य तथा लोकवार्ता विभाग प्रमुख डा देवी नेपाल, त्रिपुरा विश्वविद्यालयका कुलपति प्रा डा गङ्गाप्रसाद प्रसाईं, भारतीय साहित्य अकादेमी नेपाली भाषा परामर्श समितिका संयोजक डा जीवन नामादुङ्, वरिष्ठ साहित्यकार बिन्द्या सुब्बा, सिक्किम विश्वविद्यालयकी डीन प्रा डा कविता लामा, डा सीताराम अधिकारी मणिपुर, चन्द्रप्रकाश शर्मा सिक्किम, विनेसाम केन्द्रीय सल्लाहकार सरद प्रधान, कोषाध्यक्ष केबी पौडेल, नेपाल शाखाको अध्यक्ष तथा केन्द्रीय सदस्य कल्पना पौडेल जिज्ञासु, जापान शाखाका अध्यक्ष तथा केन्द्रीय सदस्य देवीबहादुर इङ्नाम, केन्द्रीय सदस्य भीम विरही राई, नेपाल शाखाका सल्लाहकार मणिराज सिंह, पत्रकार अश्विनी कोइराला, समालोचक दीपक सुवेदी, ज्ञानबहादुर क्षेत्री, टीबी चन्द्र सुब्बा, डा महेश पौड्याल, युबराज काफ्ले, लोकनाथ चापागाईं, चन्द्र भण्डारी, लतिका जोशीलगायत हजारभन्दा बढी विशिष्ट मान्छेहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा तिनवटा विषेश पुरस्कारहरू पनि समर्पण गरिएको थियो । पुरस्कारहरू निम्नानुसार रहेका थिए :

१. आशारानी स्मृति पुरस्कार

भाषा संग्रामी प्रा.डा. तेजमान बराईली

२. साहित्य क्षेत्रमा, कर्ण थामी स्मृति पुरस्कार

गीतकार दलसिंह अकेला

३. साहित्यिक पत्रकारितामा

पत्रकार सविता संकल्प

स्रष्टाहरूलाई उक्त पुरस्कार जनही एक लाख एक हजार रुपैयाँ नगद राशीका साथमा अभिनन्दन पत्र, स्मृति चिन्ह, दोसल्ला, शिरशोभा आदिले सम्मान गर्दै पुरस्कृत गरिएको थियो ।

त्यसै कार्यक्रमको दोस्रो सत्रमा विभिन्न साहित्यिक अनि सांगीतिक समागमहरूको साथमा प्रतिष्ठित साहित्यकार, साहित्य एकेडेमी नेपाली भाषा परामर्श समितिका संयोजक डा जीवन नामदुङ, सिक्किमबाट आमन्त्रित विशेष अतिथि सीपी शर्मा साथै डा. सुकराज दियालीलाई उक्त मञ्चमा सम्मान गरिएको थियो ।

श्रीमति बिन्द्या सुब्बाले भारतीय लेखनमा नारी विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो भने प्रमुख अतिथि त्रिपुरा विश्वविद्यालयका कुलपति प्रोफेसर डा. गङ्गाप्रसाद प्रसाईंको भाषण अतिनै सारगर्भित थियो । समारोहमा दार्जीलिङका प्रतिष्ठ गायिका सोनु राईद्वारा गीत प्रस्तुत गरिएको थियो । विनेसाम भारत शाखाको मुखपत्र नवकलमका धारहरूबाट “साहित्य सेतु” कविता सङ्ग्रह, सामूहिकरुपमा विमोचन गरियो। कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका प्रा. डा. गोविन्दराज भट्टराई, नेपाल, सिक्किमबाट सी पी शर्मा,  प्रा. डा. पुष्प शर्मा, प्रा. डा. कविता लामा, लगायत जापान, नेपाल र भारतबाट वरिष्ठ विद्धान साहित्यिक अतिथिहरूको बाक्लो उपस्थिति रहेको थियो । उक्त समारोहमा विनेसाम भारत शाखाको पक्षमा अन्तर्राष्ट्रीय समागमको निम्ति अध्यक्ष राहुल राई बोगिको, मूलसचिव सुमित्रा थामी अविरल, डा. साङ्मु लेप्चा, मञ्जुला तामाङ, देवीका मंग्राती राईलगायत अन्य सदस्यहरूको उपस्थिति रहेको थियो ।

दोस्रो दिन २८ अगस्त २०२२ को दिन विनेसाम भारत शाखाको साहित्य सेतु कविता सङ्ग्रह, छन्द लोचन छन्द कविता सङ्ग्रह, नवीन मुना मुक्तक सङ्ग्रह, मोजेस त्रीखत्री, सरस्वति शर्मा, दिपक चाम्लिङ्ग, प्रेम विश्वकर्मा, ज्ञान बहादुर क्षेत्रीलगायतका श्रष्टाहरूका पुस्तकहरूको ८ भन्दा बढी कृतिको सामुहिक विमोचन गरिएको थियो । त्यसपछि विकास कार्की (भाषा) प्रा. डा. कविता लामा (बाल साहित्य) अनि श्री नकुल शर्माले (युद्ध साहित्य) कार्यपत्र प्रस्तुत गरेका थिए ।

रेडियो कर्मी एफ एमका उद्घोषक श्री चन्द्र भण्डारीलगायतले आ-आफ्ना बक्तव्य पेश गरेका थिए । प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ डा. देवी नेपालले जानकारी दिदै “विश्वका हरेक नेपाली साहित्यकारहरूले अब प्रज्ञा-प्रतिष्ठानबाट परिचयपत्र पाउने छन् भन्नु भएको थियो । त्यसैगरी नेपाल प्रज्ञा-प्रतिष्ठान नेपालका नेपालीहरूको मात्रै नभएर संसारभर छरिएर रहेका नेपाली महाजातिको जो नेपाली भाषा-साहित्यको सेवामा समर्पित छन् उनीहरू सबैको साझा संस्था हो ।” भन्नु भएको थियो ।

अन्त्यमा सांगितिक कार्यक्रममा सोनु राई, दुर्गा खरेल आदि प्रतिष्ठित कलाकारहरूबाट मिठा-मिठा गितहरू प्रस्तुत भएका थिए । कार्यक्रमका सभापतिले कार्यक्रम सफल बनाउन योगदान गर्नु हुने सबैलाई धन्यवाद प्रकट गर्दै कार्यक्रमको समापन गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *