मिति २०७९/०६/११मा
विश्व नेपाली साहित्य महासङ्घ नेपाल शाखाको आयोजनामा विजया दशमीको शुभकामना, कृति समीक्षा तथा रचना वाचन कार्यक्रम विनेसाम नेपाल शाखाकी अध्यक्ष कल्पना पौडेल “जिज्ञासु”को अध्यक्षता र वरिष्ठ साहित्यकार डा शैलेन्दु नेपालको प्रमुख आतिथ्यतामा भर्चुअल जुमको माध्यमबाट सम्पन्न भयो ।

नेपाल शाखाकी वरिष्ठ उपाध्यक्ष केशु पोखरेल खनालले उपस्थित सम्पूर्णलाई कार्यक्रममा मिठो रचना वाचन सहित स्वागत मन्तव्य गर्नु भएको थियो।
कृति समिक्षा ..
सिक्किमेली कवि साहित्यकार जीविका अश्रुको कविता सङ्ग्रह “भोकको भाइरस्” को समीक्षा विनेसाम लुम्बिनी प्रदेशका अध्यक्ष लेक प्रसाद प्याकुरेल र विनेसाम बाँके जिल्ला शाखाकी अध्यक्ष गीता अर्यालले निकै सुष्म अध्यनका साथ अत्यन्त सुन्दर समीक्षा गर्नुभएको थियो । यसरी गहन रूपमा समीक्षा गर्नुहुँदै यो कृति साहित्यको एउटा गहकिलो कृति हो भन्नु भयो।
विशिष्ट अतिथि विनेसाम विश्व केन्द्रीय समितिका अध्यक्ष सुरेन्द्र लिम्बू परदेशी र प्रमुख अतिथि डा शैलेन्दु नेपालले कृति समीक्षाको विश्लेषण गर्दै कृतिकार लाई बधाई दिदै दशैं, तिहार र छठपर्वको शुभकामना दिनुभएको थियो ।
शाखाकि महासचिव अम्बिका याम्फु “अनमोल” ले उक्त कार्यक्रमको सन्चालन गर्नुभएकाे थियाे।
खरसाड; भारतबाट कवि देविका मड;ग्राती राईले निकै सुन्दर कथा वाचन गर्नु भएको थियो ।
कार्यक्रमा नेपाल शाखाका सल्लाहकार मणिराज सिंह काठमाडौं, प्रतिमा शर्मा काठमाडौं, ऋृषिराम सापकोटा नेपालगन्ज, विनेसाम केन्द्रीय महासचिव सुनिताराई कन्दङ्गवा ,इजरायल, केन्द्रीय सहसचिव नाज सिंह रसिया, सुमित्र थामी भारत, केशु पोखरेल खनाल चितवान, रामचन्द्र पौडेल, गोविन्द प्रसाद गौतम रसिया, इन्दिरा गौतम बाँके, प्रेम घिमिरे, सुरेश कुमार पाण्डे दाङ, डेन्जोम साम्पाड अमेरिका, मन्जुला तामाड दार्जलिङ्ग, केशव गाहा पाल्पाली भारत मुम्बई आदि साहित्यकार हरुकाे निकै राम्रो उपस्थिति रहेको थियो ।
कार्यक्रमको अन्त्यमा विनेसाम नेपाल शाखाकी अध्यक्ष कल्पना पौडेल जिज्ञासुले उपस्थिति समस्तमा हार्दिक आभार व्यक्त गर्नु हुँदै कार्यक्रमको समापन गर्नु भयो ।