विनेसाम नेपालद्वारा सिक्किममा विशेष साहित्यिक चर्चा

अगस्ट ३०,

विश्व नेपाली साहित्य महासङ्घ नेपाल शाखाले भाद्र १४ मंगलवार सिक्किमको राजधानी गान्तोकमा अध्यक्ष कल्पना पाैडेल जिज्ञासु, सल्लाहकार कवि मणिराज सिंह, ऋषिराम सापकाेटाका साथै स्थानीय सिक्किम गजल  मञ्चकी संस्थापक अध्यक्ष जीविका अश्रु, सिक्किम गजल मञ्चकी उपाध्यक्ष राधा पान्डे, अभियान साहित्य समिति राङ्का सिक्किमका अध्यक्ष अर्जुन यावा, चिया कविता सिक्किमका संयाेजक द्वय प्रविण खालिङ्ग, अमर लाछिकाठी, नम्रता गुरुङ्ग लगायतकाे प्रत्यक्ष उपस्थितिमा श्रष्टा परिचयका साथै सिक्किम-नेपाल साहित्य बारेमा परिचर्चा गरियो ।

उक्त अवसरमा उपस्थित श्रष्टाहरूले कविता वाचन गरी उपस्थितिमा सार्थकता थप्नु भयो।  विनेसाम नेपालकी अध्यक्ष  कल्पना पौडेल जिज्ञासुले विनेसामको इतीहास बारेमा संक्षेपमा महत्वपूर्ण कुराहरु राख्नुभयो । उपस्थित् स्रष्टाहरुले सिक्किममा पनि  समिति छ कि छैन ? भन्ने जिज्ञासा  राखेका  थिए  ।

नेपाल र गान्तोकका स्रष्टाहरूले भविष्यमा पनि गान्तोक र नेपाल/काठमाडौं  लगायतका शहरहरूमा यसप्रकारका गतिविधी गर्दै साहित्यलाई अझ स्तरीय बनाउन हामी सबै लागिपर्नु पर्ने विचार अध्यक्ष कल्पना पौडेल जिज्ञासुले गरीन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *