विनेसाम नेपाल शाखाद्वारा कृति समिक्षा तथा शाखा मधेश प्रदेश घोषणा

अगस्ट १५,

विश्व नेपाली साहित्य महासङ्घ नेपाल शाखाद्वारा, विनेसाम मधेश प्रदेश शाखाको साउन ३० गते गठन गरियो। वरिष्ठ गजलकार बुँद राना (भैरहवा)को प्रमुख आतिथ्यतामा विश्व नेपाली साहित्य महासङ्घको नेपाल शाखाकी अध्यक्ष कल्पना पौडेल ‘जिज्ञासु’ले नेपालगंजबाट ७ जना सल्लाहकार तथा ३३ सदस्य रहेको मधेश प्रदेश शाखाको भर्चुअल माध्यमबाट घोषणा गर्नु भयो।

शाखाका सल्लाहकारहरूमा प्रा डा राजेन्द्र बिमल, डा रामभरोस कापडी, डा रामदयाल राकेश, मणिराज सिंह, पुनम झा, धीरेन्द्रकुमार मण्डल, दीक्षा सुवेदी रहनु भएको छ ।

यसैगरी मधेश प्रदेश शाखा कार्यसमितिका पदाधिकारीहरूमा मणिराज दहाल – अध्यक्ष (जनकपुर), गोपाल यादव – उपाध्यक्ष, (गौशला), महोत्तरी, मोहन महतो कोइरी- सचिव (महोत्तरी), सरु बस्नेत- सहसचिव, निजगढ, बारा, अनु खनाल – कोषाध्यक्ष, बर्दिबास, अम्बिका पोख्रेल कार्की- सहकोषाध्यक्ष (सर्लाही) रहनु भएको छ ।

सदस्यहरूमा हरि प्र सापकोटा, सिमरा, मीना देवकोटा, लालबन्दी, राजेश्वरी काफ्ले, लालबन्दी, नवीन पौडेल, फत्तेपुर, सप्तरी, ज्योति घिमिरे, गोदार, धनुषा, रमेश अजीव रश्मी, चेरु, खयरमारा, प्रेमकुमार घिमिरे अग्नि कवाज – बर्दिबास, बिपीराज दहाल, ढल्केवर, धनुषा, राकेशकुमार झा, जनकपुर, निर्मल पौडेल, महोत्तरी, सूर्या लामा, गौशला महोत्तरी, चिरन्जिवी सापकोटा, सीता शर्मा, भागिरथी प्रकृति, समीक्षा सुवेदी, बारा, वीरेन्द्र यादव, महोत्तरी, रोमा लम्साल (नुरा), सप्तरी, नारायण घिमिरे, बर्दिबास, भीमकुमार राउत, गौरीबास, रामचन्द्र पौडेल, बर्दिबास महोत्तरी, कुमार दहाल कुसुम, बागमती न पा सर्लाही, शिवेन्द्र यादव, धनुषा, सबनम यादव, धनुषा, सूर्यनारायण मंडल, धनुषा, मनोज साह, धनुषा, धर्वेन्द्र यादव, महोत्तरी, शिवनन्दन यादव, महोत्तरी हुनुहुन्छ ।

विनेसाम नेपाल शाखाकी वरिष्ठ उपाध्यक्ष केशु पोखरेल खनालले भरतपुरबाट स्वागत मन्तव्यसहित रचना वाचन गर्नु भयो। कार्यक्रममा काठमाडौंबाट प्रा डा गोविन्दमानसिंह कार्कीले अम्बिका याम्फु ‘अनमोल’द्वारा लिखित “मोहक मकालु“ मुक्तक सङ्ग्रहको समीक्षा गहन रूपमा गर्नुहुँदै यो कृति नेपाली साहित्यमा एउटा गहकिलो कृति हो भन्नु भयो।

विशिष्ट अतिथि विनेसाम केन्द्रीय समिति अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीले लखनउबाट समीक्षक प्रा डा गोविन्दमानसिंह कार्की, स्रष्टा अम्बिका अनमोल तथ मधेश प्रदेशका अध्यक्ष मणिराज दहाल लगायत सम्पूर्ण परिवारलाई बधाइ दिनुभयो। सफल कार्यक्रम आयोजन गरेकोमा नेपाल शाखालाई पनि बधाइ व्यक्त गर्नुहुँदै भविष्यमा अन्य प्रदेश र शाखाहरू गठन गर्दै जानुहोस् भनी शुभकामना दिनुभयो।

काठमाडौंबाट विशिष्ट अतिथि कवि तथा एलाक प्रवर्तक डम्बर पहाडी “एलाक”ले केही एलाकहरूसहित एउटा कविता वाचन गर्नुभयो। धरानबाट विनेसाम केन्द्रीय सदस्य भीम विरही राईले बधाइ भन्नु हुँदै आफैँ संलग्न भारत चीन लडाइँको समय भोगेका अनुभूति समेटिएको कविता वाचन गरेर माहोललाई मन्त्रमुग्घ पार्नु भयो। इजराइलबाट केन्द्रीय महासचिव सुनिता राई कङ्दङ्वाले कार्यक्रमको लागि सबैमा बधाइ भन्नुभयो।

कार्यक्रममा नेपाल शाखाका सल्लाहकार मणिराज सिंहले बधाइ ज्ञापन गर्नुहुँदै नेपाल शाखालाई धन्यवाद दिनु भयो। काठमाडौं शाखाकी सहसचिव सरस पाण्डेले शुभकामना व्यक्त गर्नुभयो।

जनकपुरबाट मधेश प्रदेशका अध्यक्ष मणिराज दहालले अध्यक्षको जिम्मेवारी प्राप्त भएकोमा नेपाल शाखालाई धन्यवाद दिँदै प्रदेशमा साहित्यिक गतिविधि गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नु भयो।

महासचिव अम्बिका याम्फु ‘अनमोल’ले काठमाडौंबाट सञ्चालन गर्नु भएको कार्यक्रममा राकेशकुमार झा (जनकपुर), प्रेम घिमिरे (बर्दिबास), कुमार दहाल (सर्लाही, बागमती न पा), कल्पना पौडेल ‘जिज्ञासु’, सुनिता राई कङ्दङ्वा, अम्बिका अनमोल , राजेश्वरी काफ्लेले कविता वाचन गर्नुभएको थियो भने कार्यक्रमको समापन नेपालकी अध्यक्ष कल्पना जिज्ञासुले गरिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *