विनेसाम काठमाण्डौद्वारा विशेष काव्य गोष्ठी सम्पन्न

मिति २०७९ साल श्रावण १३गते

विश्व नेपाली साहित्य महासङ्घ काठमाण्डौ शाखाले स्रष्टा सम्मान एवम् विशेष काव्य गाेष्ठी रचना वाचन कार्यक्रम सम्पन्न गरेकाे छ ।

विश्व नेपाली महासङ्घ काठमाण्डौ शाखा अध्यक्ष जनार्दन अधिकारी धड्कनकाे अध्यक्षता एवम् वरिष्ठ साहित्यकार विश्व कवि तुलसी दिवसज्यूकाे प्रमुख आतिथ्यमा भएकाे उक्त कार्यक्रममा ताइवानमा बसेर नेपाली भाषा साहित्यकाे विकाशमा याेगदान गर्नु हुने सहायक प्राध्यापक डा. लेखनाथ काफ्लेलाई एक समारोहविच प्रा तुलसी दिवसले सम्मान गर्नु हुँदै नेपाल बाहिर बसेर पनि नेपाली भाषा र साहित्यलाई विश्व नेपाली महासङ्घको वरिष्ठ उपाध्यक्षकाे रुपमा दिनु भएकाे याेगदान सह्रानीय छ यस्ताे सम्मान गर्ने विश्व नेपाली साहित्य महासङ्घ काठमाडौं शाखालाई विशेष धन्यवाद दिनु भयाे। प्रा दिवसले कविता निजात्क र माैलिक हुनुपर्छ भन्नु हुँदै भाषा र साहित्य जिवित रहेमा सबैले गर्व गर्न सक्छन् र याेगदान गर्ने यस्ता श्रष्टाको सम्मान गर्नु पर्दछ भन्नुहुँदै जिन्दगी लुगा भै दिए किलामा झुण्याउन हुन्थ्याे शीर्षककाे कविता सुनाउनु भयो।

सम्मानित डा. लेखनाथ काफ्लेले आफ्नै घरदेशमा आफू यसरी सम्मानित भएकोमा खुशी व्यक्त गर्नु हुँदै प्रा तुलसी दिवसको हातबाट सम्मानित हुन पाएकोमा अझै गर्वकाे महसुस भएकाेछ भन्नु हुँदै लागेको भन्नु हुँदै काठमाडौं शाखा अध्यक्ष धड्कन जी लागायत शाखालाई आभार व्यक्त गर्नु भयो।

नेपाली साहित्यलाई अनुवाद नगरेसम्म विश्वकाे अन्य भाषीहरुले नबुझ्ने हुँदा अब त्यसतर्फ अग्रसरता नदेखाई नहुने भन्दै
वहाँले विश्व नेपाली साहित्य महासङ्घले विश्वभरिका श्रष्टाहरूलाई जोडेर कार्यक्रम गरिरहेको र खासगरी विश्वका अन्य भाषामा नेपाली साहित्यलाई अनुवादको माध्यमबाट प्रचार प्रसार गरिरहेको जानकारी दिनु भयो।

यस अवसरमा साहित्यकार प्रकाश सायमीले यस्तो कार्यक्रमले सर्जकमा खुशी,उत्साह र हौसला थपिने भन्नु हुँदै एउटा अाफ्नाे रचना वाचन गर्नु भयो। साहित्यकार शरद प्रधानले डा काफ्लेलाई बधाइ दिनु हुँदै विनेसाम काठमाडाैले गरेकाे याे कार्यक्रमकाे प्रशंसा गर्दै आफ्ना अनुभव व्यक्त गर्नु भयो।

कार्यक्रममा साहित्यकार भानुप्रकाश जोशी, चोभार ब्लुजका लेखक बिक्रमभक्त जोशी, समीर पाख्रीन, ई मानबहादुर भुजेल, बिक्रम पाण्डे लगायतले केन्द्रीय बरिष्ठ उपाध्यक्ष काफ्लेलाई बधाइ मन्तव्य व्यक्त गर्नु भयो।

कार्यक्रममा विनेसाम नेपालका सल्लाहकार मणिराज सिंह, नेपालका सचिव अम्बिका याम्फु अनमोल, बागमती प्रदेशका अध्यक्ष तोयानाथ सुवेदी, सहसचिव सरस पाण्डे, सुस्मिता श्रेष्ठ, सुधा मिश्र, र सचिव चुडा निर्भिकले कविता वाचन गर्नु भएकाे थियाे ।

अन्तमा सभापति जनार्दन अधिकारी धड्कनले डा लेखनाथज्यूले नेपाली साहित्यमा गर्नु भएकाे याेगदानकाे सम्मान त शव्दले अबस्य पनि पुग्दैन तैपनि याे अवसर जुटेकाेमा विनेसाम काठमाडाै शाखा धन्य भएकाे छ भन्नु भयाे । नेपाली साहित्यमा खाेरियाकाे जन्म भएकाे छ प्रवर्तककाे हैसियतले सैद्धान्तिक अवधारणा प्रष्ट पार्दै नेपाली साहित्यमा खाेरिया लाेक छन्द हाे लाेक छन्दका कविताहरु गाउनमा सजिला हुन्छन् खाेरिया पनि लाेक छन्द भएकाेले वाचन भन्दा पनि गेयात्मक्ताले स्थान अाेगटेकाेमा अझ प्रवर्तककाे रुपमा अानन्दित भएकाे व्यक्त गर्दै केही खाेरिया अनि कविता वाचन गरि अाज उपस्थित प्रमुख अतिथि,सम्मानित डा लेखनाथ काफ्ले,विशिष्ठ अतिथि,अतिथि ज्यूहरूमा र उपस्थित सम्पूर्णमा धन्यवाद ज्ञापन गरि समापनकाे घाेषणा गर्नु भयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *