विनेसाम, काठमाडौँ शाखामा सिर्जना वाचन सम्पन्न

मिति २०७९ असार १६ गते
विश्व नेपाली साहित्य महासङ्घ, नेपाल काठमाडाैँ शाखाले प्रथम कार्य याेजना निर्माण बैठक एवम् विशेष रचना वाचन कार्यक्रम सम्पन्न गरेकाे छ ।

विश्व नेपाली साहित्य महासङ्घ, नेपाल काठमाडाै शाखाका अध्यक्ष जनार्दन अधिकारी धड्कनकाे अध्यक्षता एवम् वरिष्ठ साहित्यकार विनेसामका केन्द्रीय अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीज्यूकाे प्रमुख अातिथ्यतामा भएकाे उक्त कार्यक्रममा सुरेन्द्र लिम्बू परदेशीकाे “हामी अायामका भुईंमान्छेहरू” कविता सङ्ग्रहकाे परिचर्चा एवम् समिक्षा पनि गरिएकाे थियाे ।समिक्षक मन्जु पन्तले परदेशीका कवितामा देश बाेलेकाे, विकृति विसङ्गतिप्रतिकाे प्रहार छ भन्नु हुँदै कविता अव्वल रहेकाे वताउनु भयाे । प्रमुख अतिथि परदेशीले “काठमाडाैँ राजधानीकाे खास स्थान हाे । अाशा लागेकाे छ सकृय व्यक्तिहरू हुनु हुन्छ” भन्नु हुँदै शाखालाई कार्यकाल सफलताको अनेकौँ शुभकामना दिनु भयाे ।

विनेसाम नेपाल शाखाका सल्लाहकार मणिराज सिंहले “काठमाडाैँले पहिलाे पटक केन्द्रीय अध्यक्षकाे उपस्थितिमा कार्यक्रम गर्न सक्याे याे खुशीकाे कुरा हाे” भन्नु हुँदै नेपाली साहित्यकाे विकासमा शाखाले कृयाशिल भै कार्य गर्ने कुरामा विश्वास व्यक्त गर्नु भयाे । साे अवसरमा बाग्मती प्रदेशका अध्यक्ष ताेयानाथ सुवेदीले पनि शुभकामना मन्तव्य व्यक्त गर्नु भएकाे थियाे । उत्तम भेटवालकाे स्वागत र चुडा निर्भिकज्यूकाे कुशल उद्घघाेषणबाट शुरु भएको विशेष काव्य गाेष्ठीमा साहित्यकारहरू क्रमश रेणु घिमिरे, सिता पाण्डे अधिकारी, सुधा मिश्र, शुरेश घिमिरे, उत्तम भेटवाल, चुडा निर्भिक, सिता घिमिरे, माधव विडारी, मन्जु मन्त, ताेयानाथ सुवेदी, मणीराज सिंहलगायतले अा-अाफ्ना रचना वाचन गर्नु भएको थियो ।

अन्तमा जनार्दन अधिकारी धड्कनले नेपाली साहित्यकाे विकासमा हामी जाे जहाँ छाै त्यहाँबाट सेवा गर्नु पर्छ भन्नु भयाे । साहित्यकाे सेवा भनेकाे अाफ्नाे लेखन नै हाे लेखन निरन्तरबाट उतृष्ठ प्राप्त गर्दै जानु हाे भन्नु हुँदै, प्रमुख अतिथिज्यूलगायत सम्पूर्ण उपस्थित अतिथि स्रष्टा महानुभावहरूमा हार्दिक कृतज्ञता अर्पण गर्नु भइ खाेरियाकाे सैदान्तिक अवधारणा व्यक्त गरी अाफ्नाे रचना प्रस्तुतिका साथ कार्यक्रम समापनकाे घाेषणा गर्नु भयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *