विश्व चौतारी सङ्गम कार्यक्रम सम्पन्न 

२५ जुन २०२२,

विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समिति र साहित्यिक चौतारी नेपाल, केन्द्रीय समितिको संयुक्त आयोजनामा आज नेपाल प्रज्ञा-प्रतिष्ठानमा “विश्व चौतारी सङ्गम” कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिका अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका माननीय कुलपति गङ्गाप्रसाद उप्रेतीज्यू प्रमुख अतिथि रहनु भएको थियो ।

विशिष्ट अतिथिहरूमा नेपाली साहित्यका शिखरपुरुष पूर्वकुलपति आयामेली कवि वैरागी काइँला, पूर्व महामहिम राजदुत श्री भीम उदास, नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति प्रा डा जगमान गुरुङ, नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्यसचिव तथा दर्शन विभाग प्रमुख प्रा जगतप्रसाद उपाध्याय, नेपाल प्रज्ञाप्रतिष्ठानका काव्य विभाग प्रमुख प्रा डा हेमनाथ पौडेल, प्राज्ञ डा बेन्जु शर्मा, प्राज्ञ कविता आले, डा ज्ञानु अधिकारी, डा घनश्याम परिश्रमी, डा रामप्रसाद ज्ञवाली, डा गार्गी शर्मा, डा नवराज लम्साल, शैलेन्द्र साकार, प्रा प्रभा आचार्य, मोमिला जोशी, गीता खत्री, लगायत धेरै विशिष्ट विद्वानहरू साहित्यकारहरूको उपस्थिति रहेको थियो । वरिष्ठ साहित्यकार वैरागी काइँलालाई दुवै संस्थाको तर्फबाट गरिएको “विशिष्ट साधक सम्मान” समर्पणपछि वहाँले सारगर्भित मन्तब्य राख्नु भएको थियो । विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिको नियमित प्रकाशन “साहित्य संसार” साहित्यिक वार्षिक, सुरेन्द्र लिम्बू परदेशीको “हामी आयामका भुइँमान्छेहरू” कविता सङ्ग्रह र गीता भण्डारीको “एक्काइसौँ शताब्दीमा हामी” कविता सङ्ग्रह तीन पुस्तकको लोकार्पण पछि डा ज्ञानु अधिकारी र डा घनश्याम परिश्रमीले समिक्षा गर्नु भएको थियो । 

प्राज्ञ डा बेन्जु शर्माबाट सुरु भएको सिर्जना वाचनमा सरु बस्नेत, अर्जुन न्यौपाने, डा नाज सिंह, शैलेन्द्र साकार, माया उपाध्याय, मणिराज सिंह, माधव बिडारी, कमला भण्डारी, श्यामकुमार श्रेष्ठ, विन्दा पराजुली, पिङ्की बोहरा, मनोज परियार, कुशुम प्यारी, राधिका कल्पित लगायतले सिर्जना वाचन गर्नु भएको थियो ।

सन्दिप सङ्ग्रौला दिलदुखीको स्वागत मन्तव्य रहेको कार्यक्रममा गीता भण्डारीको धन्यवाद मन्तव्य रहेको थियो भने कार्यक्रमलाई रोशन तिमल्सिना र केबी पौडेलले सञ्चालन गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *