विनेसाम नेपाल प्रदेश न १ द्वारा नववर्ष शुभकामना आदानप्रदान सम्पन्न

५ वैशाख २०७९

विश्व नेपाली साहित्य महासङ्घ, नेपाल प्रदेश न: १ द्वारा नेपाली नववर्ष २०७९ को अवसर पारेर ”पालुवा” शिर्षकमा शुभकामना आदानप्रदान तथा सिर्जना वाचन कार्यक्रम भर्चुअल्ली भव्य रुपमा समपन्न गर्यो ।

संस्थाका सचिव निराजन लुइँटेलको स्वागत मन्तव्यसँगै अघि बढेको कार्यक्रमका सभापति श्री मुना सिग्देल, प्रमुख अतिथि प्रा डा भीम खतिवडाज्यू तथा विशिष्ट अतिथि विनेसाम केन्द्रीय अध्यक्ष श्री सुरेन्द्र लिम्बू परदेशज्यू साथै अतिथिज्यूहरु कवि समर चेम्जोङ्, रोशन परियार, युवराज ठकुरी, यज्ञ परिश्रमीको उपस्थितिमा संस्थाका सल्लाकार, पदाधिकारीहरु र विनेसाम केन्द्र, शाखाहरुबाट प्रतिनिधि पदाधिकारीहरु उपस्थित् हुनुहुन्थ्यो ।

नववर्ष वसन्त उत्सव यसै उत्साहजक बनेको यो मौसममा साहित्यिक उत्सवले आहा बनाएको थियो साहित्यानुरागीहरुको मन । कार्यक्रममा विभिन्न विधाका निकै सुन्दर सिर्जनाहरु वाचन भएका थिए । उपस्थित अतिथिज्यूहरु, विशिष्ट अतिथिज्यू तथा प्रमुख अतिथिज्यूबाट सुन्दर प्रशंसा र सिर्जना वाचन सम्पन्न भयो ।

कार्यक्रममा प्रत्यक्ष उपस्थित् . .

१) सभापति – मुना सिग्देल (मोरङ/नेपाल)
२) प्रमुख अतिथि – प्रा डा भीम खतिवडा (नेपाल)
३) विशिष्ट अतिथि – श्री सुरेन्द्र लिम्बू परदेशी (अध्यक्ष-विनेसाम केन्द्र- भारत)

_अतिथिज्यूहरु..
४) समर चेमजोङ् (युएइ)
५) रोशन परियार (धनकुटा)
६) युवराज ठकुरी (मोरङ्)
७) यज्ञ दाहाल परिश्रमी (उर्लाबारी)

समग्रमा..
८) दीप्स शाह (काठमाण्डौ)
९) तारा कार्की (संखुवासभा)
१०) अस्तमन
११) कमला भण्डारी ढकाल (बुटवल)
१२) कल्पना पौडेल जिज्ञासु (अध्यक्ष-विनेसाम नेपाल शाखा)
१३) रामेन्द्र कोइराला (सुनसरी)
१४) निराजन लुइँटेल (काठमाण्डौ)
१५) कृष्ण प्रसाद गौतम (इटहरी)
१६) हरि बराल (झापा)
१७) मनोज कँडेल (अध्यक्ष-विनेसाम ताइवान
१८) रहस्य विक्रम चिमरिया (झापा)
१९) कमल मिश्र (मोरङ्)
२०) शंकर पन्थी (महासचिव-विनेसाम ताइवान)
२१) हरि पराजुली (झापा)
२२) सुनिता राई कन्दङ्वा (महासचिव-विनेसाम केन्द्र- इजरायल)
२३) सुशिला भट्ट कट्टेल (मोरङ्)
२४) सुमन मेवाहाङ् (पथरी)

आजको साहित्यिक माहोल अत्यन्तै सुन्दर सानदार बन्यो । कार्यक्रम ”पालुवा”को संचालन विनेसाम नेपाल प्रदेश न: १ का सचिव सुमन मेवाहाङ्ले गर्नु भएको थियो । अन्त्यमा कार्यक्रमका सभापति विनेसाम नेपाल प्रदेश न: १ की अध्यक्ष श्री मुना सिग्देलज्यूले प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यू तथा अतिथिज्यूहरु साथै प्रत्यक्ष उपस्थित र भर्चुअल्ली साथ् दिनु हुने समस्त साहित्यानुरागीहरुमा हार्दिक हार्दिक आभार व्यक्त गर्दै कार्यक्रमको समापन गन्रु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *