विनेसाम नेपाल शाखाद्वारा ३ कृति लोकार्पण र चौंथो अधिवेशन सम्पन्न

काठमाडौं, ३ वैशाख २०७९

विश्व नेपाली साहित्य महासङ्घ नेपाल शाखाद्वारा आज १६ अप्रिल २०२२ शनिवार अपराहन्न नागर्जुन बाफाल कठमाडौंमा चौंथो राष्ट्रिय अधिवेशन तथा तीन कृतिको लोकार्पण कार्यक्रम भव्य रुपमा सम्पन्न भयो ।

सभापति विनेसाम नेपाल शाखाकी अध्यक्ष श्री कल्पना पौडेल जिज्ञासुज्यू तथा
नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्रा डा जगमान गुरुङज्यूको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रममा साहित्यकार प्रा डा गार्गी शर्माज्यू तथा प्रा डा गोविन्द मानहिंस कार्कीज्यू विशिष्ट अतिथि साथै थुप्रै साहित्यानुरागीहरुको मनग्गे उपस्थित रहेको थियो ।

प्रमुख अतिथिज्यूबाट व्यानर पढेर उद्घाटन गरिएको कार्यक्रम राष्ट्रिय गानबाट अगाडी बढेको थियो । संस्थाको उपाध्यक्ष केशु पोखरेल खनालको स्वागत मन्तव्यसँगै, सक्रिय सदस्य ढण्डीराज ढकालले मिठो स्वागत गीत गाउनु भएको थियो ।

यसरी औपचारिक रुपमा अघि बढेको कार्यक्रममा प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यू तथा सभाध्यक्षज्यूको बाहुलीबाट तीन कृतिको लोकार्पण एकसाथ भयो ।

_ विमोचित कृतिहरु…
१) विनेसाम नेपाल शाखाद्वारा प्रकाशित संयुक्त कृति “साहित्य एक विधा अनेक”।
(२) विनेसाम विश्व केन्द्रीय समितिकी महासचिव श्री सुनिता राई कन्दङ्वाको कथा सङ्ग्रह ”तिउरी” र,
(३) विनेसाम लुम्बिनी प्रदेश शाखाको संयुक्त कृति “लुम्बिनी दर्पण“ रहेको थियो ।

कार्यक्रममा विभिन्न साहित्यक संस्था, धार्मिक संस्था, सामाजिक संस्थाहरु तथा संचार माध्यमबाट बाक्लो उपस्थित रहेको थियो ।

प्रमुख अतिथिज्यू, संस्थाको सल्लाहकार, वरिष्ठ अतिथिहरुज्यूहरु, कवि तथा लेखिका दीप्स शाह, पूर्णलाल चुके आदिले शुभकामन मन्तव्य राख्नु भएको थियो ।

विनेसाम नेपाल शाखाकी अध्यक्ष कल्पना पौडेल ‘जिज्ञासु’ले संस्थाको प्रतिवेदन र कोषाध्यक्ष बसु श्रेष्ठले संस्थाको आयव्यय विवरण प्रस्तुत गर्नुभएको थियो । यसैगरी कार्यक्रमको संचालन महासचिव अम्बिका याम्फु “अनमोल”ले गर्नु भएको थियो ।

सुनिता राई कन्दङ्वाको कथा सङ्ग्रह तिउरीमाथि प्रा डा गोविन्द मानसिंह कार्कीज्यूले निकै सुष्म तरिकाले गहन समिक्षा गर्नु भयो साथै कवि तथा लेखिका दीप्स शाहले पनि ‘तिउरी’माथि छोटकरीमा आफ्नो सुन्दर दृष्टिकोण राख्नु भयो । त्यस्तै संस्थाको सदस्य सिता विष्ट कार्कीले विनेसाम लुम्बिनी शाखा प्रदेश ५ द्वारा प्रकाशित कृति ‘लुम्बिनी दर्पण’ माथि छोटो समीक्षा राख्नु भएको थियो ।

प्रमुख अतिथिज्यू र सभापतिज्यूको बाहुलीबाट विनेसाम नेपाल शाखाको पूर्वाध्यक्ष तथा वर्तमान सल्लाहकार मणिराज सिंहज्यूलाई सम्मानपत्र प्रदान तथा दोसल्ला ओडाई सम्मान गरियो । उक्त सम्मानपत्र यस संस्थाका सल्लाहकार श्री ऋषिराम सापकोटाज्यूले वाचन गर्नुभएको थियो ।

विनेसाम नेपाल शाखाद्वारा मायाको चिनो प्रमुख अतिथि प्रा डा जगमान गुरुङज्यू, प्रा डा गार्गी शर्माज्यू, प्र डा गोविन्द मानसिंह कार्कीज्यू , केबी पौडेलज्यू र डा बम बहादूर थापाज्यू, खड्ग प्रसादज्यूलाई प्रदान गरियो ।

कार्यक्रममा उपस्थित् सम्पूर्णमा वरिष्ठ उपाध्यक्ष केबी पौडेलज्यूले हार्दिक आभार तथा धन्यवाद ज्ञापन गर्नुभयो।

_ कार्यक्रममा उपस्थित…

श्री केबी पौडेलज्यू = कोषाध्यक्ष – विनेसाम केन्द्रीय समिति
श्री जनार्दन अधिकारी “धड्कन”ज्यू, = अध्यक्ष – चन्द्रगिरी साहित्य प्रतिष्ठान
श्री श्रीधर पौडेलज्यू = अध्यक्ष – मनमति साहित्य प्रतिष्ठान
श्री प्रतिमा शर्माज्यू = अध्यक्ष – सृजनसील समाज
श्री पूर्णलाल चुकेज्यू = विनेसाम लुम्बिनी शाखा सल्लाहकार तथा जनमत साप्ताहीक पत्रीकाको /प्रधान सम्पादक
श्री खड्ग के सीज्यू = ग्रीनफिल्डविद्यालयका प्रधानाध्यापक
श्री दलवीर सिंह बराइली “घायल”ज्यू = सहयात्रा टि.भि.
_ संचालक तथा साहित्यकार . .
श्री गुरुङ् दाजुज्यू – कथाकार = हङकङ साहित्यिक साझा शृंखला संस्थापक,संरक्षक ।
श्री दीप्स शाहज्यू – कवयत्री, लेखिका
श्री अशिम सागरज्यू = कवि
श्री चन्द्रकला भट्टराईज्यू
श्री बेनु भट्टराईज्यू
श्री मदन भट्टराईज्यू
श्री पार्वता धरेलज्यू – पत्रकार
श्री डा मित्र भट्टराईज्यू
श्री नवराज मैनालीज्यू – पत्रकार
श्री आरोन ब्रिक्रम भट्टराईज्यू
श्री अमित चाम्लिङ्ग राईज्यू – विनेसाम केन्द्रीय सदस्य

आयोजक संस्थाको पदाधिकारीहरु ( सल्लाहकारहरु)

  • श्री मणिराज सिंहज्यू
  • श्री ऋषिराम सापकोटाज्यू

बन्दसत्र… अध्यक्ष तथा निर्वाचन मण्डालमा
संयोजक -प्रतिमा शर्मा
सदस्य-मणिराज सिंह
सदस्य ऋषिराम सापकोटा
उक्त समूहद्वारा पूरानो कार्यसमिति भङ्गगरि नयाँकार्यसमिति चयन भयो ।
संस्थाका सल्लाहकार ऋषिराम सापकोटाले नयाँ कार्य समितिको नामावालीहरु सुनाउनु भएको थियो भने सल्लाहकर मणिराज सिंहले अविर खादा ओढाएर स्वागत गर्नु भयो ।

विश्व नेपाली साहित्य महासङ्घ नेपाल शाखाका नयाँ कार्यसमिति तालिका निम्न अनुसार छन्…
अध्यक्ष – कल्पाना पौडेल “जिज्ञासु”
वरिष्ठ उपाध्यक्ष -केशु पोखरेल खनाल
उपाध्यक्ष – सिता विष्ट कार्की
महासचिव- अम्बिका याम्फु “अनमोल “
सचिव – कृष्ण के.सी.
सहसचिव – गङ्गा आचार्य सापकोटा
कोषाध्यक्ष – बसु श्रेष्ठ

सदस्यहरु-
१. शुभद्रा धिमिरे,
२. कल्पना चाम्लिङ्ग,
३. दिपा नेपाल
४. विमला अधिकारी देवकोटा
५. रजनी शर्मा,
६. ढुण्डिराज ढकाल,
७. रीता खतिवडा,
८. यमनाथ सुवेदी
९. गङ्गाराम ढकाल
१०. लेक प्रसाद प्याकुरेल,
११. मुना सिग्देल

Leave a Reply

Your email address will not be published. Required fields are marked *