विनेसामद्वारा नववर्ष कार्यक्रम भव्य रुपमा सम्पन्न

१ बैशाख २०७९/१४-अप्रिल-२०२२,

नववर्षको अवसरमा आज बैशाख १ गते २०७९ (बिहीवार) विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिद्वारा आयोजित साहित्यिक कार्यक्रम ”वसन्त उत्सव” भव्य रुपमा सम्पन्न भयो ।

सिसाझ्याल/जुमभर्चुअल विद्युतीय-सभामा स्वदेश तथा परदेशका विभिन्न स्थानबाट जोडिएका साहित्यिक मनहरुको सहभागिता निकै उत्साहजनक रह्यो । केन्द्रीय सदस्य डा नाज सिंहको स्वागत मन्तव्यसँगै गति लिएको कार्यक्रमका प्रमुख अतिथि म्यान्माका लागि पूर्वमहामहिम राजदूत श्री भीम उदासज्यू हुनुहुन्थ्यो ।

नववर्ष शुभकमना आदानप्रदान साहित्यिक माहोल अत्यन्त शालीन शान्त वातावरणमा सुचारु कार्यक्रमका विशिष्ट अतिथिज्यूहरु हुनुहुन्थ्यो . .

  • त्रिपुरा विश्वविद्यालय भारतका कुलपति = प्रा डा गङ्गाप्रसाद प्रसाईं ।
  • काँशी हिन्दू विश्वविद्यालय वाराणसी, भारतीय भाषा विभागका अध्यक्ष = प्रा डा दिवाकर प्रधान ।
  • चर्चित लोक-गायिका तथा अभिनेत्री, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानकी पूर्व विभागीय प्रमुख = प्राज्ञ कविता आले ।
  • बी बरुवा कलेज गुवाहाटी, असमिया भाषा विभाग प्रमुख = प्रा डा इन्दुप्रभा देवी ।
  • लेखक, अनुवादक तथा पत्रकार = शरद प्रधान ।
  • साहित्यिक चौतारी नेपालकी केन्द्रीय अध्यक्ष = श्री गीता भण्डारी ।

साथै अतिथिहरु ..

  • चर्चित कथाकार = श्री दाजु गुरुङ ।
  • उपाध्यक्ष-अन्तर्राष्ट्रिय परदेशी साहित्य समूह = श्री भीम विरही राई ।
  • चर्चित कवि, पत्रकार तथा चित्रकार = श्री मुकुन्द प्रयास ।
  • सचिव – मिक्लाजुङ् साहित्य समाज मोरङ् = श्री गगन योक्पाङ्देन ।
  • साहित्यकार = सम्झना उप्रेती
  • साहित्यकार = राधिका कल्पित
    लगायत
    विश्व नेपाली साहित्य महासङ्घका पदाधिकारीहरु, विनेसाम शाखाहरुबाट उपस्थित पदाधिकारीहरु र आजीवन सदस्यहरु जोडिनु भएका आजको नववर्षमा समर्पित कार्यक्रम सम्झन योग्य भयो। तीन दर्जन अधिक स्रष्टा सहभागी आजको कार्यक्रममा थुप्रैले सिर्जना (कविता, गजल, मुक्तक, छन्द कविता आदि) वाचन गर्नु भयो ।

कार्यक्रमको मध्यान्तरमा केही समयका लागि जोडिनु भएका विशिष्ट अतिथि नेपाली साहित्यका शीखर पुरुष पद्मश्री लिल बहादुर क्षेत्रीज्यूले लेख्दा पाठकहरुको रुचिलाई ध्यान दिनुपर्ने र अध्ययन गरि लेखिनुपर्ने कुरामा ध्यान तान्नुभयो । एकैछिनको वहाँको उपस्थितिले सबैलाई मन्त्रमुग्ध बनायो । नववर्षको अवसरमा सबैलाई सुस्वास्थ्यको कामना गर्दै सिर्जनशील बन्न आशिर्वाद दिनुभयो ।

विशिष्ट अतिथि प्रा डा इन्दुप्रभा देवीज्यूले शुभकामना सहित निकै सुन्दर मन्तव्य र सिर्जना राख्नु भयो । लेखक, पत्रकार तथा अनुवादक श्री शरद प्रधानज्यूले नेपाली साहित्यलाई विश्व बजारमा पुर्याउन अनुवादको भूमिका ठुलो हुन्छ भन्दै नेपाली बजारमा पठन संस्कृतिलाई बढावा दिनुपर्नेमा जोड दिनुभयो । यस्तै अर्का विशिष्ट अतिथि प्राज्ञ कबिता आलेज्यूले शुभकामना सहित दुई लाइन गीत राख्नु भयो । यसैगरी गीता भण्डारीज्यूले शुभकमना सहित सिर्जना प्रस्तुत गर्नु भयो ।

आजको कार्यक्रम ”वसन्त उत्सव”मा उपस्थित् . .

१) सभाध्यक्ष = अध्यक्ष विनेसाम केन्द्रीय समिति = सुरेन्द्र लिम्बू परदेशी (भारत)
२) प्रमुख अतिथि = श्री भीम उदास (काठमाण्डौ/नेपाल)

_ विशिष्ट अतिथि…
३) प्रा डा गङ्गाप्रसाद प्रसाईं (भारत)
४) प्रा डा दिवाकर प्रधान (काँशी/भारत)
५) प्राज्ञ कविता आले (काठमाण्डौ/नेपाल)
६) प्रा डा इन्दुप्रभा देवी (असम/भारत)
७) श्री शरद प्रधान (काठमाण्डौ/नेपाल)
८) गीता भण्डारी (बिरगंज/नेपाल )

अतिथि …
९) दाजु गुरुङ (काठमाण्डौ/नेपाल)
१०) भीम विहारी राई (धरान/नेपाल)
११) मुकुन्द प्रयास (धनकुटा/नेपाल)
१२) गगन योक्पाङ्देन (मोरङ्)
१३) सम्झना उप्रेती (अस्ट्रेलिया)
१४) राधिका कल्पित (काठमाण्डौ/नेपाल)

__ प्रत्यक्ष उपस्थित् ….
१५) प्रा डा भीम खतिवडा (विनेसाम सल्लाहकार, नेपाल)
१६) यदु अधिकारी (अमेरिका)
१७) डेन्जम साम्पाङ्ग (अमेरिका)
१८) सुमन मेवाहांग (मोरङ्/नेपाल)
१९) तारा कार्की (संखुवासभा)
२०) आभास आर मगर (अमेरिका)
२१) मुना सिग्देल (झापा/नेपाल,अध्यक्ष-विनेसाम प्रदेश १)
२२) रीतादेवी प्रधान (अमेरिका)
२३) सिन्धु पौडेल (इजरायल)
२४) मोहनराज खनाल (म्यान्मा)
२५) देविका मंग्राती राई (कर्सेङ्/भारत)
२६) कृष्णप्रसाद गौताम (इटहरी/नेपाल)
२७) शंकर ढकाल (भारत)
२८) केबी पौडेल (काठमाण्डौ/नेपाल)
२९) डा लेखनाथ काफ्ले (ताइवान)
३०) विस्वस्दीप तिगेला (बेलायत, विनेसाम पूर्वाध्यक्ष हाल सल्लाहकार)
३१) तीलक पोखरेल (म्यान्मा)
३२) डा नाज सिंह (बेलायत)
३३) राहुल राई बोगिको (मणिपुर/भारत)
३४) डा मनमुर्ति भुर्तेल (मस्को/रसिया)
३५) तारा घिमिरे (संखुवासभा)
३६) गोविन्दप्रसाद गौतम (मस्को/रसिया)
३७) भरत लोहोरुङ् राई (बेलायत)
३८) जय छाङ्छा (नेपाल)
३९) सुनिता राई कन्दङ्वा (इजरायल)

यसरी आजको नववर्ष २०७९ को सुखद अवसरमा घरदेश तथा परदेशमा रही नेपाली साहित्य साधनामा लाग्नुहुने अग्रज व्यक्तित्व लगायत थुप्रै स्रष्टाहरुसँग जोडिएर कार्यक्रमलाई सभ्य/भव्य रुपमा सम्पन्न गरियो । कार्यक्रम संचालन विनेसाम केन्द्रीय महासचिव सुनिता राई कन्दङ्वाद्वारा भयो भने आजको कार्यक्रम ”वसन्त उत्सव” मा उपस्थिति हुनुहुने प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यूहरु, अतिथिज्यूहरु, आजीवन सदस्यज्यूहरु, विनेसाम शाखाहरुबाट उपस्थित् हुनुभएका पदाधिकारीज्यूहरु साथै केन्द्रीय समितिका सल्लाहकार, पदाधिकारीहरु सबै-सबैमा हार्दिक हार्दिक आभार व्यक्त गर्दै कार्यक्रमको समापन गर्नु भयो आजका कार्यक्रमको सभापति विनेसाम केन्द्रीय समितिका अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीज्यूले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *