कृष्णप्रकाश स्मृतिसभा सम्पन्न

२९ मार्च २०२२,

विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिले आज (२९ मार्च २०२२/मंगलबार) ”कृष्णप्रकाश स्मृतिसभा” भव्य रुपमा सम्पन्न गर्यो ।

केन्द्रीय सदस्य तथा विनेसाम नेपाल शाखाकी अध्यक्ष कल्पना पौडेल जिज्ञासुको स्वागत मन्तव्यसँगै सुरु भएको स्मृतिसभा कार्यक्रममा वरिष्ठ साहित्यकार त्रिभुवन विश्वविद्यालयका पूर्व विभागीय प्रमुख प्रा डा गोविन्दराज भट्टराइज्यूको प्रमुख आतिथ्य तथा विशिष्ट अतिथि गजलमा विद्यावारिधि गर्ने प्रथम व्यक्ति डा घनश्याम परिश्रमी, पूर्व विभागीय प्रमुख नेपाल नाट्य तथा सङ्गीत प्रज्ञा-प्रतिष्ठानकी प्रज्ञा कविता आले, डा श्याम उपाध्याय, साहित्यिक चौतारी नेपालकी केन्द्रीय अध्यक्ष श्री गीता भण्डारी साथै अतिथिहरुमा समाजसेवी रत्न वज्र लामा, सामाजसेवी तथा सक्रिय सम्पदा अभियन्ता विधुप्रकाश कायस्थ, समाजसेवी डा मदन मानन्धर, एक लाइने कविताका प्रवर्तक एक लाइने अभियन्ता डम्बर पहाडी, बेलबारी साहित्य विकाश समितिकी अध्यक्ष तिला लेकाली, नेपाली साहित्यमा कोपिला विधाका प्रवर्तक गिरिराज डल्लाकोटी, तारा घिमिरे, दिपा लिम्बू राई लगायत विनेसाम केन्द्रीय समितिका सल्लाहकार, पदाधिकारीहरु, आजीवन सदस्यहरु, विनेसाम शाखाहरुबाट उपस्थित पदाधिकारीहरु विभिन्न देशबाट स्रष्टाहरुको उपस्थिति रहेको थियो ।

आजको यस विधुतसभा श्री कृष्णप्रकाश स्मृतिसभालाई “साहित्यमा अनुवादको महत्व र सिर्जना वाचन” शिर्षक दिइएको यस कार्यक्रममा केही सिर्जना वाचन पश्चात् अतिथिज्यूहरु तथा विशिष्ट अतिथिज्यूहरुले समबन्धित विषयमा आआफ्नो विचार/अवधारणा र कृष्णप्रकाश श्रेष्ठज्यूको कृतित्व, व्यक्तित्व र वहाँको अतुलनीय योगदानको खुलेर सबैले प्रसंसा गर्नु भएको थियो । वहाँले ६ दशकभन्दा लामो समय नेपाली साहित्यमा समर्पण गर्नु भएको थियो । नेपाली साहित्यलाई रसियनमा र रसियनलाई नेपालीमा अनुवाद गरि ठुलो गुण लाउनु भएको छ भनि प्रत्यक्ष उपस्थित व्यक्तित्वहरुले हृदयदेखि ससम्मानका साथ सम्झिनु भयो कृष्ण प्र श्रेष्ठज्यूलाई ।

कृष्णप्रकाश श्रेष्ठज्यूको सहोदर माहिलो भाइ तेजप्रकाश श्रेष्ठज्यूले अब छिट्टै नै कृष्णदाजुको तीनवटा कृति प्रकाशित हुन लागेको जानकारी राख्नुभयो र आजको यो स्मृतिसभा कार्यक्रम आयोजना गरेकोमा विनेसाम केन्द्रप्रति धन्यवाद व्यक्त गर्नुभयो । त्यस्तै कृष्णप्रकाश श्रेष्ठज्यूको सानी छोरी मारिना, जेठी छोरी जान्ना वहाँको श्रीमान डा श्याम उपाध्याय, छोरी एलिजा उपाध्यायले पनि आज आयोजित कार्यक्रमका लागि विनेसाम केन्द्रप्रति आभार व्यक्त गर्नुभयो ।

आजको कृष्णप्रकाश स्मृतिसभा कार्यक्रममा प्रत्यक्ष उपस्थित . .

१) प्रमुख अतिथि

  • प्रा डा गोविन्दराज भट्टराइ (काठमाण्डौ/नेपाल)

विशिष्ट अतिथिज्यूहरु..
२) भीम उदास (काठमाण्डौ/नेपाल)
३) प्राज्ञ कबिता आले (नेपाल)
४) डा श्याम उपाध्याय (भिएना)
५) डा घनश्याम परिश्रमी (नेपाल)
६) गीता भण्डारी (नेपाल)
७) तेजप्रकाश श्रेष्ठ (नेपाल)
८) एलिजा उपाध्याय (भिएना)
९) मारिना (रसिया)
१०) जान्ना उपाध्याय (रसिया)

_ अतिथिज्यूहरु…
११) विधुप्रकाश कायस्थ (पोखरा/नेपाल)
१२) रत्नवज्र लामा (काठमाण्डौ/नेपाल)
१३) रेखा सुवेदी (मोरङ्ग/नेपाल)
१४) भीम बिरही राई (धरान/नेपाल)
१५) डम्बर पहाडी (काठमाण्डौ/नेपाल)
१६) तिला लेकाली (मोरङ्ग/नेपाल)
१७) गिरिराज डल्लाकोटी (चितवन)
१८) तारा घिमिरे (संखुवासभा/नेपाल)
१९) दिपा लिम्बू राई (बेल्जियम)
२०) डा मदन मानन्धर (काठमाण्डौ/नेपाल)

_उपस्थिति…
२१) रीतादेवी प्रधान (अमेरिका)
२२) गणेश गौतम सागर (इजरायल)
२३) शान्ता खबास (इजरायल )
२४) राज पौडेल (थाइल्याण्ड)
२५) समन श्रेष्ठ (काठमाडौं/नेपाल)
२६) तारा श्रेष्ठ (नेपाल)
२७) डा नाज सिंह (बेलायत)
२८) केशु पोखरेल (चितवन/नेपाल)
२९) अमिति थेबे (बेलायत)
३०) भीमा थापा (इजरायल)
३१) गोविन्द प्रसाद गौतम (मस्को/रसिया)
३२) डा मन भुएर्तेल (नेपाल)
३३) शान्ता रिमाल (मोरङ्ग/नेपाल)
३४) सुमन मेवाहाङ् (नेपाल)
३५) प्रा डा भीम खतिवडा (नेपाल)
३६) प्रा डा कबिता लामा (सिलगडी)
३८) डेन्जोम साम्पाङ्ग (अमेरिका)
३९) कल्पना पौडेल जिज्ञासु (नेपाल)
४०) मोहनराज खनाल (म्यान्मा )
४१) डा लेखनाथ काफ्ले (ताइवान)
४२) हेम अधिकारी (क्यानाडा)
४३) केबी पौडेल (काठमाण्डौ/नेपाल)
४४) सुरेन्द्र लिम्बू परदेशी (विनेसाम अध्यक्ष-भारत)
४५) ऋषिराम सापकोटा (नेपाल)

४६) सुनिता राई कन्दङ्वा (इजरायल)

कृष्णप्रकाश स्मृतिसभा कार्यक्रम संचालन विनेसाम महासचिव सुनिता राई कन्दङ्गवाद्वारा भएको थियो भने कार्यक्रमको अन्त्यमा सभाध्यक्ष तथा विनेसाम केन्द्रीय अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीले आजको कार्यक्रमलाई सभ्य/भव्य रुपमा सफल पार्न उपस्थित हुनुहुने प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यूहरु, अतिथिज्यूहरु, विनेसाम शाखाबाट उपस्थित पदाधिकारीहरु, आजीवन सदस्यहरु र विनेसाम केन्द्रीय सल्लाहकार, पदाधिकारीहरु साथै भर्चुअल झ्यालबाट जोडिनुहुने सम्पूर्ण साहित्यिक मनहरुमा हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दै कार्यक्रमको समापन गर्नु भयो ।