विनेसाम केन्द्रले होली विशेष सिर्जना वाचन सम्पन्न गर्यो

१९ मार्च २०२२,

विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिले आज १९ मार्च २०२२ शनिबार फागु पुर्णिमा/होली विशेष सिर्जना वाचन भर्चुअल रुपमा सम्पन्न गर्यो ।

फागु पुर्णिमा/होलीबारे थुप्रै भनाइ र अर्थ रहेको छ । असत्यमाथि सत्यको विजय, मानवीय प्रेम सद्भाव स्नेह एकर्कामा बढाउँन यो पर्व वास्तवमै विशेष छ । विनेसाम केन्द्रीय सल्लाहकार प्रा डा भीम खतिवडा तथा सामाजिक, सम्पदा सक्रिय अभियन्ता विधुप्रकाश कायस्थले निकै महत्वपूर्ण मन्तव्य राख्दै सुन्दर सिर्जना वाचन गर्नु भयो र साथै केन्द्रीय पदाधिकारीहरु र शाखाबाट उपस्थिति पदाधिकारीहरुले फागु ओउर्निमा/होलीको शुभकामना आदानप्रदान गर्दै विभिन्न विधाका सुन्दर सिर्जनाहरु वाचन भएका थिए ।

आजको कार्यक्रम होलीको शुभकामना तथा सिर्जना वाचनमा उपस्थिति र सिर्जना वाचन गर्ने…

  • अध्यक्ष : सुरेन्द्र लिम्बू परदेशी (भारत)
  • सल्लाहकार : प्रा डा भीम खतिवडा (धरान/नेपाल)
  • विधु प्रकाश कायस्थ ( नेपाल )
  • कल्पना पौडेल जिज्ञासु (अध्यक्ष-विनेसाम नेपाल)
  • मुना सिग्देल (अध्यक्ष – प्रदेश १)
  • राहुल राई बोगिको (अध्यक्ष-मणिपुर/भारत)
  • सुमन मेवाहाङ् (सचिव-विनेसाम प्रदेश १ )
  • अम्बिका याम्फु राई (महासचिव-विनेसाम नेपाल)
  • कवि राधिका कल्पित (नेपाल)
  • देविका मंग्राती राई (कर्स्यंङ्/भारत)
  • डेन्जोम साम्पाङ्ग राई (उपाध्यक्ष-विनेसाम केन्द्र-अमेरिका)
  • डा नाज सिंह (केन्द्रीय सदस्य-बेलायत)
  • सुनिता राई कन्दङ्वा (इजरेल)

आजको रमाइलो साहित्यिक माहोललाई केन्द्रीय सदस्य डा नाज सिंहले संचालन गर्नु भएको थियो र कार्यक्रमको अन्त्यमा विनेसाम केन्द्रीय अध्यक्ष तथा आजको कार्यक्रमका सभाध्यक्ष सुरेन्द्र लिम्बू परदेशीबाट उपस्थिति सम्पूर्णमा आभार व्यक्त गर्दै कार्यक्रम समापन गर्नु भएको थियो ।