बिनेसाम नेपालले रचना वाचन गर्दै होली मनायो 

१६ मार्च २०२२,

होलीपर्वको अवसर पारेर बिश्व नेपाली साहित्य महासंघ नेपाल शाखाले भर्चुवल माध्यमबाट होली बिशेष सिर्जना वाचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेकोछ |

बिश्व नेपाली महासंघ नेपाल शाखाकी अध्यक्ष कल्पना पौडेल ‘जिज्ञासु’को अध्यक्षतामा संचालन भएको कार्यक्रममा बिनेसाम केन्द्रकी माहासचिव सुनिता राई कन्दङ्वाको प्रमुख आतिथ्यता र अध्यक्ष सुरेन्द्र लिम्बु परदेशीको बिशेष उपस्थितिमा आयोजना गरिएको कार्यक्रममा बिश्वभरि छरिएर रहेका सर्जकहरुले शुभकामना मन्तब्यका साथै रचना वाचन गर्नु भएको थियो l

विशिष्ट अतिथि प्रलेश बाँके शाखाका अध्यक्ष पुष्प मणि प्रधान र अनेसास लुम्बिनी प्रदेशकी अध्यक्ष किरण आचार्यले होलीको शुभकामना दिदै कविता वाचन गर्नु भएको थियो | बिनेसाम केन्द्रका कोषाध्यक्ष तथा नेपाल शाखाका प्रथम उपाध्यक्ष के बि पौडेल सल्लाहकारहरु ऋषिराम सापकोटा ‘अविरल ‘ , रमेश कंडेल .मणिराज सिंह, लुम्बिनी प्रदेशका अध्यक्ष लेक प्रसाद प्याकुरेल , प्रदेश न एक की अध्यक्ष मुना सिग्देल लगायत नाज सिंह , इन्दिरा गौतम , केशब गाहा पाल्पाली , शान्ता खवास , दर्पण दंगाली , सुरेश पाण्डे, , अमर खड्का ,देविका मङ्ग्राती राई , सुमन मेवाहाङ, हिक्मत बुढाथोकी ‘प्रेम’,गणेशा कार्की ,सिता बिस्ट कार्की , कृष्णबहादुर के सी नविन बस्याल, लगायतका स्रष्टाहरुले बिभिन्न विधा गीत , गज़ल ,कविता ,मुक्तक वाचन गरेका थिए |

सुनिता राई कन्दङ्वा र सुरेन्द्र लिम्बु परदेशीले शुभकामनाका मन्तब्यको साथमा कविता वाचन गर्नु भएको थियो l

बिनेसाम नेपाल शाखाकी अपाध्यक्ष केशु पोख्रेल खनालले स्वागत मन्तब्य सहित मुक्तक वाचन गर्नु भएको थियो भने कार्यकमको संचालन बिनेसाम नेपाल शाखाकी माहासचिव अम्बिका ‘अनमोल ‘ले गर्नु भएको थियो |

कल्पना पौडेल ‘जिज्ञासु ‘ले उपस्थित सम्पूर्णलाइ होलीको शुभकामना सहित धन्यवाद दिदै आगामी दिनहरुमा पनि केन्द्र शाखा र प्रदेशको यो समन्यवलाइ निरन्तरता दिएमा माहासंघको अझै उन्नति र प्रगति हुनेछ भन्दै यस्ता प्रकारका कार्यक्रमले सर्जकलाई हौसला प्रोत्साहनका साथै साहित्तिक संघ सस्था र सर्जक बीच अझै प्रगाढ सम्बन्ध स्थापित हुने तर्क राख्दै कार्यक्रम समापन भएको थियो l