११२औँ अन्तर्राष्ट्रिय नारी दिवस भव्य रुपमा सम्पन्न

मार्च ०८-२०२२,

विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिले आज (८ मार्च २०२२/मंगलबार) ११२औँ अन्तर्राष्ट्रिय नारी दिवस कार्यक्रम जुम भर्चुअलद्वारा भव्य रुपमा सम्पन्न गर्यो ।

‘महिला र श्रम’ शिर्षक दिइएको आजको कार्यक्रम
केन्द्रीय सदस्य डा नाज सिंहको स्वागत मन्तव्यसँगै सुरु भएको कार्यक्रम निकै शान्त वातावरणमा सम्पन्न भयो । समय, परिस्थितिका कारण कार्यक्रम तालिकालाई केही फेरबदल गरि प्रस्तुत गरिएको थियो । अतः प्रमुख अतिथि प्रा डा इन्दिरा मिश्र तथा विशिष्ट अतिथि प्रा डा प्राज्ञ कबिता आले, छबी गोगोइ (आसाम), सीमा सिंह (लखनउ) द्वारा कार्यक्रमको प्रारम्भमै मन्तव्य पश्चात् सिर्जना वाचन भएको थियो ।

एकसय बाह्रौँ अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना व्यक्त गर्दै प्रमुख अतिथि मिश्रबाट हाम्रो समाजमा महिलाको अवस्था, अधिकार, स्वतन्त्रताबारे मन्तव्य राख्नु भयो । यस्तैगरी विशिष्ट अतिथि प्रा डा छबी गोगोइज्यू (असम) तथा सीमा सिंहज्यू (लखनऊ) ले आफु हुर्किएको र अहिलेको सामाजिक अवस्थामा महिलाहरुको स्थितिबारे निकै सुन्दर अनुभव साझा गर्नु भयो । सबभन्दा महत्वपूर्ण कुरा महिला कमजोर छन् भन्ने सोंच परिवर्तन गर्नुपर्ने र महिलाले पनि आफ्नो आत्मबल बलियो बनाएर अघि बढ्नुपर्ने समान दृष्टिकोण आए ।

विश्व नेपाली साहित्य महासङ्घका विभिन्न शाखाबाट पदाधिकारीहरू, आजीवन सदस्यहरू, नेपाली साहित्यमा आफुलाई समर्पित गर्ने व्यक्तित्वहरू र केन्द्रीय पदाधिकारीहरूको उपस्थितिमा आजको कार्यक्रम निकै सुन्दर, सभ्य र भव्य रुपमा समपन्न भयो । सकेसम्म मन्तव्यलाई छोट्याइएको आजको कार्यक्रममा साहित्यका विभिन्न विधा (गद्य/पद्य कविता, गजल, मुक्तक) प्रस्तुत भएका थिए ।

आज एकसय बाह्रौँ अन्तर्राष्ट्रिय नारी दिवस विशेष कार्यक्रममा विनेसाम केन्द्रीय वरिष्ठ उपाध्यक्ष डा लेखनाथ काफ्लेबाट सात देशका महिला प्रतिनिधिहरुको श्रव्यदृश्य प्रस्तुत भयो । ताइवान विश्वविद्यालयमा अध्ययनरत ती नारीहरुले आआफ्नो देशको महिला अवस्था, शिक्षा, स्वास्थ्य, अवसर, चुनौती र स्थितिबारे बोल्नुभएको थियो ।
ती ७ देश ..
१) वेलिज – Ms Sabrina
२) एल साल्भाडोर – Ms Carolina
३) फिजी – Ms Pritika
४) इन्डोनेसिया – Ms Atik
५) ताइवान – Ms Yvonne
६) थाइल्याण्ड – Ms Tae
७) भियतनाम – Ms Sophia

आजको कार्यक्रममा उपस्थिति तथा सिर्जना वाचन :

१) प्रा डा इन्दिरा मिश्र – प्रमुख अतिथि (धरान/नेपाल)
२) प्राज्ञ कविता आले- विशिष्ट अतिथि (काठमाडौ)
३) प्रा डा छबी गोगोइ – विशिष्ट अतिथि (असम)
४) सीमा सिंह – विशिष्ट अतिथि (लखनऊ)
५) डा मदन मानन्धर – अतिथि (काठमाण्डौ/नेपाल)
६) विधु प्रकाश कायस्थ – अतिथि (इलाम/ नेपाल)
७) भगवती बस्नेत (नेपाल)
८) सामु उप्रेती (अस्ट्रेलिया )
९) सरु बस्नेत (नेपाल)
१०) दिपा लिम्बू राई (बेल्जियम)
११) नानु राना थापा (बेलायत)
१२) लिला लिम्बू (काठमाण्डौ/नेपाल)
१३) गङ्गा आचार्य सापकोटा (नेपाल)
१४) सुमन मेवाहाङ् (पथरी/नेपाल)
१५) मनोज कँडेल – अध्यक्ष- विनेसाम शाखा (ताइवान)
१६) रीतादेवी प्रधान – (अमेरिका)
१७) तारा घिमिरे (संखुवासभा/नेपाल)
१८) अम्बिका याम्फु राई – महासचिव-विनेसाम शाखा (नेपाल)
१९) कृष्णप्रसाद गौतम – (इटहरी) सल्लाहकार-विनेसाम शाखा प्रदेश न: एक
२०) शान्ति भुजेल (दार्जिलिङ्ग)
२१) प्रा डा भीम खतिवडा – (नेपाल) सल्लाहकार- विनेसाम केन्द्रीय समिति
२२) ओम बगाले थापा – (ताइवान)
२३) रामेन्द्र कोइराला – (विनेसाम शाखा प्रदेश एक)
२४) भीमा थापा – (इजरायल)
२५) मुना सिग्देल – अध्यक्ष, विनेसाम प्रदेश नम्बर एक (झापा/नेपाल)
२६) डा लेखनाथ काफ्ले (ताइवान)- वरिष्ठ उपाध्यक्ष – विनेसाम केन्द्रीय समिति
२७) किरण पाण्डे – (इजरायल)
२८) डेन्जोम साम्पाङ्ग – (अमेरिका) – उपाध्यक्ष – विनेसाम केन्द्रीय समिति
२९) कल्पना पौडेल जिज्ञासु – (नेपाल)
३०) ऋषिराम सापकोटा – (नेपाल)
३१) बिमला अधिकारी देवकोटा – (चितवन/नेपाल)
३२) शंकर पन्थी – (ताइवान)
३३) केशव गाहा पाल्पाली – (नेपाल)
३४) कमला बगाले हिसार – (नेपाल)
३५) डा नाज सिंह – (वेलायत) केन्द्रीय सदस्य
३६) भीम बिरही राई – (नेपाल)
३७) डा मनमुर्ति भुर्तेल – (मस्को/रसिया)
३८) सिन्धु पौडेल – (इजरायल)
३९) लेक प्याकुरेल – अधक्ष्य – विनेसाम प्रदेश ५ (लुम्बिनी)
४०) राधिका कल्पित – (काठमाण्डौ/नेपाल)
४१) सरु ज्ञवाली – (नेपाल)
४२) सीतादेवी छेत्री – (नेपाल)
४३) कल्पना खरेल – (नेपाल)
४४) अमित थेबे – सचिव -विनेसाम शाखा दक्षिण बेलायत
४६) सुनिता राई कन्दङ्वा – (इजरायल) – महासचिव विनेसाम केन्द्रीय समिति

४७) सुरेन्द्र लिम्बू परदेशी – (भारत) – अध्यक्ष विनेसाम केन्द्रीय समिति

शान्त वातावरणमा निकै सुन्दर आजको कार्यक्रमको संचालन विनेसाम केन्द्रीय महासचिव सुनिता राई कन्दङ्वाद्वारा भएको थियो । अन्त्यमा ११२औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आयोजित साहित्यिक कार्यक्रममा उपस्थित् प्रमुख अतिथि, विशिष्ट्ट अतिथि, अतिथि, विभिन्न शाखाबाट उपस्थित् पदाधिकारीहरू, आजीवन सदस्यहरू, केन्द्रीय पदाधिकारीहरू भर्चुवल माध्यमबाट साथ दिनुहुने समस्त साहित्यिक मनहरूमा हार्दिक हार्दिक आभार व्यक्त गर्दै कार्यक्रम समापन गर्नु भयो आजको सभाध्यक्ष तथा विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिका अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीले ।