२३औँ विश्व मातृभाषा दिवस तथा स्मृतिसभा’ भव्य रुपमा सम्पन्न

२२ फेब्रुअरी २०२२,

विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिले आयोजना गरेको २३औँ अन्तर्राष्ट्रिय मातृभाषा दिवस तथा स्मृतिसभा भर्चुल कार्यक्रम २२ फेब्रुअरी २०२२ (मंगलवार) भव्य रुपमा सपन्न भयो ।

  • प्रमुख अतिथि : नेपाली साहित्यमा आफ्नो छुट्टै परिचय बनाउन सफल, लीलाबोधि चिन्तक वरिष्ठ साहित्यकार कृष्ण धरावासीज्यू।
    …विशिष्ट अतिथिज्यूहरु..
  • चर्चित लोक गायिका तथा अभिनेत्री प्रज्ञा कबिता आलेज्यू ।
  • काशी हिन्दू विश्वविद्यालय वाराणसीका भारतीय भाषा विभागका अध्यक्ष पा डा दिवाकर प्रधानज्यू ।
  • साहित्यिक चौतारी नेपालकी केन्द्रीय अध्यक्ष गीता भण्डारीज्यू ।

… अतिथिज्यूहरु..

  • समाजसेवी रत्नवज्र लामाज्यू ।
  • समाजसेवी तथा सम्पदा अभियन्ता विधुप्रकाश कायस्थज्यू ।
  • डा मदन मानानाधरज्यू ।
    संस्थाका आजीवन सदस्यहरू, विभिन्न देशका शाखाबाट उपस्थित प्रतिनिधिहरू, केन्द्रीय पदाधिकारीहरूगरि करिब तीन दर्जन बढीको प्रत्यक्ष सहभागिता रहेको थियो कार्यक्रममा ।

केन्द्रीय सदस्य डा नाज सिंहको स्वागत मन्तव्यसँगै सुरु भएको कार्यक्रम दिवंगत झर्रोवादी चिन्तक तथा आत्मपरक नियात्रा लेखक वरिष्ठ साहित्यकार डा तारानाथ शर्मा तथा सावित्रा लुइँटेल घिमिरेको सम्मानमा एक मिनेट मौन धारण गरिएको थियो । त्यसपछि निरन्तर थुप्रै स्रष्टाहरूले विभिन्न विधामा सिर्जना वाचन गर्नु भयो र अतिथि, विशिष्ट अतिथि तथा प्रमुख अतिथिबाट मातृभाषाको इतिहास, महत्व र वर्तमान समयमा यसको अवस्थाको बारेमा निकै महत्वपूर्ण मन्तव्य/विचार राख्नु भयो ।

नेपालमा एकसय तेइस भाषा प्रचानमा रहे पनि अहिले छ मातृभाषा थपिएर एकसय उन्नतीस पुगेको कुरा वक्ताहरुले राख्नु भयो । कार्यक्रम अत्यन्त शान्त वातावरणमा भव्य भयो ।

आजको यस भव्य कार्यक्रमको संचालन विनेसाम केन्द्रीय महासचिव सुनिता राई कन्दङ्वाले गरेकी थिइन् र कार्यक्रमको अन्त्यमा संस्थाका अध्यक्ष तथा आजको कार्यक्रमका सभापति सूरेन्द्र लिम्बू परदेशीले प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथि तथा आजको कार्यक्रममा विभिन्न शाखाबाट उपस्थित् पदाधिकारीहरु, आजीवन सदस्यहरु केन्द्रीय पदाधिकारीहरु र साथै भर्चुअल्ली हामीसँग जोडिनु भएका सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्दै कार्यक्रमको समापन गर्नु भयो।

आजको कार्यक्रममा प्रत्यक्ष उपस्थित :
१) कृष्ण धरावासी (प्रमुख अतिथि – नेपाल)
२) कबिता आले (विश्ष्ट अतिथि – नेपाल)
३) प्रा डा दिवाकर प्रधान (विशिष्ट अतिथि- काशी/भारत)
४) गीता भण्डारी (विश्ष्ट अतिथि – नेपाल)
५) रत्नावाज्र लामा (अतिथि – काठमाण्डौ/नेपाल)
६) विधु प्रकाश कायस्थ (अतिथि – नेपाल)
७) डा मदन मानन्धर (काठमाण्डौ/नेपाल)
८) सुरेन्द्र लिम्बू परदेशी (भारत)
९) तीलक पोखरेल (म्यान्मा)
१०) मनोज कँडेल (ताइवान)
११) केशर घलान (कुवेत)
१२) मुना सिग्देल (झापा/नेपाल)
१३) गणेश खड्का (सेस्ल्स)
१४) नबिन यात्री (इजरेल)
१५) सुमन मेवाहाङ् (नेपाल)
१६) लाल सुन्दर राई (बेलायत)
१७) देविका मंग्राती राई (कर्सेङ्)
१८) मोहनराज खनाल (म्यान्मा)
१९) सिन्धु पौडेल (इजरेल)
२०) कृष्णप्रसाद गौताम (इटहरी/नेपाल)
२१) भिम पाण्डे (म्यान्मा)
२२) दिपा लिम्बू राई (बेल्जियम)
२३) बालकृष्ण रिजाल (म्यान्मा)
२४) शान्ति भुजेल (दार्जिलिङ्ग)
२५) डेन्जोम साम्पाङ्ग (अमेरिका)
२६) रामेन्द्र कोइराला (नेपाल)
२७) गोना राना (बेलायत)
२८) प्रा डा भीम खतिवडा (नेपाल)
२९) गणेश गौतम सागर (इजरेल)
३०) द्वारिका रिजाल (नेपाल)
३१) डा नाज सिंह (भारत)
३२) केबी पौडेल (काठमाण्डौ/नेपाल)
३३) डा मनमुर्ति भुर्तेल (मस्को/रसिया)
३४) आर एल श्रमजीवी (बेल्जियम)
३५) किरण पाण्डे (इजरेल)
३६) शुशिला भट्ट कट्टेल
३७) भीमा थापा (इजरेल)
३८) शंकर ढकाल (भारत)
३९) सुनिता राई कन्दङ्वा (इजरेल)