विनेसाम केन्द्रले मुक्तक प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम भव्य रुपमा सम्पन्न गर्यो

१३ मार्च २०२१,

विश्व नेपाली साहित्य महास ङ्घ, विश्व केन्द्रीय समितिद्वारा गत साल सन् २०२० मा आयोजित विश्व स्तरीय खुला मुक्तक प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम आज १३ मार्च २०२१ शनिबार भर्चुअल्ली भव्य रुपमा सम्पन्न भयो I

विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिले थुप्रै साहित्यिक गतिविधिहरु गर्दै आएको छ । मूलबाटो इ-पत्रिका चौमासिक, साहित्य संसार बार्षिक प्रकाशन र अहिले हिन्दीमा कविता र गजलको अनुवाद गर्ने कार्य भैरहेको छ I हरेक महिनाको १५ तारिक कुनै न कुनै शाखासँग संयुक्त सिर्जना वाचन र अन्तरक्रिया तथा साहित्यिक अपडेट लिने, हरेक महिनाको पहिलो शनिबार कुनै विशिष्ट अतिथि बोलाएर “बिम्ब र विमर्श” कार्यक्रम गर्ने कार्य गर्दै आएको छ I त्यसैगरी कमसेकम बर्षमा एउटा विश्वव्यापी साहित्यिक प्रतियोगिता गर्दै आएको छ I बिगतमा कविता प्रतियोगिता पनि भव्य रुपमा गर्न सफल भएका थियौं र गत साल २०२० मा आयोजना गरिएको ”विश्व स्तरीय खुला मुक्तक प्रतियोगिता” पनि अत्यन्त राम्रोसँग सफल भएको ठानेका छौं । अब निकट भविष्यमा अर्को कुनै विषयमा भव्य प्रतियोगिता गर्ने हाम्रो योजना रहेको छ I

नेपाली भाषा साहित्यका वरिष्ठ विद्धन, समालोचक, डायस्पोरा र उत्तर आधुनिकतालाई नेपाली साहित्यमा परिचित गराउनुहुने आदरणीय प्रा डा गोविन्दराज भट्टराइज्यूको प्रमुख आतिथ्य तथा काँसी हिन्दु विश्वविद्यालयका प्रा डा दिवाकर प्रधानज्यूको विश्ष्ट आतिथ्य रहेको उक्त कार्यक्रममा वरिष्ट साहित्यकार मुक्तककी साम्राज्ञी उषा शेरचनज्यूको आतिथ्य रहेको थियो । मुक्तक प्रतियोगिताका तीन जना निर्णायकमा बरिष्ठ साहित्यकार, गजक्लाकार मुक्तकविद ज्ञानुवाकर पौडेलज्यू, साहित्यकार समालोचक उप प्रा डा ज्ञानु अधिकारीज्यूको प्रत्यक्ष उपस्थितिमा मुक्तक प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम भव्यताका साथ सम्पन्न गरियो I

विनेसाम केन्द्रीय सचिव डा मनमुर्ति भुर्त्यलज्यूको स्वागत मन्तव्यसँगै द्रुतगति लिएको कार्यक्रमले विनेसाम केन्द्रीय उपाध्यक्ष स्व सावित्रा लुइँटेल घिमिरेको दुखद देहावसानमा गहिरो दुख व्यक्त गर्दै एक मिनेट मौन धारण गरिए पश्चात् ”विश्व स्तरीय खुला मुक्तक प्रतियोगिता २०२० को पुरस्कार वितरण गरियो I

१) प्रथम – गङ्गा आचार्य सापकोटा (बाग्लुङ्ग) – नगद रु, १५०००/ प्रमाणपत्र सहित I

२) द्धितीय – तारानाथ पराजुली (पर्वत) – नगद रु, १०,०००/ प्रमाणपत्र सहित I

3) तृतीय – नबिन अनुपन रावत (अछाम) – नगद रु, ५०००/ प्रमाणपत्र सहित I

— सान्तवना दुईजना . .

४) चौंथो – डीआर न्यौपाने ‘सूर्य’ (गुल्मी) – नगद रु, २०००/ प्रमाणपत्र सहित I

५) पाँचौँ – प्रकाश खनाल (अर्घाखाँची) – नगद रु, २०००/ पमाणपत्र सहित I

कार्यक्रममा विजयीहरुको प्रमाणपत्र स्क्रिनमा स्लाइड सो गरेर देखाइएको थियो । उक्त कार्यमा सहयोग पुर्याउनुहुने विनेसाम केन्द्रीय उपाध्यक्ष डेन्जोम साम्पाङ्ग तथा सहसचिव भुवन रोका दुबैमा आभार I

पुरस्कार सौजन्य-

  • प्रथम पुरस्कार – सँस्थाबाट I
  • द्धितीय पुरस्कार – उपाध्यक्ष डेन्जोम साम्पाङ्गद्वारा सौजन्य I
  • तृतीय पुरस्कार – महासचिव सुनिता राई कन्दङ्वाद्वारा सौजन्य I

र दुवै सान्तवना पुरस्कार ..

  • उपाध्यक्ष – स्व सावित्रा लुइँटेल घिमिरेद्वारा सौजन्य भएको थियो I

त्यसैगरी मुक्तक प्रतियोगिताका निर्णायक आनन्द श्रेष्ठज्यूले आफुलाई छुट्याइएको पारिश्रमिक मुक्तकको उन्नयनमा खर्च होस् त्यो रकम सँस्थामै राख्नु होला भन्नु भएको हुँदा हामीले ससम्मान स्वीकार्दै वहाँको इच्छा बमोजिम भविष्यमा त्यो रकम कुनै साहित्यिक विशेष प्रयोजनमा प्रयोग गर्ने प्रतिबद्धता कार्यक्रममै व्यक्त गरेका छौं । आनन्द श्रेष्ठज्यूको महान सोंचप्रति हार्दीक आभार व्यक्त गर्दछौँ I

निर्णायक ज्ञानुवाकर पौडेलज्यूले निर्णायकको भूमिका निभाउनु उति सहज थिएन । सबै मुक्तकहरु उतिकै उत्कृष्ट थिए तर आफुले पाएको जिम्मेवारी कर्तव्य पुरा गर्न निकै मिहीन मेहनत गर्नु परेको थियो भनि आफ्नो अनुभव साझा गर्नु भयो । अर्का निर्णायक ज्ञानु अधिकारीज्यूले पनि निकै कठिनाईका बावजुत अन्तिम निर्णयमा पुगेको अनुभव साझा गर्दै प्रतियोगिता अत्यन्त स्वच्छ रुपमा सम्पन्न गरेकोमा आयोजक टीमलाई बधाई तथा धन्यवाद पनि व्यक्त गर्नु भयो I त्यसपश्चात् सँस्थाको तर्फबाट बरिष्ठ उपाध्यक्ष डा लेखनाथ काफ्लेज्यूले पुरस्कृत पाँचैजनालाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै नेपाली साहित्यलाई अन्तर्राष्ट्रियकरण गर्न हाम्रो लेखन प्रकाशन पनि अन्य भाषामा अनुवादित गरिनु पर्ने, अरुले पनि पढेर प्रतिक्रिया दिए बल्ल हामी विश्वव्यापी हुनसक्ने छौँ भन्ने सुझाव समेत दिनु भयो I

कार्यक्रमको मध्यान्तरमा दुई सान्तवना पुरस्कार विजयी डीआर न्यौपाने र प्रकाश खनालज्यूको मुक्तक प्रस्तुत भयो I त्यसपछि मन्तव्य दिने क्रममा आजको कार्यक्रमकी अतिथि बरिष्ठ साहित्यकार कवि, गजलकार, मुक्तक साम्राज्ञी उषा शेरचनज्यूले पनि यो विश्व स्तरीय मुक्तक प्रतियोगिता २०२० अत्यन्तै स्वच्छ तरिकाले सम्पन्न गरेकोमा आयोजक टीमलाई धन्यवाद दिंदै विजयी पाँचैजना र सहभागी सबैलाई सम्बोधन गर्दै उज्जल भविष्यको कामना गर्नु भयो I यस्तैगरी विनेसामका संस्थापक अध्यक्ष डा मधु माधुर्यज्यूले बिगतबाटै केही न केही गर्दै आएको र अहिले अझ संस्था सक्रिय रुपमा साहित्यिक गतिविधि गर्न सफल भएकोमा खुशी व्यक्त गर्दै पाँचैजना विजयीलाई हार्दिक बधाई तथा सहभागीहरुलाई शुभकामना दिनुभयो I यसपश्चात प्रथम गङ्गा आचार्य सापकोटा र द्धितीय तारानाथ पराजुलीबाट मुक्तक प्रस्तुत भए I कार्यक्रमको उत्तरार्धमा आजको कार्यक्रममको विश्ष्ट अतिथि प्रा डा दिवाकर प्रधानज्यूले छोटो मन्तव्य राख्दै मुक्तक भनेको पूर्वीय साहित्यको पुरानो परम्परा हो । जसलाई प्राचिन आचार्य भाम्ध्ये आनन्दबर्धन अग्नि पुराण जस्ता ग्रन्थमा यसको चर्चा भैसकेको छ भन्दै एकै पंतिले धेरै कुराहरु भन्न सक्ने काव्यको एउटा शक्तिशाली विधा हो मुक्तक भनेर महत्वपूर्ण कुरा राख्नु भयो I अब नेपालीपनमा आफ्नो छुट्टै पहिचान बोकेको स्वाद र शैली पनि आउन आवस्यक छ भन्दै निकै खुसी व्यक्त गर्नु भयो । यसखाले प्रतियोगिताले यसमा सहयोग पुर्याउने छ पनि भन्नु भयो I ”विश्वव्यापी खुला मुक्तक प्रतियोगिता” को पुरस्कार वितरण कार्यक्रमको अन्त्यमा प्रमुख अतिथि प्रा डा गोविन्दराज भट्टराइज्यूले प्रतियोगिता अत्यन्त स्वच्छ निस्पक्ष सम्पन्न गरेकोमा आयोजक टीमलाई धेरै धन्यवाद तथा विजयीहरुलाई हार्दिक बधाई दिंदै यस्ता खाले साहित्यिक गतिविधिले नेपाली साहित्य विश्वसामु पुग्न पुर्याउन सकिने भन्दै प्रसंसा गन्रु भयो I यसै क्रममा नेपाल बाहिरको नेपाली साहित्य भन्ने १२०० पेजको ठुलो ग्रन्थ आउँदै छ I विश्वमा छरिएका व्यक्ति तथा संस्थाको लेखाजोखा गरेर असीजना सम्पादक रहेको उक्त ग्रन्थ आउनुले ठुलो खुसी उत्सव उत्साह थपेको छ भन्दै प्रा डा भट्टराइज्यूले चौतर्फी नेपाली साहित्यको उन्नयनमा लाग्नेप्रति मनदेखि प्रसंसा गर्नु भयो I

विनेसाम केन्द्रद्वारा सन् २०२० मा आयोजित ”विश्व स्तरीय मुक्तक प्रतियिगता” को पुरस्कार वितरण कार्यक्रमको अन्त्यमा आजको कार्यक्रमको सभापति संस्थाको अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीज्यूले आजको कार्यक्रमसम्म आइपुग्दाका सबैखाले अनुभवहरु साझा गर्दै पाँचैजना विजयीहरुलाई हार्दिक बधाई तथा शुभकामना दिंदै आजको कार्यक्रममा उपस्थित प्रमुख अतिथि, विश्ष्ट अतिथि, अतिथिहरू, निर्णायकहरू, संस्थाका सल्लाहकारहरू, पाँचैजना विजयीहरु, सँस्थाका सम्पूर्ण पदाधिकारीहरु र अनलाइनबाट लाइभमा साथ दिनुहुने समस्तमा हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दै कार्यक्रमको समापन गर्नु भयो I

आजको उपस्थिति :

1- सुरेन्द्र लिम्बू परदेशी (भारत)
2- डा लेखनाथ काफ्ले (ताइवान)
3- डेन्जोम साम्पाङ (अमेरिका)
4- सुनिता राई कन्दङ्वा (इजरायल)
5- डा मनमूर्ती भुर्तेल (रसिया)
6- भुवन रोका (जापान)
7- के बी पौडेल (नेपाल)
8- डा नाज सिंह (दिल्ली)
9- मोहनराज खनाल (वर्मा)
10- आर एल श्रमजीवि (बेल्जियम)
11- राहुल राई बोगिको (मणिपुर)
12- प्रा डा गोविन्दराज भट्टराई (काठमाडौं)
13- प्रा डा दिवाकर प्रधान (बनारस)
14- प्रा डा कविता लामा (सिक्किम)
15- डा मधु माधुर्य (अमेरिका)
16- विश्वासदीप तिगेला (वेलायत)
17- उषा शेरचन (काठमाडौं)
18- ज्ञानुवाकर पौडेल (काठमाडौं)
19- डा ज्ञानु अधिकारी (काठमाडौं)
20- गङ्गा आचार्य सापकोटा (बाग्लुङ्ग)
21- प्रकाश खनाल (अर्घाखाँची)
22- डी आर न्यौपाने (गुल्मी हाल दक्षिण कोरिया)
23- तारानाथ पराजुली (पर्वत)
24- मुना सिग्देल आत्रेय (मोरङ)
25- सुमन मेवाहाङ (मोरङ)
26- सुमित्रा अविरल (दार्जिलिङ)
27- मीना राई (दार्जिलिङ)
28- निमा तामाङ (दार्जिलिङ)
29- धिरेन राई (दार्जिलिङ)
30- बन्दना गौतम (म्यान्मा)
31- डा सीतादेवी क्षेत्री (भारत)