विनेसाम केन्द्रले आजीवन सदस्यहरुसँग सिर्जना वाचन सम्पन्न गर्यो

डिसेम्बर १५,२०२०,

विश्व नेपाली सहित्य महासङ्घ ‘विश्व केन्द्रीय समिति’ले हरेक महिनाको पन्द्र तारिक सिर्जना वाचन गर्दै आएको छ I विभिन्न देशमा स्थापित आफ्ना शाखाहरुसँग गर्दै आएको सिर्जना वाचन कार्यक्रम यसपटक भने आजीवन सदस्यहरुसँग भर्चुअल वाचन शृंखला सम्पन्न गरेको छ I

आजको सिर्जना वाचन कार्यक्रममा वाचन सुरु गर्नुअघि एक मिनेट मौन धारण गरियो I विनेसाम केन्द्रीय समितिका सल्लाहकार प्रा डा कबिता लामाज्यूको पूजनीय माताको देहावसान (13 डिसेम्बर २०२०) भएको हुँदा वहांको सम्मानमा हार्दिक समवेदना प्रकट गर्दै एक मिनेट मौन धारण पश्चात् रचना वाचन शृंखला अघि बढाइयो I
नेपाली भाषा साहित्यको उन्नति तथा श्रीवृद्धिमा लागिपरेको विश्व नेपाली सहित्य महासङ्घ ‘विश्व केन्द्रीय समिति’ले विभिन्न साहित्यिक गतिविधिहरु गर्दै आएको छ I मूलबाटो अनलाइन चौमासिक इ-पत्रिका, साहित्य संसार बार्षिक प्रकाशन, विभिन्न विधामा साहित्यिक प्रतियोगिता, नेपाली भाषाको कविता, गजल आदि विधाहरुलाई अन्य भाषामा अनुवाद गरि नेपाली साहित्यलाई विश्व सामु परिचित गराउन दत्तचित्तले लागिपरेको छ I विश्वमा जहाँ नेपाली छन् त्यहाँ नेपाली भाषा पुर्याउन आफ्ना शाखाहरु स्थापना गरि नेपाली साहित्य आकाशलाई आकाश जस्तै फराकिलो बनाउन मन वचन कर्मले साहित्यिक कर्म गर्दै आएको छ विश्व नेपाली सहित्य महासङ्घ ‘विश्व केन्द्रीय समिति’ I

आजको सातौँ वाचन शृंखला अत्यन्तै राम्रोसँग सफल भयो I विनेसाम केन्द्रीय सल्लाहकार तथा पदाधिकारीहरु साथै विभिन्न देशबाट जोडिनु भएका आजीवन सदस्यहरुको संयुक्त सिर्जना प्रस्तुति साच्चै लोभलाग्दो थियो I
आजको सुन्दर सिर्जना वाचन कार्यक्रमको ७ औँ शृंखलामा उपस्थित . .

  • सल्लाहकार
    प्रा डा भिम खतिवडा (धरान/नेपाल)
  • अध्यक्ष – सुरेन्द्र लिम्बू परदेशी (नेपाल)
  • बरिष्ठ उपाध्यक्ष – डा लेखनाथ काफ्ले (ताइवान)
  • उपाध्यक्ष – डेन्जोम साम्पाङ्ग (अमेरिका)
  • उपाध्यक्ष – सावित्रा लुइँटेल घिमिरे (इजरायल )
  • महासचिव – सुनिता राई कन्दङ्वा (इजरायल)
  • सचिव – डा मनमुर्ति भुर्त्यल (रसिया)
  • सहसचिव – भुवन रोका (जापान)
  • कोषाध्यक्ष – केबी पौडेल (काठमाण्डौ/नेपाल)
    सदस्यज्यूहरु..
  • डा नाज सिंह (डेल्ली/भारत)
  • दिलिप राई ‘सगर’ (नेपाल)
  • कल्पना पौडेल जिज्ञासु (नेपाल)
  • आर एल श्रमजीवी (बेल्जियम)
  • बोगिको राहुल राई (मणिपुर/भारत)
    आजीवन सदस्यज्यूहरु…
  • मुना सिग्देल (नेपाल)
  • कमला भण्डारी ढकाल (इजरायल)
  • रेखा पन्त (इजरायल)
  • सिन्धु पौडेल (इजरायल)
  • भीमा थापा (इजरायल)
    स्वदेश तथा बिदेशमा रही नेपाली साहित्यको साधना गर्नुहुने थुप्रै साहित्यिक मनहरुको थुप्रैखाले सुन्दर सिर्जना कविता, गजल, मुक्तक , केस्रा , भावना आदिको प्रस्तुतिले अत्यन्तै लोभलाग्दो र साहित्यमय बनेको थियो आजको वाचन कार्यक्रम Iआज छुट्न पुग्नु भएका अन्य आजीवन सदस्यहरुसँग आगामी शृंखलाहरुमा हामी जोडिने छौं I

आजको सिर्जना वाचन कार्यक्रम अत्यन्त सुन्दर उत्साहजनक बनेको भन्दै सल्लाहकारज्यू, आजीवन सदस्यहरु, कार्यक्रम संचालिका महासचिव साथै प्राविधिक पक्षमा सहयोग गर्नुहुने उपाध्यक्ष डेन्जोम साम्पाङ्ग, सचिव डा मनमुर्ति भुर्त्यल तथा सहसचिव भुवक रोका लगायत सबै-सबैमा हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दै अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीज्यूले समापन गर्नुभयो I

One thought on “विनेसाम केन्द्रले आजीवन सदस्यहरुसँग सिर्जना वाचन सम्पन्न गर्यो

  1. विश्वमा छरिएर बस्नुभएका नेपाली साहित्यप्रेमी बन्धुहरुले यसप्रकारको साहित्यिक अभियान सञ्चालन गर्नुभएकोमा राम्रो लाग्यो । आमागी दिनमा निरन्तरता रहोस् भन्ने कामना छ ।
    -दुर्गाप्रसाद भण्डारी ‘डीपी दर्शन’

Comments are closed.