विनेसाम केन्द्र र शाखा ताइवानको संयुक्त सिर्जना वाचन भव्य रुपमा सम्पन्न

१५ मार्च २०२१,

विश्व नेपाली साहित्य महासङ्घ विश्व केन्द्रीय समितिले शाखा ताइवान सँग संयुक्त सिर्जना वाचन कार्यक्रम ” सिर्जना वाचन र विमर्श” को दसौँ शृंखला भर्चुअल्ली भव्य रुपमा समपन्न गर्यो

हरेक महिनाको पन्द्र तारिक नियमित रुपमा सिर्जना वाचन गर्दै आएको विनेसाम लेन्द्रले यसपटक शाखा ताइवानसँग गर्यो I नेपाली भाषा साहित्यको उन्नयन विकास तथा श्रीवृद्धिमा निरन्तर सक्रिय रुपमा लागिरहेको विनेसाम केन्द्रले विभिन्न साहित्यिक गतिविधिहरु गर्दै आइरहेको छ I संसारमा जहाँ नेपालीहरु पुगेका छन् त्यहाँ नेपाली भाषा पुग्नुपर्छ भन्ने मूल उदेश्य लिई नेपाली भाषा चिनाउन लागिपरेको छ विश्व नेपाली साहित्य महासङ्घ I विभिन्न देशमा स्थापित आफ्ना शाखासँग साहित्यिक यात्रा गरिरहेको विनेसाम केन्द्रले यसपटक शाखा ताइवान सँग सिर्जना वाचन कार्यक्रम गरेको हो I

विशेष केन्द्र र शाखा बिचको सम्बन्धलाइ अझ साहित्यिक मजबुत, बलियो बनाउन सुरुवात भएको यो सिर्जना वाचन कार्यक्रम निकै प्रभावकरी बनेको छ I केन्द्रिय सदस्य डा नाज सिंहको कविता बाट सुरु भएको आजको प्रत्यक्ष  ”सिर्जना वाचन र विमर्श’ कार्यक्रममा मुक्तक. कविता, गजल, लघुकथा आदि प्रस्तुत भएका थिए I  यस सिर्जना वाचन कार्यक्रमलाई अझ फरक र विशेष बनाउन प्रत्यक्ष समिक्षा साथै विश्लेक्षण गर्ने परम्पराको थालनी गरिएको छ I यसपटकको समीक्षक केन्द्रीय उपाध्यक्ष  डेन्जोम साम्पाङ्गले गर्नु भयो भने संस्थापक पुर्व अध्यक्ष डा मधु माधुर्य हुनुहुन्थ्यो I 

समिक्षक र विश्लेषकले प्रत्यक्ष प्रस्तुत सबैखाले सिर्जनाहरु बारे निकै सुन्दर समिक्षा गर्नु भएको थियो र विश्लेषक डा मधु माधुर्यले उक्त दिन वाचन गरिने सिर्जनाहरु समिक्षक समक्ष अग्रिम पुगे सुक्ष्म रुपमा त्यसलाई केलाएर समिक्षा गर्दा अझ न्याय गर्न सकिन्थ्यो भनि सुन्दर सुझाव दिनु भयो I

आजको साहित्यिक कार्यक्रममा उपस्थित…

१) सल्लाहकार – प्रा डा भिम खतिवडा
२) सल्लाहकार – डा मधु श्रेष्ठ

3) अध्यक्ष – सुरेन्द्र लिम्बू परदेशी
४) वरिष्ठ – उपाध्यक्ष डा लेखनाथ काफ्ले
५) उपाध्यक्ष – डेन्जोम साम्पाङ
६) सचीव – डा मनमुर्ती भुर्त्याल
७) सहसचिव – भुवन रोका
८) मोहन राज खनाल
९ ) डा नाज सिंह
१०) शंकर पन्थी
११) मनोज पन्त
१२) दिपेश घिमिरे
१३) चेत नारायण ज्ञवलि
१४) मनोज कंडेल
१५) केबि पौडेल
१६) कपिल अधिकारी
१७) सुदर्शन पाण्डे
१८) सुनुता राई कन्दङवा
१९) मृगेन्द्र देवकोटा
20) महासचिव- सुनिता राई कन्दङ्वा

कार्यक्रमको अन्त्यमा आजको सिर्जना वाचन कार्यक्रमका सभापति संस्थाको अध्यक्षज्यूले उपस्थित सबैमा आभार व्यक्त गर्दै समिक्षक केन्द्रीय उपाध्यक्ष डेन्जोम साम्पाङ्ग तथा विश्लेषक डा मधु माधुर्य लगायत समस्तमा आभार व्यक्त गर्दै आजको कार्यक्रमको समापन भयो I