बेलायतमा शनिबार युद्ध साहित्य गोष्ठि

७ नोभेम्बर २०२०,

विश्वजित थापा : विश्व नेपाली साहित्य महासंघ (वेनेसाम) साउथ युकेले युद्ध साहित्य गोष्ठिको आयोजना गर्ने भएको छ ।

रिमेम्बरेन्स अर्थात पप्पीडेलाई पारेर भाेलि शनिबार ७ नोभेम्बरका दिन यो कार्यक्रम आयोजना गर्न लागिएको अध्यक्ष विजय हितानले जानकारी दिए ।यसै रेमेम्बरेन्स डेको अवसर पारेर गोर्खाली सैनिक तथा लाहुरे जनजीवनमा आधारित सिर्जना वाचन कार्यक्रम भर्चुअल माध्यमबाट गरिन लागिएको हो ।यस कार्यक्रममा युद्ध साहित्यकार रक्ष राईको बिशेष उपस्थिती रहने संस्थाका सचिव अमित थेबेले जानकारी दिए ।

‘पल्टनेको फोटो’ कथा संग्रह हालै प्रकाशन गरेका कथाकार राईले युद्द सौन्दर्य र लाहुरे तथा पल्टनिया साहित्यको बिषयमा बोल्ने अपेक्षा गरिएको छ ।आफ्ना सिर्जना सुनाउने र अरुका सिर्जना सुन्ने कार्यक्रमका साथै उक्त दिन औतारी साइला र फिफ्रा काँइलाद्वारा लिखित ‘हाम्रो अतित हाम्रो मन’ कबिता सङ्ग्रहलाई गणेश पुनद्वारा समिक्षा गरिने कार्यक्रम पनि छ ।