बिनेसाम केन्द्रले लक्ष्मी जयन्ति तथा देउसी भर्चुअल्ली भव्य मनायो

काठमाण्डौ कार्तिक ३०,
विश्व नेपाली साहित्य महासङ्घ ;विश्व केन्द्रीय समिति’ले ११२ औँ देवकोटा जन्म जयन्ति, देउसी तथा सिर्जना वाचन, शुभकामना आदानप्रदान कार्यक्रम भर्चुअल्ली भव्यताका साथ् सम्पन्न गर्यो I


बिगत लामो समयदेखि नेपाली साहित्यमा सक्रिय विश्व नेपाली साहित्य महासङ्घले विश्वभर शाखाहरु गठन गरि अझ धेरै साहित्यिक कार्यहरु गर्ने लक्ष्य लिएको छ I राष्ट्रिय विभुतिहरुको सम्मानमा विभिन्न कार्यक्रमहरु गर्दै आएको बिनेसाम केन्द्रले यसपटक जूम भर्चुअलबाट महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११२ औँ जन्म जयन्ति मनाएको छ I अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीज्यूको सभापतित्वमा सम्पन्न कार्यक्रम अत्यन्तै भव्य रुपमा सफल बन्यो I उपाध्यक्ष सावित्रा लुइँटेल घिमिरेज्यूको सुन्दर सिर्जना वाचनसँगै सुरु भएको कार्यक्रम साच्चै सुन्दर साहित्यमय बनेको थियो I कार्यक्रमको पहिलो चरणमा केहि सिर्जना वाचन पश्चात देउसी भव्य रुपमा खेलियो I


संस्थाका अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीज्यू स्वयम् भट्याउने मुलीमा हुनुहुन्थ्यो र कार्यक्रममा उपस्थिति सबैले देउसीरे भनि साथ् दिनु भएको थियो I साहित्यमय माहोल जुरुक्क उठेर देउसी खेल्दा वातावरण औधि रमाइलो बनेको थियो I भर्चुअल्ली देउसी लाग्थ्यो हामी साच्चै आफ्ना आफन्तको घरमा प्रत्यक्ष खेलिरहेका छौं I हरियो गोबरले लिपिएका आँगन भित्ताहरु मग्मगाइरहेछन् दियोको उज्यालो स्वागत गरिरहेछ हामीलाई भोलि भाइटिका दलिन फूलका मालाहरुले भरिएका आहा कति सुन्दर यस्तै लाग्दै थियो देउसी खेलीरहँदा I संस्थाका सल्लाहकारज्यूहरुका साथै केहि साहित्यकारज्यू र समाज सेवामा समर्पित व्यक्तित्वहरुलाई ससम्मान सुचित गरि अनलाइन देउसी खेल्ने यस योजना अत्यन्तै सान्दर्भिक पनि साबित रह्यो अहिलेको महामारी कालमा I


केहीबेर देउसी खेलेपछि पुनः सिर्जना वाचनलाइ निरन्तरता दिइयो I विश्व नेपाली साहित्य महासङ्घमा आबंद्ध तथा विभिन्न देशमा स्थापित शाखाहरु समेतको सहभागिताले अझ सुनमा सुगन्ध थपिएको थियो I एसिया मध्यपूर्व र पश्चिमसम्मको अत्यन्तै सुन्दर सान्दर्भिक गहन सिजर्नाहरु वाचन भयो आजको देवकोटा जन्म जयन्ति विशेष कार्यक्रममा I


यसरी सिर्जना वाचन पश्चात संस्थाका सल्लाहकारज्यूहरु तथा अतिथिज्यूहरु बाट आ-आफ्नो तर्फबाट आशिर्वाद स्वरूप सँस्थालाइ दक्षिणाभेटि प्रदान गर्नु भयो I र, साथै कार्यक्रमको उत्तरार्धमा संस्था भित्र रहनुहुने सम्पूर्ण पदाधिकारीहरुले पनि आ-आफ्नो स्थानबाट संस्थाको साहित्यिक उन्नतिका निम्ति दक्षिणा दिनु भयो I विश्व नेपाली साहित्य महासङ्घ ‘विश्व केन्द्रीय समिति’ले भर्खरै विश्व स्तरीय मुक्तक प्रतियोगिता सम्पन्न गरिसकेको छ र यतिबेला बार्षिक प्रकाशन ‘ साहित्य संसार’ अन्तिम चरणमा रहेको छ र साथै कविता र गजल हिन्दीमा अनुवाद गर्ने कार्य समेत अन्ति अबस्थामा पुगेको छ I यी विभिन्न साहित्यिक क्रियाकलापका साथसाथै सकेको सामाजिक कार्य गर्न कहिल्यै पछी हटेको छैन महासङ्घ I अतः आज आयोजना गरिएको लक्ष्मी जयन्ति तथा देउसी भर्चुअल्ली कार्यक्रम बाट संकलित एक सुक्काको पनि हिसाबकिताब स्पष्ट/ पारदर्शी हुने छ I संस्थासंग जोडिएका आर्थिक लगायत हरेक पाटो/पक्षलाई हर कोण बाट स्पष्ट गर्न/हुन पदाधिकारीहरु तत्पर छन् I


आजको लक्ष्मी जयन्ति तथा देउसी विशेष कार्यक्रमबाट प्रत्यक्ष रुपमा उठेको करिब एकलाख पैतालिस हजार चारसय अड्तीस (१,४५,४३८/-) रहेको छ, कोकोबाट कतिकति त्यो अपडेट हुने नै छ I आगामी दिनमा थपघट हुनसक्नेछ केहि बाँकी रहेकोले त्यसको स्पष्टता आउने नै छ I कार्यक्रमको अन्त्यमा पुनः देउसीरे भाषामै आशिष दिने तथा आभार व्यक्त गरियो सम्पूर्ण-सम्पूर्णमा I
आजको कार्यक्रममा उपस्थित…
__सल्लाहकारज्यूहरु ..

  • कृष्णप्रकाश श्रेष्ठ (रसिया)
  • डा मधुमाधुर्य श्रेष्ठ (अमेरिका)
  • बिस्वस्दिप तोगेला (बेलायत)
    _ अतिथिज्यूहरु….
  • छत्र सुब्बा फुरुम्बो – अध्यक्ष ”अन्तर्राष्ट्रिय झापाली समाज ” (हङकङ )
  • कवि तथा साहित्यकार – भिम बिरही राई – (भारत)
  • कथाकार – गुरुङ दाजु (हङकङ )
  • कवि/साहित्यकार – राजेन्द्र श्रेष्ठ -उपाध्यक्ष- अनेसाम (अमेरिका)

  • -अध्यक्ष – सुरेन्द्र लिम्बू परदेशी (नेपाल)
  • बरिष्ठ उपाध्यक्ष – डा लेखना काफ्ले (ताइवान)
  • उपाध्यक्ष – डेन्जोम साम्पाङ्ग (अमेरिका)
  • उपाध्यक्ष सावित्रा लुइँटेल घिमिरे (इजरेल)
  • महासचिव – सुनिता राई कन्दङ्वा (अमेरिका)
  • सचिव- मनमुर्ति भुर्त्यल (रसिया)
  • सहसचिव – भुवन रोका (जापान)
  • संचार संयोजक – रमेश कँडेल (पोर्चुगल)
  • कोषाध्यक्ष – केबी पौडेल (नेपाल)
    सदस्यज्यूहरु..
  • डा नाज सिंह (डेल्ली/भारत)
  • कल्पना पौडेल जिज्ञासु (काठमाडौं/नेपाल)
  • बिजय हितान (बेलायत)
  • ममता तामाङ्ग (अमेरिका)
  • अमित चाम्लिङ्ग राई (कुवेत )
  • राहुल राई बोगिको (मणिपुर/भारत)
  • मोहनराज खनाल (म्यान्मा)
  • आर एल श्रमजीवी – (बेल्जियम)
    सहभागी साथै सिर्जना वाचन..
  • रसियन साहित्यकार – लुदमिला सल्तीकोवा -(रसिया – वहाँ नेपाली अनुवादमा पनि कार्य गर्नुहुन्छ)
    -बरिष्ठ साहित्यकार – बिष्णु पन्थी (म्यान्मा)
  • तिर्थ संगन राई (कतार)
  • मृगेन्द्र देवकोटा (ताइवान)
  • रेखा पन्त (बिनेसाम शाखा इजरायल)
  • अमित थेवे (बेलायत)
  • केशर घलान (बिनेसाम शाखा कुवेत)
  • प्रेम कटुवाल (बिनेसाम शाखा कुवेत)
  • कमला भण्डारी ढकाल (इजरायल-साहित्यिक चौतारी नेपालकी अध्यक्ष)
  • नबिन यात्री – इजरायल
  • नबिन अनुपन रावत (नेपाल)
    यसरी विश्व नेपाली साहित्य महसङ्घ ‘विश्व केन्द्रीय समितिले आयोजना गरेको भर्चुअल्ली साहित्यिक कार्यक्रम अत्यन्तै सभ्यताथा भव्य बन्यो I कार्यक्रममा स्वागत मन्तव्य संस्थाका सहसचिव भुवन रोका राख्नु भयो भने संचालन महासचिव सुनिता राई कन्दङ्वाले गर्नु भयो I लक्ष्मीजयन्ति, देउसी तथा शुभकामना आदानप्रदान कार्यक्रममा जोडिनु भएका सल्लाहकारज्यूहरु अतिथिज्यूहरु र साथै प्रत्यक्ष सुनिदिनुहुने हेरिदिनुहुने सम्पूर्ण-सम्पूर्णमा धन्यवाद तथा आभार व्यक्त गर्दै कार्यक्रमको समापन सभापनि सँस्थाका अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीले गर्नु भयो I