विश्व नेपाली साहित्य महासङ्घ म्यान्मा शाखाद्वारा श्रद्धाञ्जली सभा

७ नोभेम्बर २०२०,

नेपाली भाषा साहित्यका अग्रज व्यक्तित्व वरिष्ठ साहित्यकार खिम कौशिकको निम्ति विश्व नेपाली साहित्य महासङ्घ म्यान्मा शाखाले श्रद्धाञ्जली सभा आयोजना गरेको छ ।

विनेसाम विश्व केन्द्रीय समितिका अध्यक्ष श्री सुरेन्द्र लिम्बू परदेशी, विनेसाम म्यान्माका वरिष्ठ उपाध्यक्ष माेहनराज खनाल, उपाध्यक्ष प्रवीणहरी प्रधान, सचिव हाेमनाथ ढकाल , संरक्षक श्री टेकनारायण रिमाल काैशिक, श्री विष्णु पंथी, श्री ज्ञान संदेश सदस्य र अन्यको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

आफ्नै पैसाले दुई दर्जन जति पुस्तक प्रकाशन गरेर नेपाली भाषा साहित्यमा याेगदान दिएका कौशिकले म्यान्मार भर र नेपाललगायतमा निशुल्क पुस्तक बितरण गर्नुहुन्थ्याे । “नेपाली भाषा पढुन्, भावी पुस्ताहरू आफ्नाे नेपाली पनमा रहुन् नेपाली भाषा जानुन् भन्ने उद्वेष्यले सबैले बुझ्ने भाषामा लेख्नु हुन्थ्याे साथै संघ, संस्था,र समाजहरूमा पनि सेवा पुराउनु हुन्थ्याे भने वहाँ विश्व नेपाली साहित्य महासङ्घ म्यान्मा शाखाका सल्लाकार पनि हुनुहुथ्याे । वहाँकाे अग्रसरतामा २०१५ देखि साहित्यिक कार्यक्रम कविगाेष्टीहरू सरासर गरिँदै आएका छाैं भने विश्व कविता दिवस पनि वहाँकै सल्लाहबाट र नेपाली राजदूतावास म्यान्मारकाे प्राङ्गणमा धेरै साहित्यिक कार्यहरू हुनसके ।

कार्यक्रममा खिम काैशिकका परिवारहरू पनि अनलाइन मार्फत जोडिनु भएको थियो ।

सर्वप्रथम परिवारबाट फाेटामा माल्याणपण, दिप प्रज्वलन, मन्त्रद्वारा श्रद्धाञ्जली अर्पण साथै अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीज्यूकाे मन्तव्यकासाथ श्रद्धाञ्जली अर्पण गरिएको थियो । म्यान्मारका वरिष्ट छन्दकवि टेकनारायणज्यूबाट परिवारमा सान्त्वना दिंदैं श्रद्धाञ्जली अर्पण, श्री विष्णु पंथीज्यूबाट खिम काैशिककाे संक्षिप्त जीवनीमाथि प्रकाश पार्दै श्रद्धाञ्जली अर्पण । श्री प्रवीणहरी प्रधानज्यूबाट मन्तव्य साथै श्रद्धाञ्जली अर्पण, श्री हाेमनाथ ढकालबाट मन्तव्य साथै श्रद्धाञ्जली अर्पण, श्री ज्ञान संदेशबाट पनि श्रद्धाञ्जली अर्पणसाथै अन्तमा विनेसाम म्यान्माका वरिष्ठ उपाध्यक्ष मोहनराज खनालबाट श्रद्धाञ्जी समवेदना पत्र वाचन गरेर सुनाईयाे र शान्ति पाठका साथ शाेक सभा सुसम्पन्न भयाे ।