बिनेसाम केन्द्रको पाँचौँ सिर्जना वाचन शृङ्खला भारतसँग

अक्टोबर १५,

विश्व नेपाली साहित्य महासङ्घ ‘विश्व केन्द्रिय समिति’ले शाखा भारतसँग आज अक्टोबर १५ तारिक 2020 (बिहिबार) पाँचौँ सिर्जना वाचन शृङ्खला (भर्चुवल) सम्पन्न गर्यो।

बिनेसाम केन्द्रले हरेक महिना एक शाखासँग यसरी संयुक्त रुपमा सिर्जना वाचन गर्दै आएको छ । केन्द्र र शाखाबिच साहित्यिक सम्बन्ध अझ मबजुत सुमधुर बनाउन यसखाले प्रत्यक्ष कार्यक्रमले सहयोग पुग्ने विश्वासका साथ् सुरु गरिएको यो सिर्जना वाचन शृंखला निकै प्रभावकारी बनेको छ ।

आजको संयुक्त सिर्जना वाचन कार्यक्रम अत्यन्त सफल रह्यो । केन्द्रीय उपाध्यक्ष सावित्रा लुँइटेल घिमिरेको गजलसँगै गति लिएको वाचन कार्यक्रम करिब साढे दुई घण्टा सकिएको पत्तै भएन। विभिन्न विधमा कलम चलाउनुहुने केन्द्र र शाखाका पदाधिकारीहरुले निकै सुन्दर गहन रचनाहरु (कविता, गजल, छन्द कविता आदि) वाचन गर्नु भयो। नेपाली साहित्यको श्रीवृद्धिमा लागिपरेको विश्व नेपाली सहित्य महासङ्घ ‘विश्व केन्द्रीय समिति’ले विभिन्न देशमा शाखा स्थापना गरि साहित्यिक गतिविधिहरु गर्दै आएको छ ।

आजको पाँचौँ सिर्जना वाचनमा शृंखलामा उपस्थित . . .

  • अध्यक्ष – सुरेन्द्र लिम्बू परदेशी (भारत)
  • उपाध्यक्ष – देन्जोम साम्पाङ्ग (अमेरिका)
  • उपाध्यक्ष – सावित्रा लुँइटेल घिमिरे (इजरेल)
  • महासचिव – सुनिता राई कन्दङ्वा (इजरेल)
  • सचिव – डा मनमुर्ति भुर्त्याल (रसिया)
  • सहसचिव – भुवन रोका (जापान)
  • कोषाध्यक्ष – केबी पौडेल (नेपाल)

_ सदस्य – डा नाज सिंह (डेल्ली/भारत)
_ कल्पना पौडेल जिज्ञासु (नेपाल)
_ सदस्य -हनराज खनाल (म्यान्मा)
_ राहुल राई बोगिको (भारत)
_ लाल बगाले छेत्री (नेपाल)

= बिनेसाम शाखा भारतबाट :

  • प्रमुख सल्लाहकार – सुकराज दियाली
  • अध्यक्ष – राहुल राई बोगिको
  • मूलसचिव – सुमित्रा अविरल
  • कोषाध्यक्ष- कृष्ण पी ठटाल
  • हर्कु तामाङ्ग डुवर्स
  • सुदर्शन तामाङ्ग
  • प्रितम राय
  • गोपाल ढकाल
  • श्रवन कुमार प्रधान
  • बिष्णु बराइली
  • जयन्ति मुखिया
  • बिनोद खाती
  • सितादेविछेत्री
  • सृष्टि पौडेल
  • दीपक पन्थ
  • थानुराम शर्मा
  • सरोजिनी देवान
  • शान्ति भुजेल
  • संगम सुधा
  • बिनोद अब्जस
  • चन्दन योन्जन तामाङ्ग
  • मीना लामा
  • मालती नेचाली
  • मंजिला तामाङ्ग सुब्बा
  • देविका मगराती राई
  • मीना राई
  • विजय मुखिया
  • बुद्धि सुबेदी

आजको संयुक्त सिर्जना वाचन कार्यक्रम अत्यन्तै सफल/फलदायी रह्यो । कार्यक्रम केन्द्रीय महासचिव सुनिताले संचालन गरेकी थिईन । बिनेसाम शाखा भारतलाई हार्दिक धन्यवाद तथा अझ साहित्यिक उन्नति प्रगतिको कामना गर्दै अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीज्यूले आजको रचना वाचन कार्यक्रमको समापन गर्नु भयो ।

One thought on “बिनेसाम केन्द्रको पाँचौँ सिर्जना वाचन शृङ्खला भारतसँग

  1. बधाई हजुरहरु सम्पुर्ण टोलिमा💐💐💐💐💐

Comments are closed.