बिनेसम दक्षिण युकेको नयाँ कार्य समिति गठन, अध्यक्षमा हितान

दक्षिण युके, सेप्टेम्बर ०६,

विश्व नेपाली साहित्य महासङ्घ, साउथ यूके’को म्यासेञ्जर बैठक एवम् दाेस्राे अधिवेशन गत ३ अक्टाेबर २०२० शनिबारका दिन सम्पन्न भएको छ ।

विनेसामका संस्थापक विश्वासदीप तिगेलाज्यूले सहजीकरण गर्नुभएको कार्यक्रम निर्वतमान महासचिव थिर थापा मगरले सञ्चालन गर्नुभएको थियाे ।
विश्व नेपाली साहित्य महासङ्घ युके साउथको दोस्रो अधिवेशनबाट अध्यक्षमा साहित्यकार विजय हितान चयन भएका छन ।
भर्चुवल रुपमा सम्पन्न अधिवेशनमा अघिल्लो समितिको औपचारिक विघटनको घोषणा लगतै नयाँ समितिको चयन प्रकृया अधि बढेको थियो ।
छलफल पछिको नवनिर्वाचित समितिमा
संरक्षक साहित्यकार घन बहादुर थापा,
उपाध्यक्ष थीर थापा,
सचिव अमित थेवे,
सहसचिव लाहाङ चेम्जोङ,
कोषाध्यक्ष सेमन्त राई,
सहकोषाध्यक्ष सध्या गुरुङ,
मिडिया सचिवमा विश्वजित थापा,
सदस्यहरुमा क्रमशः
सर्वधन राई,
टिमाया राई,
संजीव पार्दशी
सुस्मा रुपाबुङ,
किरण चाम्लिङ,
र सल्लाहकारमा गणेश पुन,
औतारी साईला,
सुरेन्द्र इङनाम र
विश्वास दीप तिगेला रहेका छन्
महासङघ केन्द्रका पूर्व अध्यक्ष समेत रहेका तिगेलाले अघिल्लो कार्यसमितिलाई धन्यवाद ज्ञापन सहित नयाँ कार्यसमितिलाई बधाई तथा कार्यसफलताको शुभ कामना व्यक्त गरे ।
अत: दाेस्राे कार्यसमितिलाई धन्यवाद ज्ञापन गर्दै तेस्रो कार्यकालका लागि समितिमा चयन हुनुभएका सम्पूर्ण पदाधिकारी सदस्यज्यूहरू एवम् संरक्षक, सल्लाहकारज्यूहरूमा हार्दिक बधाई तथा सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्दछौं ।
त्यसैगरी, नयाँ समितिकाे पहिलो बैठक उपयुक्त समयमा शीघ्र बस्ने पनि सम्बन्धित सबैमा अवगत गराउनेछाैँ ।
जय विनेसाम ।
धन्यवाद ।
अमित थेवे
सचिव
विश्व नेपाली साहित्य महासङ्घ, साउथ यूके ।