लण्डन, गत २९ मे २०१५ का दिन आठौ गणतन्त्र दिवसको अवसरमा सार्वजनिक दोस्रो विश्वब्यापी खुल्ला कविता प्रतियोगिता सन् २०१५ को नतिजामा पान्थरका शन्देश सुब्बाको ‘सिकर्मी’ शिर्षकको कविता प्रथम भएको छ । सुब्बा ११४ प्रतियोगीलाई पछि पार्दै प्रथम भएका हुन ।
विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिको आयोजना र विभिन्न ६ साहित्यिक संस्थाहरुको सहआयोजनामा सम्पन्न विश्वब्यापी प्रतियोगितामा फत्तेपुर सप्तरीका शंकर निरौला निरक्षर ‘देश देश जस्तो छैन’ शिर्षकको कविता दोस्रो र काठमाडौंका कवि प्रथाको ‘समाजशास्त्रको आँसु’ तेस्रो बनेकोे छ । त्यस्तै गरि महिला मध्येबाट उत्कृष्ट युकेकी भावना ‘परिष्कृत’ सुनुवार हुनुभएको छ भने भाषाभाषी तर्फ मैथिलीमा पुनम ठाकुर पुरस्कृत घोषित हुनु भएको छ । राई वान्तावा, लिम्बु, सुनुवार, मगर र मैथिली भाषाका कविताहरु समाविष्ट थिए । एकै भाषाको ८ भन्दा बढि प्राप्त भएकालाई मूल्याङ्कन गरि पुरस्कृत गरिएको हो ।

विजयी प्रथम, दोस्रो, तेस्रोले क्रमशः नगद रु २० हजार, १० हजार, ५ हजार र उत्कृष्ट द्धयले ५÷५ हजार नगद सहित प्रमाणपत्र प्राप्त गर्नेछन भने उत्कृष्ट २० कविताहरुको चाईनिज र हिन्दीमा अनुवाद गरि कृति प्रकाशन गरिने छ । विजयीहरुलाई अनुकुलता मिलाई कार्यक्रम गरि पुरस्कारहरु हस्तान्तरण गरिनेछ । प्रतियोगितामा नेपालका २८ जिल्ला र १३ मुलुकबाट जम्मा १३४ ले सहभागिता जनाएका थिए । यस अघि साहित्य महासङ्घले सन् २०११ मा प्रथम विश्वब्यापी कविता प्रतियोगिताको आयोजना गरेको थियो ।
साहित्य महासङ्घको केन्द्रीय अध्यक्ष विश्वास दीप तिगेलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अमेरिकाबाट पूर्व अध्यक्ष डा. मधुमाधुर्य, रसियाबाट सल्लाहकार कृष्णप्रकाश श्रेष्ठ, युकेबाट डा. कविताराम श्रेष्ठले गणतन्त्र दिवसको शुभकामना तथा विजयी कविहरुलाई बधाई दिनु भएको थियो । प्रतियोगिताका नतिजा उपाध्यक्ष सुरेन्द्र लिम्बुले घोषणा गर्नुभएको थियो भने कविताहरुलाई भारत सिक्किमबाट डा. राजेन्द्र भण्डारी, डा. कविता लामा र काठमाडौंबाट युवाकविहरुको प्रतिनिधित्व गर्दै ठाकुर वेलवासेले मूल्याङ्कन गर्नुभएको थियो । मूल्याङ्कनकर्ताहरु पूर्ण गोप्य रहेका थिए भने वहाहरुले दिएको अंकको जोडफलको आधारमा विजयी चयन भएका हुन । पहिलो चरणको मूल्याङ्कन सुर्खेतबाट खगेन्द्र अधिकारी ‘अमृत’ र इजरायलबाट सुनिता राईलिम्बुले गर्नुभएको थियो । समारोहमा एक दर्जन कविहरुले आआफ्नो सिर्जना वाचन पनि गरेका थिए ।

गत बैशाक १ गते सार्वजनिक गर्ने कार्यक्रमलाई महाभूकम्पको कारण एक महिना पछि सारिएको थियो । महाभूकम्पमा परेकालाई उद्धार र राहतको काममा प्रभावकारिताहुन सकोस भन्ने उद्देश्यले साहित्य महासङ्घले नगद ५० हजार रासिको पुरस्कार घोषणा गरिसकेको छ । उद्धार कार्यमा उत्कृष्ट काम गर्ने ब्यक्तिको छनौटको लागि नामहरु संकलन शुरु गरिएको अध्यक्ष तिगेलाले जानकारी गराउनु भयो । प्रतियोगितामा विजयी, सम्पूर्ण सहभागि, प्रत्येक्षअप्रत्यक्ष सहयोगि, संलग्न तथा प्रायोजन गरिदिनुहुने सबैलाई धन्यवाद साथै गणतन्त्रको शुभकामना अध्यक्ष तिगेलाले दिनुभयो । बैठकलाई ताइवानबाट महासचिव डा. लेखनाथ काफ्लेले संचालन गर्नुभएको थियो ।
साहित्य महासङ्घको विश्वभर १७ मुलुकमा २४ शाखाहरु रहेका छन् । प्रतियोगितामा सहभागि भएका कविताहरु साहित्य महासङ्घको वेभसाइट जिएफएनएलडटअर्गमा कविको आफ्नै स्वरमा पटकपटक सुन्न सकिन्छ, पढ्न सकिन्छ र हेर्न सकिन्छ । यस प्रकारको सुविधा रहेको नेपाली साहित्यको इतिहासमा अन्य प्रतियोगिता भएका छैन्न ।
Sandesh Subba stands first in global poem competition
Kathmandu, May 30: Sandesh Subba from Panchthar has stood first in the second global poetry competition organised by the Global Federation for Nepali Literature.
Subba’s poem ‘Sikarmi’ bagged the first prize. There were 114 competitors. A poem ‘Desh Desh Jasto Chhina’ of Shankar Niraula (Nirakshar), living in South Korea, won the second prize while ‘Samajshastra Ko Aansu’ of Pratha from Kathmandu won the third prize.
Similarly, poem by Bhawana Pariskrit, living in UK, and the one in Maithili by Punam Thakur were announced the best creations.
A total of 134 poets including from 28 districts of Nepal and from 13 other countries participated in the competition. The first, second and third winners of the competition bag Rs 20,000, Rs 10,000 and Rs 5,000 and certificate respectively. Similarly, the two best creations also get Rs 5,000 each. The prizes would be distributed at a convenient time.
Central Chairman of the Federation, Biswasdip Tigela, said that 20 best poems would be published in Chinese and Hindi languages too. RSS
दोस्रो विश्वब्यापी खुल्ला कविता प्रतियोगिता सन् २०१५ को अन्तिम नतिजा
सहभागि जिल्ला तथा मुख्य स्थानहरु
झापा, बारा, मणिपुर, सिक्किम, दार्जिलिङ, सिलाङ, लखनउ, काठमाडौं, दाङ, शखुवासभा, इलाम, खोटाङ, युएई, युएसए, महोत्तरी, पाल्पा, चितवन, पान्थर, उदयपुर, सुन्सरी, धनकुटा लगायत (जम्मा २५ जिल्ला)
सहभागि मुलुकहरु
युके, जापान, इजरायल, क्यानडा, म्यानमार, मलेसिया, कुवेत, रोमानीया, कोरिया, स्पेन, साउदी अरेबिया, भारत, नेपाल (१३ मुलुक)
नेपाली भाषाको कविता प्रतियोगिहरु
प्रतियोगि ११४
जम्मा सहभागि १३४
मैथिली भाषाको कविता १४ वटा
लिम्बु भाषाको कविता ३ वटा
राई वान्तावा भाषाको कविता १
सुनुवार भाषाको कविता १
मगर भाषाको कविता १
मूल्याङ्कन कर्ताहरु
डा.राजेन्द्र भण्डारी
डा. कविता लामा
ठाकुर वेलवासे (युवा तर्फबाट)
पहिलो चरण छनौट
खगेन्द्र अधिकारी
सुनिता राईसुब्बा, इजरायल
उत्कृष्ट कविताहरुः
१. शन्देश सुब्बा, सिकर्मी, कविता रोलक्रम ८९
२. शंकर निरौला निरक्षर (कोरिया) देश देश जस्तो छैन, कविता रोलक्रम ९४
३. प्रथा, समाजशास्त्रको आँसु, कविता रोलक्रम ४०
४. जीबन चाम्लिङ, साइला पर्यटक र देश, कविता रोलक्रम ९५
५. जीबन खत्री, परदेशबाट घरदेश सम्झेर, कविता रोलक्रम २१
६. रोसन परियार, तिम्री आमा, कविता रोलक्रम ९८
७. राजु स्याङतन, गुमनाम मान्छेको, कविता रोलक्रम ४३
८. केवल विनावी, इतिहासको ऐना, कविता रोलक्रम ८४
९. बुद्धि तेम्बे माइला, समयका डोबहरु, कविता रोलक्रम ९९
१०. कृष्ण उदासी, गाँउ र आमाहरु, कविता रोलक्रम १
११. ओमर गुरु, (स्पेन) तिमी विनाको मेरो देश, कविता रोलक्रम ४१
१२. धनपति ढुंगेल, म नवजात शिशु जन्माउन सक्छु, कविता रोलक्रम ६७
१३. भावना परिष्कृत सुनुवार, (युके) सावधान म सपना कारली रहेछु, कविता रोलक्रम ५
१४. अकेला यात्री, माष्टर साहब, कविता रोलक्रम २३
१५. हेमा आले, सम्झना, कविता रोलक्रम ७६
१६. चन्द्र प्रकास लिम्बु, इतिहासका बाँकी पुष्ठहरु, कविता रोलक्रम ९
१७. पिंकी गुरुङ, खोइ कस्तो मान्छे, कविता रोलक्रम ५१
१८. भगवती बस्नेत, माफ गर प्रिय, कविता रोलक्रम ६
१९. दलबहादुर गुरुङ, माष्टर, कविता रोलक्रम १०
२०. नन्दलाल आचार्य, खबरदार सगरमाथा, कविता रोलक्रम ३७
उत्कृष्ट महिला कवि
भावना परिष्कृत सुनुवार युके
उत्कृष्ट मैथिलि कवि
पूनम ठाकुर
पुरस्कारहरु
प्रथम पुरस्कार प्रमाणपत्र सहित नगद रु २० हजार, कविता अनुवाद
दोस्रो पुरस्कार प्रमाणपत्र सहित नगद रु १० हजार, कविता अनुवाद
तेस्रो पुरस्कार प्रमाणपत्र सहित नगद रु ५ हजार, कविता अनुवाद
उत्कृष्ट महिला कवि प्रमाणपत्र सहित नगद रु ५ हजार, कविता अनुवाद
उत्कृष्ट मैथिली भाषा प्रमाणपत्र सहित नगद रु ५ हजार, कविता अनुवाद
उत्कृष्ट २० कविताहरु अनुवाद भई पुस्तकको रुपमा आउनेछ ।
समय अनुकुल पुरस्कारहरु प्रदान गरिनेछ ।
हार्दिक बधाई सबैजनालाई,
धन्यवाद विश्व नेपाली साहित्य महासंघलाई
congratulation all shrasta
बधाई सम्पुर्ण पुरस्कृत प्रतियाेगी र मुल्याङकनकर्ताहरुमा
भूकम्पको महाविपतिमा सबैभन्दा धेरैलाई उद्धार गर्नेलाई तपाई केही भन्न र दिन चाहानुहुन्छ की ?
भूकम्पको महाविपतिमा तत्कालै उद्धार कार्यमा महत्वपूर्ण योगदान गर्नेलाई विश्व नेपाली साहित्य महासङ्घले पुरस्कृत तथा सम्मान गर्ने घोषणा गरेको सर्वविदितै छ । माछा दिनु भन्दा माछा मार्ने तरिका सिकाउने कार्यलाई प्रोत्साहन गर्नु हाम्रो उद्देश्य हो । ढिला गरि धेरैले उद्धारमा सहयोग गर्नुभएको छ तर हाम्रो चासो भनेको भूकम्प लगतै, जुनबेला उद्धार कार्यमा खट्दा जिबितै उद्धार गर्न सकिन्थ्यो त्यो वेला खट्ने, ब्यक्ति तथा सस्था हाम्रो चासोको केन्द्रबिन्दु हो ।
घाइते भएकालाई उपचारमा दिएको योगदान । राहत वितरणमा भ्रष्टाचार रोक्न जनचेतनात्मक योगदान पनि हाम्रो खोजिका विषय हुन ।
हामीलाई राम्ररी थाह थियो । यसपटकको राहत तथा सहयोग एक मृगौला रोगको पिडितलाई सहयोग गरे झै सजिलो छैन । राहत तत्कालै संकलन गर्न सजिलो तर वितरण गर्दा असाध्य विवादित हुन्छ भन्ने । अन्ततः धेरै सस्थाको राहत वितरण विवादस्पद नै देखियो । आफ्नै गाँउ, आफ्नै परिवार, नातागोता, चिनजान भएकाहरुमा राहत गएका छन् । केहीकेही ब्यक्ति र संस्था मात्र विवादमुक्त छन् । हामीले गम्भिरतापूर्वक योजना अध्ययन गरयौ । जनधनको असिमित क्षति छ त्यसैले आफैले चाउचाउको पोका लगिदिनुभन्दा निस्वार्थ, मानवियताको नाताले उद्धार र राहतमा खट्ने ब्यक्तिहरुको आत्माबल बढाउने काम गर्दा झनै ठूलो सहयोग पुग्न सक्दछ भन्ने बुझाई रहयो तब नगद रु ५० हजारको पुरस्कार तथा सम्मान गर्ने घोषणा गरेका हौ ।
भूकम्प लगतै उद्धारमा स्थानीय जनता, सेना, जनपद प्रहरी, शसस्त्र प्रहरी र उपचारमा नर्श, डाक्टर र सुचना सम्प्रेषणमा मिडिया भूमिकाको जति नै प्रसंसा गरेपनि कमै हुन्छ । अहिले राहत वितरणमा विकृतिहरु आएका छन् यस सवालमा पनि साहित्य महासङ्घ त्यो बेलै सचेत थियो र अहिले प्राप्त राहतहरुको भ्रष्टाचार हुनेक्रम जारी छ यो बेला भईरहेको भ्रष्टाचारहरुको साहसिक भण्डाफोर गर्ने पत्रकारबृत्त पनि अहिले हाम्रो चासोको क्षेत्र हुन ।
हामी साहित्य महासङ्घका पदाधिकारी, संरक्षक सदस्य, आजीन सदस्य, सल्लाहकार, विभिन्न मुलुकमा स्थापित यस महासङ्घका शाखाहरुबाट आप्mनै पसिनाबाट आर्जन गरेको ससाना हिस्सा संकलन गरेर साथै अन्य सहयोगीहरुबाट जुटाएर यो पुरस्कार तथा सम्मान प्रदान गर्नेछौ । अग्रज साहित्यकार, शुभचिन्तक लगायत सबैलाई पनि यो महत्वपूर्ण सहयोग अभियानमा यथासक्दो सहयोग गर्नुभई यो राम्रो काममा ऐक्यबद्धता जनाई दिन हार्दिक अपिल गर्दछौ ।
हाम्रो उद्देश्य बमोजिम उद्धारमा राम्रा काम गर्ने ब्यक्तिहरुको केही नामहरु आउनेक्रम जारी छ । साहित्य महासङ्घले पनि विभिन्न कोणबाट अध्ययन गरिरहेको छ । तपाईलाई कुनै ब्यक्ति उपयुक्त लागेमा सिफारिस गर्न पनि आग्रह गर्दछौ । पुरस्कृत तथा सम्मानित ब्यक्तिहरुको बारेमा अन्तिम निर्णय सबैको रायसुझावमा साहित्य महासङ्घ केन्द्रीय समितिले गर्नेछ ।
गत २५ अप्रिल २०१५ मा भूकम्प गए लगतै साहित्य महासङ्घले २८ अप्रिलमा केन्द्रीय समितिको बैठक बसि पुरस्कार र सम्मानको निर्यण गरेको हो । उक्त दिन साहित्य महासङ्ले आयोजाना गरेको दोस्रो विश्वब्यापी खुल्ला कविता प्रतियोगिता सन् २०१५ को नतिजा घोषणा गर्ने कार्यक्रमलाई स्थगित गरि शोक प्रस्ताव पारित गर्दै सो घोषणा गरेको हो । घोषणामा नगद सहितको पुरस्कार सथासम्भव १० जनालाई दिने र वाँकी रहेको रकम परिवारमा सबै सदस्य गुमाएका र सिर्फ १ जना मात्र बचेकालाई आर्थिक राहत दिने भनिएको छ । परिवारमा एकजना मात्र बचेका तुलनात्मक रुपमा थोरै हुने र वितरण प्रकृया सहज हुने बुझाईको कारण उक्त घोषणा गरिएको हो । पुरस्कार तथा सम्मान साहित्य महासङ्घमा आबद्ध तथा सम्बन्धित परिवारलाई प्रदान हुनेछैन ।
यस पटकको यो महाविपतिले सेना र प्रहरीको महत्व कति रहेछ भन्ने प्रस्ट बनायो । नेपालीहरु जतिसुकै आपसमा झगडा गरेपनि दुःखमा सबै एकै हुन्छौ भन्ने शन्देश दियो । विपतिमा एनआरएन जस्तो सस्थाहरुको कति महत्व रहेछ प्रष्ट भयो अझ त्यो भन्दा बढि त हामी नेपालीहरु मानविय भावनाका धनी रहेछौ भन्नेमा आत्मा गौरव गर्ने ठाँउ देखियो । त्यसैले यो शोकलाई अब शक्तिमा बदलौ, यो विपतिलाई नवंनिर्माणको अवसरको रुपमा विकास गर्न सकौ । यसका लागि तपाईको बौद्धिक र आर्थिक सहयोगको खाँचो छ । तपाईको सानो सहयोगले ठूलो परिवर्तन हुन सक्दछ त्यसैले यहा जस्तो दयालु मनहरुलाई सहयोगको लागि हार्दिक अनुरोध गर्दछौ ।
सहयोगको लागि यो लिंकमा थिच्नुहोस http://www.gofundme.com/sx2aucw
वा साहित्य महासङ्घका सम्बन्धित ब्यक्तिलाई सम्पर्क गर्नुहोस वा gfnl@ymail.com/ gfnl.letter@gmail.com मा शिधै इमेल गर्नुहोला ।