विश्वब्यापी कविता प्रतियोगिताको नतिजा घोषणा जेठ १५ मा हुदै

२६ मे २०१५ । विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिको आयोजना र विभिन्न शाखा तथा साहित्यिक संघसस्थाहरुको सहआयोजना रहेको विश्वब्यापी खुल्ला कविता प्रतियोगिता सन् २०१५ को नतिजा यहि २९ मे २०१५ तदनुसार १५ जेठ २०७२ गणतन्त्र दिवसको अवसरमा सार्वजनिक गर्ने भएको छ । अघिल्लो महिना नै घोषणा गर्न लागिएको उक्त नतिजा घोषणाको कार्यक्रम महाभूकम्पको कारण एक महिना पछि सारिएको थियो ।

प्रतियोगितामा विश्वभरबाट १४० जना कविहरुले सहभागिता जनाउनु भएको छ । भाषाभाषिको कविताहरु मध्ये यसपटक मैथिली भाषाको पनि मूल्याङ्कन गरि पुरस्कृत घोषणा गरिने भएको छ । उत्कृष्ट १५ कविताहरुलाई चाइनीज र हिन्दी भाषामा अनुवाद गरिने र प्रथम, दोस्रो र तेस्रोलाई नगद पुरस्कार समेत प्रदान गरिने जनाइएको छ ।

गणतन्त्र दिवसको दिन नतिजा सार्वजनिक पूर्व महाभूकम्पको पीडायुक्त कविता र गणतन्त्र विषयक कविता वाचन गर्न सर्वसाधारण सबैलाई अनलाइनमा उपस्थितीको लागि आग्रह गरिएको छ । साहित्यिक तथा नतिजा घोषणा कार्यक्रमको लागि स्काइप Skype user: nepaliliterature मा जोडिनु पर्नेछ ।
web_Banner
साहित्य महासङ्घले गणतन्त्र दिवसको अवसरमा विभिन्न कार्यक्रम गरि महाभूकम्प पीडितहरुलाई सम्झन सम्पूर्ण शाखाहरुलाई निर्देशन जारी गर्दछ । साहित्य महासङ्घ केन्द्रले महाभूकम्प पीडितहरुको उद्ध्धार र राहत वितरणमा प्रभावकारिता हुन सकोस भनी नगद सहितको पुरस्कार र सम्मान घोषणा गरेको हुनाले । राम्रो काम गर्ने ब्यक्तिको नाम सिफारिस गर्न तथा सम्पूर्ण शाखा र आबद्ध सस्थालाई यो अभियानमा यथासक्दो सहयोग गर्न अपिल गर्दछ ।