भूकम्पको महाविपतिमा धेरैलाई उद्धार गर्ने ब्यक्तिलाई केही भन्न र दिन चाहानुहुन्छ की ?

हार्दिक अपिल,

भूकम्पको महाविपतिमा तत्कालै उद्धार कार्यमा महत्वपूर्ण योगदान गर्नेलाई विश्व नेपाली साहित्य महासङ्घले पुरस्कृत तथा सम्मान गर्ने घोषणा गरेको सर्वविदितै छ । माछा दिनु भन्दा माछा मार्ने तरिका सिकाउने कार्यलाई प्रोत्साहन गर्नु हाम्रो उद्देश्य हो । ढिला गरि धेरैले उद्धारमा सहयोग गर्नुभएको छ तर हाम्रो चासो भनेको भूकम्प लगतै, जुनबेला उद्धार कार्यमा खट्दा जिबितै उद्धार गर्न सकिन्थ्यो त्यो वेला खट्ने, ब्यक्ति तथा सस्था हाम्रो चासोको केन्द्रबिन्दु हो ।

घाइते भएकालाई उपचारमा दिएको योगदान । राहत वितरणमा भ्रष्टाचार रोक्न जनचेतनात्मक योगदान पनि हाम्रो खोजिका विषय हुन ।

हामीलाई राम्ररी थाह थियो । यसपटकको राहत तथा सहयोग एक मृगौला रोगको पिडितलाई सहयोग गरे झै सजिलो छैन । राहत तत्कालै संकलन गर्न सजिलो तर वितरण गर्दा असाध्य विवादित हुन्छ भन्ने । अन्ततः धेरै सस्थाको राहत वितरण विवादस्पद नै देखियो । आफ्नै गाँउ, आफ्नै परिवार, नातागोता, चिनजान भएकाहरुमा राहत गएका छन् । केहीकेही ब्यक्ति र संस्था मात्र विवादमुक्त छन् । हामीले गम्भिरतापूर्वक योजना अध्ययन गरयौ । जनधनको असिमित क्षति छ त्यसैले आफैले चाउचाउको पोका लगिदिनुभन्दा निस्वार्थ, मानवियताको नाताले उद्धार र राहतमा खट्ने ब्यक्तिहरुको आत्माबल बढाउने काम गर्दा झनै ठूलो सहयोग पुग्न सक्दछ भन्ने बुझाई रहयो तब नगद रु ५० हजारको पुरस्कार तथा सम्मान गर्ने घोषणा गरेका हौ ।
earthquake (1)
भूकम्प लगतै उद्धारमा स्थानीय जनता, सेना, जनपद प्रहरी, शसस्त्र प्रहरी र उपचारमा नर्श, डाक्टर र सुचना सम्प्रेषणमा मिडिया भूमिकाको जति नै प्रसंसा गरेपनि कमै हुन्छ । अहिले राहत वितरणमा विकृतिहरु आएका छन् यस सवालमा पनि साहित्य महासङ्घ त्यो बेलै सचेत थियो र अहिले प्राप्त राहतहरुको भ्रष्टाचार हुनेक्रम जारी छ यो बेला भईरहेको भ्रष्टाचारहरुको साहसिक भण्डाफोर गर्ने पत्रकारबृत्त पनि अहिले हाम्रो चासोको क्षेत्र हुन ।

हामी साहित्य महासङ्घका पदाधिकारी, संरक्षक सदस्य, आजीन सदस्य, सल्लाहकार, विभिन्न मुलुकमा स्थापित यस महासङ्घका शाखाहरुबाट आप्mनै पसिनाबाट आर्जन गरेको ससाना हिस्सा संकलन गरेर साथै अन्य सहयोगीहरुबाट जुटाएर यो पुरस्कार तथा सम्मान प्रदान गर्नेछौ । अग्रज साहित्यकार, शुभचिन्तक लगायत सबैलाई पनि यो महत्वपूर्ण सहयोग अभियानमा यथासक्दो सहयोग गर्नुभई यो राम्रो काममा ऐक्यबद्धता जनाई दिन हार्दिक अपिल गर्दछौ ।

हाम्रो उद्देश्य बमोजिम उद्धारमा राम्रा काम गर्ने ब्यक्तिहरुको केही नामहरु आउनेक्रम जारी छ । साहित्य महासङ्घले पनि विभिन्न कोणबाट अध्ययन गरिरहेको छ । तपाईलाई कुनै ब्यक्ति उपयुक्त लागेमा सिफारिस गर्न पनि आग्रह गर्दछौ । पुरस्कृत तथा सम्मानित ब्यक्तिहरुको बारेमा अन्तिम निर्णय सबैको रायसुझावमा साहित्य महासङ्घ केन्द्रीय समितिले गर्नेछ ।

गत २५ अप्रिल २०१५ मा भूकम्प गए लगतै साहित्य महासङ्घले २८ अप्रिलमा केन्द्रीय समितिको बैठक बसि पुरस्कार र सम्मानको निर्णय गरेको हो । उक्त दिन साहित्य महासङ्ले आयोजाना गरेको दोस्रो विश्वब्यापी खुल्ला कविता प्रतियोगिता सन् २०१५ को नतिजा घोषणा गर्ने कार्यक्रमलाई स्थगित गरि शोक प्रस्ताव पारित गर्दै सो घोषणा गरेको हो । घोषणामा नगद सहितको पुरस्कार सथासम्भव १० जनालाई दिने र वाँकी रहेको रकम परिवारमा सबै सदस्य गुमाएका र सिर्फ १ जना मात्र बचेकालाई आर्थिक राहत दिने भनिएको छ । परिवारमा एकजना मात्र बचेका तुलनात्मक रुपमा थोरै हुने र वितरण प्रकृया सहज हुने बुझाईको कारण उक्त घोषणा गरिएको हो । पुरस्कार तथा सम्मान साहित्य महासङ्घमा आबद्ध तथा सम्बन्धित परिवारलाई प्रदान हुनेछैन ।

यस पटकको यो महाविपतिले सेना र प्रहरीको महत्व कति रहेछ भन्ने प्रस्ट बनायो । नेपालीहरु जतिसुकै आपसमा झगडा गरेपनि दुःखमा सबै एकै हुन्छौ भन्ने शन्देश दियो । विपतिमा एनआरएन जस्तो सस्थाहरुको कति महत्व रहेछ प्रष्ट भयो अझ त्यो भन्दा बढि त हामी नेपालीहरु मानविय भावनाका धनी रहेछौ भन्नेमा आत्मा गौरव गर्ने ठाँउ देखियो । त्यसैले यो शोकलाई अब शक्तिमा बदलौ, यो विपतिलाई नवंनिर्माणको अवसरको रुपमा विकास गर्न सकौ । यसका लागि तपाईको बौद्धिक र आर्थिक सहयोगको खाँचो छ । तपाईको सानो सहयोगले ठूलो परिवर्तन हुन सक्दछ त्यसैले यहा जस्तो दयालु मनहरुलाई सहयोगको लागि हार्दिक अनुरोध गर्दछौ ।

– सहयोगको लागि यो लिंकमा थिच्नुहोस http://www.gofundme.com/sx2aucw
वा साहित्य महासङ्घका केन्द्रीय आर्थिक सचिव: केदार सुनुवार संकेत, युके
केन्द्रीय महासचिव डा. लेखनाथ काफ्ले ताइवान, 00886937884622
संरक्षक सदस्य विजय हितान, युके
केन्द्रीय अध्यक्ष विश्वास दीप तिगेला, युके 0044 7454496699
तथा महासङ्घ सम्बन्धित ब्यक्तिलाई सम्पर्क गर्नुहोस वा शिधै gfnl@ymail.com/ gfnl.letter@gmail.com मा इमेल गर्नुहोला ।

यहाको सहयोगको लागि धन्यवाद । यहाको सहयोग हाम्रो वेभमा रेकर्ड राखिनेछ । कृपया चेक गर्नुहोला ।

Earthquake in Nepal

Earthquake in Nepal

Posted by Gfnl Central Nepali Literature on Wednesday, 29 April 2015

gfnl

१ मिनेट ३५ सेकेण्डको समाचार । साहित्य महासंघले उद्धार कार्यमा उत्कृष्ट ब्यक्तिलाई नगद पुरस्कार घोषणा more >> http://gfnl.org.np/?p=2551

Posted by Gfnl Central Nepali Literature on Saturday, 2 May 2015