विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिको सृजना वाचन साथै नववर्ष को कार्यक्रम १५/०४/२०२६ आईतवारको दिन बेलुका ०७:०० बजे -वैशाख २ गते,जूम भर्चुअल मार्फत gfnl फेसबुकको आधिकारिक पेजमा सम्पन्न भयो साथै प्रत्यक्ष प्रसारण गरिएको थियो l यसपल्ट चितवन शाखाका सदस्यहरूलाई लिएर सृजना वाचन गरिएको थियो |
कार्यक्रमको अध्यक्षता विनेसाम विश्व केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष श्री डेनञ्जोम सामपाङले गर्नु भएको थियो l कार्यक्रमको सञ्चालन केन्द्रीय समितिका महासचिव श्री देविका मंग्राती राईज्यूले गर्नुभएको थियो | धन्यवाद ज्ञापन संगठन सचिव श्री कल्पना पौडेल जिज्ञासुज्यूले राख्नुभएको थियो |
यो कार्यक्रममा उपस्थित हुनुभएका केन्द्रीय पदाधिकारीज्यूहरू अनि चितवन शाखाका सदस्यहरूले आ -आफ्ना सृजना वाचनसँगै नववर्षको शुभकामना आदान प्रदान गर्नुभयो, उपस्थित हुनुभएका सर्जकहरूमाः-
श्री डेन्जोम साम्पाङ -केन्द्रीय वरिष्ठ उपाध्यक्ष,
श्री गोविन्द प्रसाद गौतम- के• उपाध्यक्ष,श्री देविका मंग्राती राई -महासचिव,श्री कल्पना पौडेल जिज्ञासु- संगठन सचिव, श्रो ऋषिराम सापकोटा के• सदस्य, श्री लालसुन्दर राई- अध्यक्ष, बेलायत शाखा l चितवन शाखाबाट श्री हरिप्रिया रिजाल, श्री रोहिणी प्रसाद लोहणी, श्री यमुना न्योपाने,श्री सिमरण छेत्री, श्री मेनका पौडेल, श्री समिता पोडेल न्योपाने, श्री सूर्यमणि रेग्मी, श्री मेनका काप्री, श्री उपेन्द्र त्रिपाठी आदि उपस्थित हुनुहुन्थ्यो l उत्कृष्ट सृजनाहरूको वाचन अनि नववर्षको शुभकामनाहरू आदान प्रदान गर्नुभयो l धन्यवाद ज्ञापन पछि सभाध्यक्षज्यूले आफ्नो समीक्षात्मक गहकिलो वक्तव्य राख्नुभयो अनि कार्यक्रम समाप्तिको घोषणा गर्नुभयो l
देविका मंग्राती राई
महासचिव
विश्व नेपाली साहित्य महासङ्घ
विश्व केन्द्रीय समिति