टोकियोमा विनेसामको कविता कन्सर्ट २०२५ सम्पन्न

२८ डिसेम्बर २०२५, विश्व नेपाली साहित्य महासङ्घ “विनेसाम” जापान शाखाको आयोजनामा स्रष्टात्रयका विशेष कविता कन्सर्ट २०२५ सँगै शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

आइतबार टोकियोको ओकुवो स्थित काठमाण्डौं लाउन्ज एण्ड बारको सभाहलमा भएको कविता कन्सर्ट २०२५ मा कवि सुनिता राई कन्दङ्वा, सुजन वैरागी र उमेश तिमल्सिनाको तीन चरणमा रहेको कविता वाचन साथै सुरेश याक्सको कथा सङ्ग्रह पेनिबा र दिलिप राई सगरको गीति संग्रह साईमा स्यामुनाको विशेष प्रदर्शनी सँगै नयाँ वर्ष २०२६ को शुभकामना आदानप्रदान कार्यक्रम तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको हो ।
विश्व नेपाली साहित्य महासङ्घ जापान शाखाका अध्यक्ष रविन्द्र दिखुक्पा सभाध्यक्ष रहेको कार्यक्रममा गैर आवासीय नेपाली संघ एसिया प्रशान्त महादेशीय संयोजक तथा अन्तर्राष्ट्रिय कानुनविद डा. बलराम श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । विशेष अतिथि गैर आवासीय नेपाली संघ जापानका अध्यक्ष सुवास लामिछाने, आदिवासी जनजाति महासंघ जापानका अध्यक्ष श्री गुरुङ, नेपाली भाषा साहित्यका प्राज्ञिक तथा भाषाविद हारुहितो नोजु, अतिथि विनेसाम जापानका संरक्षक तथा निर्वतमान अध्यक्ष देवी बहादुर ईङ्नाम, गैर-आवासीय नेपाली संघ जापानका प्रवक्ता रविन शर्मा, नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष रविन्द्र श्रेष्ठ, साहित्यिक चौतारी नेपाल जापानका संरक्षक तथा निवर्तमान अध्यक्ष अमरदेव बास्तोला, किराया कान्तो जापानका वरिष्ठ सल्लाहकार रामकुमार चाम्लिङ, मगर संघ जापानका अध्यक्ष भिक्टोर ठाडा मगर, अनेसास जापानका उपाध्यक्ष दीपा घिमिरे, स्याङ्जा समाज जापानका अध्यक्ष वेद कार्की, पूर्वी विकास सहकार्य केन्द्रका उपाध्यक्ष पेमानुरी शेर्पा, साहित्यिक चौतारी नेपाल जापानका अध्यक्ष सरिता ढकाल, सचिव शारदा पाण्डे, नेपाल पत्रकार महासंघ जापानका निवर्तमान सचिव राजन गौतम, अनेसास जापानका निवर्तमान अध्यक्ष गिरिजा गैरे, हिमालयन भ्वाइसका प्रतिनिधि समर प्रेम, अविरल पाण्डे, लेखक तथा साहित्यकार म्यामराज राई लगायतका अतिथिहरूको उपस्थिती रहेको थियो ।कार्यक्रममा प्रमुख अतिथि डा. श्रेष्ठले साहित्य सिर्जना गर्नु भनेको समाजमा केही न केही योगदान दिनु हो। उहाँले प्रसिद्ध जापानिज कवि खानेको मिसुजुको “म, सानो चरा र घण्टी” शीर्षकको कविता पहिले जापनिज भाषामा त्यसपछि नेपाली अनुवाद सुनाउँदै आफू पहिलो पटक जापान आएर लाटो भएको र यस कविताले एकदम ऊर्जाशील बनाएको अनुभव सुनाउनु भयो। त्यस्तै विदेश कहिले पनि आफ्नो देश हुँदैन भन्ने हामीले बुझ्नुपर्छ भन्दै विशेष कविता वाचन गरेका तीनैजना स्रष्टाहरूलाई बधाई तथा शुभकामना दिनु भएको थियो।
कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष रविन्द्र श्रेष्ठ, गैर आवासीय नेपाली सङ्घ जापानका प्रवक्ता रविन शर्मा, हारुहितो नोजु, देवी बहादुर इङनाम लगायत अतिथिहरूले कार्यक्रममा कविता कन्सर्ट २०२५ का तीनै जना कविलाई बधाई शुभकामना दिदै नयाँ वर्ष २०२६ को शुभकामना पनि दिनु भएको थियो । खुल्ला रचना वाचन तर्फ अविरल पाण्डे, दिपा घिमीरे, अमरदेव बास्तोला, शारदा पाण्डे, लेखनाथ भेटुवाल लगायतले वाचन गर्नुभएको थियो । कार्यक्रमलाई आकर्षक रूपमा विनेसाम जापान शाखाकी सह-सचिव सयपत्री थुलुङ र सदस्य प्रमोद श्रेष्ठले सञ्चालन गर्नुभएको थियो भने संस्थाका उपाध्यक्ष शिवराज राईले विशेष कविता वाचन गर्ने कवित्रय लगायत उपस्थित सम्पूर्ण अतिथिहरुलाई शब्द पुष्प मार्फत स्वागत गर्नुभएको कार्यक्रमका सभापति रविन्द्र दिखुक्पाले विशेष कविता वाचन गर्नुहुने स्रष्टाहरूलाई बधाई शुभकामना दिँदै उपस्थित प्रमुख अतिथि, अतिथिहरूलाई धन्यबादका शब्द समर्पण गर्दै कार्यक्रम समापन गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *