(कविता)
फर्कौ भो स्वदेशमा अब त मुलुकले डाकेको छ
कालो बादल फाटेर सुनौला घाम लागेको छ
नयां नेपालको पुनर्निर्माणमा मेचीकाली जागेको छ
यस घडिमा देशले हाम्रो पनि भूमिका मागेको छ ।।
l
अर्काको बाच्छो चाटी मुखभरि रौं भर्नलाई हामी
खर्चेर पसिना जीवनभर पर्राईभूमिमा नबसौं दास बनि
जन्म्यो जुन धर्तीमा उत्तम छ त्यहीं मर्नलाई पनि
बेला आएको छ नेपाली हुं भनि केही गर्नलाई पनि ।।
l
एकजुर्टभई मिलिजुली हातेमालोले उठाऔं हिमाललाई
उठौं जागौं सिकेका सीपले सिंगारौं हाम्रै नेपाललाई
जबसम्म पाखुरा बलिष्ठ छन् तबसम्म मेशीनसरी कजाई
धपाउंछन पराईले लखतरान परी थाकेपछि थोत्रो बनाई ।।
l
बल्लतल्ल ब्यूंतेकीछिन् नेपाल आमा लामो शल्यक्रियापछि
नुनिलो आंशुलिई हाम्रै बाटो हेदैं होलिन् पिंढीको डिलमा बसी
हंसिलो मुहार बन्दैन उनको लाठेछोराहरु हरिया डलरमा फसी
को जान्दछ र ? फेरि पनि मूर्छ नहोलिन् भनि गोमनसांपले डसी ।।
l
हे देशका तन्नेरी हो बेला यही हो ध्यान मुलुकतिर जाग्ने
माटोका लागि केही त गरौं भनि छातिमा हात राख्ने
हाम्रो घर भांडियो भनि कति दिन मुग्लानतिर भाग्ने
आफ़्नो घर सम्हाल्नलाई पनि कहिलेसम्म अरुको मुख ताक्ने ।।।
i like it thanks
A good many vuallabes you’ve given me.