विनेसाम नेपालद्वारा बुद्धजयन्ती, कृतिसमीक्षा तथा सम्मान कार्यक्रम सम्पन्न

८ मे २०२५/बिहिवार

विश्व नेपाली साहित्य महासंघ नेपाल शाखाकाे आयाेजनामा २५६९औँ बुद्धजयन्तीकाे अवसर पारेर भएकाे कृति समीक्षा, सम्मान तथा बुद्ध विमर्श कार्यक्रम विश्व नेपाली साहित्य महासंघ नेपालशाखा कि अध्यक्ष कल्पना पाैडेल “जिज्ञासु” काे अध्यक्षता र लुम्बिनी प्राविधिक विश्व विद्यालयका सेवा आयोग सदस्य तथा वरिष्ठ साहित्यकार, समालाेक प्रा. डा. कृष्णप्रसाद धिमिरेज्यूकाे प्रमुख आतिथ्यतामा भर्चुअल जुमको माध्यमबाट सम्पन्न भएकाे छ ।
विनेसाम केन्द्रीय अध्यक्ष सुरेन्द्र लिम्बू परदेशी, उपाध्यक्ष गाेविन्दप्रसाद गाैतम, महासचिव सुनिता राई कन्दङ्वा, प्रज्ञा सभा-सदस्य सन्ध्या पाहारी, शशिराम कार्की उपस्थित रहेकाे कर्यक्रममा देश तथा विदेशमा रहेर नेपाली भाषा साहित्य र ललितकलाकाे क्षेत्रमा महत्त्वपूर्ण याेगदान पुर्याउनुहुने व्याक्तित्वहरुलाई सम्मान गरिएकाे थियाे ।

कार्यक्रममा प्रा. डा. देवी नेपाल ( काठमाडौं )लाई ” विनेसाम साहित्यभूषण सम्मान” द्वारा सम्मानित गरिएकाे थियाे। डा. गीता क्षेत्री( दार्जिलिङ)लाई “विनेसाम साहित्य ज्याेती सम्मान” र श्री मञ्जुल मितेरी (जापान)लाई “विनेसाम सिर्जना सम्मान” द्वारा सम्मानित गरिएकाे थियाे। तिनैजना सम्मानित व्याक्तित्वहरुले सम्मान गर्ने संथा विनेसाम नेपाल शाखाप्रति कृतज्ञा प्रकट गर्दै यस सम्मानले नेपाली भाषा साहित्यकाे विकासमा अझैं सक्रिय/सशक्तरुपमा लागिपर्न उर्जा मिलेकाे धारणा राख्नु भएकाे थियाे। उपन्यासकार कल्पना खरेलले ऐतिहासिक विषय वस्तुमा आधारित उपन्यास “भृकुटी तारा”काे समीक्षा प्रा. डा. गाेविन्द मानसिंह कार्कीले गर्नु भएकाे थियाे। उपन्यासकार खरेलले कृति जन्माउँदाका अनुभव/अनुभूतिहरु प्रस्तुत गर्नु भएकाे थियाे कार्यक्रममा।
बुद्धजयन्तीकाे अवसर पारेर आयोजना गरिएकाे कार्यक्रमका मुख्य वक्ताकाे रुपमा डा. विष्णु के सी ले बुद्ध दर्शनकाे बारेमा सारगर्भिक विचारहरु प्रस्तुत गर्नुभएको थियाे । कार्यक्रमका प्रमुख अतिथि प्रा. डा. कृष्णप्रसाद घिमिरेज्यूले सम्मानित तीनैजनालाई बधाई र बुद्ध दर्शनलाई समेटेर आफ्ना महत्त्वपूर्ण मन्तव्य राख्नु भयो।
देविका मंग्राती राई , किरण आचार्य, सुरेशकुमार पाण्डे, सविता अधिकारी, ईन्दिरा गाैतम, तिला पाण्डे, निरा श्रेष्ठ, चन्द्रमणि अधिकारी लगायत कार्यक्रममा प्रत्यक्ष निकै बाक्लो स्रष्टा/सर्जकहरूको उपस्थिति रहेकाे भर्चुअल कार्यक्रममा ऋषिराम सापकोटाले स्वागत मन्तव्य राख्नु भएकाे थियाे भने कार्यक्रमकाे संचालन लेक प्रसाद प्याकुरेलले गर्नुभयो। नेपाल शाखाकी अध्यक्ष कल्पना पाैडेल “जिज्ञासु” ले बधाई तथा उपस्थिति सबैमा आभार व्यक्त गर्दै कार्यक्रम समापन गर्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *