विनेसाम केन्द्रद्वारा ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस सम्पन्न

८ मार्च २०२५

विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिद्वारा ८ मार्च २०२५/शनिवार ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस भर्चुअल रुपमा भव्य सम्पन्न गर्यो ।
विनेसाम केन्द्रीय सचिव डा मनमुर्ति भुर्तेलको मिठो स्वागत मन्तव्यसँगै गति लिएको कार्यक्रमका सभापति संस्थाका वरिष्ठ उपाध्यक्ष डा लेखनाथ काफ्ले, प्रमुख अतिथि प्राज्ञ डा. कौशिला रिसाल, विशिष्ट अतिथि डा अन्जना वस्ती भट्टराई तथा अतिथि कविहरू, संस्थाका पदाधिकारीहरू, आजीवन सदस्यहरू, राष्ट्रिय शाखा, जिल्ला र प्रदेशबाट जोदिनुभाएको थियो स्रष्टा-सर्जकहरू ।

पाँचजना अतिथि वाचकपश्चात् कार्यक्रमका विशिष्ट अतिथि तथा प्रमुख वक्ता डा अन्जना भट्टराईले अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना दिदै, महिला-पुरुष एकैरथका दुई पाङ्ग्रा हुन् एकर्कालाई समझ र साथ् दिदै आए जीवन सुन्दर हुन्छ जो हामीले पनि गर्दै आएका छौँ भन्नुभयो । एक छोरी श्रीमती हुँदै आमा बन्दाका यात्रा, पारिवारिक, सामाजिक, व्यवहारिक उत्तरदायित्व, जिम्मेवारी वहन गर्दै आफ्नो करियर उठाउन उत्तिकै चुनौतिपूर्ण, कठिन उकालो हो तर त्यस यात्रामा जीवन साथी समजदार भए पार गर्न सहज हुने डा वस्तीले बताउनुभयो ।
कार्यक्रममा नारी विशेष रचनाहरू वाचित भए । वाचन गर्नुहुने स्रष्टाहरू… पूर्णिमा जी शाह (हङकअङ), सयपत्री थुलुङ्ग (जापान), राधिका कल्पित (काठमाण्डौ), टिका आत्रेय (सुनसरी), तीला लेखाली (मोरङ्), कविता राई (भोजपुर), डा. साङ्मु लेप्चा (भारत), जमा वाम्बुले राई (इलाम), पेम नर्बु शेर्पा (भारत), गीता अर्याल (बाँके), रेणु घिमिरे (भक्तपुर), देविका मंग्राती राई (सिलिगुडी/भारत) आदिले सुन्दर रचना प्रस्तुत गर्नुभयो । निकै बाक्लो उपस्थिति रहेको कार्यक्रममा वाचित सबैखाले रचनाहरू नारी विशेष थिए ।
पहिलेको तुलनामा अहिले धेरै नै सहज भएको छ महिलाहरूलाई तर कति ठाउँमा मानसिकता परिवर्तन हुन बाँकी छ । यो आवाज ती असली श्रमिकहरूका लागि हो । हाम्रो पितृसत्तात्मक समाजको सोंच, दृष्टिकोण कताकता अझैं उस्तै झझल्को दिन्छन् र व्यबहारमा पनि छ तर अहिले महिलाहरू हरेक क्षेत्रमा निकै सक्रियरुपमा अघि बढिरहेछन् यो खुसीको कुरा हो तरपनि समानताका लागि बोल्नुपर्दछ भन्दै निकै सुन्दर, गहन, महत्वपूर्ण मन्तव्य रहेको थियो प्रमुख अतिथि डा कौशिला रिसालको ।

कार्यक्रमको अन्त्यमा, प्रुख अतिथि, विशिष्ट अतिथि, अतिथिहरू, वाचक अतिथिहरू, उपस्थित् हुनुभएका स्रष्टा-सर्जकहरू सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्दै कार्यक्रमका सभापति, विनेसाम केन्द्रीय अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीले कार्यक्रम समापन गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *