विश्व-चौतारी सङ्गम दोस्रो श्रृङ्खला सम्पन्न

टोक्यो, जापान, १ जनवरी २०२५

विश्व नेपाली साहित्य महासङ्घ “विनेसाम” जापान शाखा र साहित्यिक चौतारी नेपाल जापान शाखाको संयुक्त आयोजनामा चारजना स्रष्टाका विशेष गजल र कविता वाचन सँगै चार कृति विमोचन सम्पन्न गरेको छ । कार्यक्रमको उद्घाटन राष्ट्रिय गानका साथमा पानसमा दीप प्रज्ज्वलन सहित नेपाली राजदूतावास, जापानका लागि नेपाली राजदूत महामहिम कार्यक्रमका प्रमुख अतिथि डा दुर्गा बहादुर सुवेदी र कार्यक्रमका सभापति सरिता ढकालले संयुक्त रूपमा समुद्घाटन गर्नु भएको कार्यक्रममा स्वागत मन्तव्य दिया शाहीले दिनुभएको थियो ।
आइतवार सम्पन्न टोकियोको ओकुवो स्थित सोलमारी मुराहलमा भएको कार्यक्रममा गजलकार समर प्रेम, शारदा पाण्डे, शिवराज बुल्तिमको विशेष गजल वाचन र कवि लक्ष्मी अर्गेजा मगरको विशेष कविता वाचनका साथै राजन घलेको मारूनी, अविनाश सापकोटाको अग्राख, भोजराज घिमिरेको नाद र कुशलनाथ योगीको कोहिनुर विमोचनसँगै रचना वाचन कार्यक्रम सम्पन्न भएको हो ।

साहित्यिक चौतारी नेपाल जापान शाखाकी अध्यक्ष सरिता ढकाल सभापति रहेको कार्यक्रममा नेपाली राजदूतावास जापानका महामहिम राजदूत डा. दुर्गा बहादुर सुवेदीको प्रमुख आतिथ्यता रहेको थियो । विशिष्ट अतिथि एनआरएन जापानका उपाध्यक्ष सुवास लामिछाने, विशेष अतिथि खाबुसिकीगाइसा मानवियाका प्रोप्राइटर विशाल डल्लाकोटी, विनेसाम जापानका संरक्षक तथा निर्वतमान अध्यक्ष देवी बहादुर ईङ्नाम, साहित्य चौतारी नेपाल जापानका संरक्षक तथा निवर्तमान अध्यक्ष अमरदेव बास्तोला, विनेसाम जापानका सल्लाहकार युको ओकामोतो, अतिथि किराया कान्तो जापानका वरिष्ठ सल्लाहकार रामकुमार चाम्लिङ, मगर संघ जापानका अध्यक्ष रामहरि खपाङ्गी मगर, ग्लोबल फोरमका अध्यक्ष मुना सुनार , कान्तो गुल्मेली समाजका अध्यक्ष कृष्ण भण्डारी, अनेसास वोर्ड अफ ट्रस्टी सदस्य तथा साहित्यकार गृष्मा पौड्याल, अनेसास जापानका उपाध्यक्ष दीपा घिमिरे लगायतका अतिथिहरूको उपस्थिती रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि महामहिम राजदूतले साहित्य सिर्जना कथा, कविता, गजल लेखन गरेर मात्रै हुँदैन पाण्डुलिपि कृतिको रूपमा चाँडै प्रकाशन ल्याउन सुझाव दिनुभयो भने विशेष गजल र कविता वाचन गरेका चारैजना स्रष्टाहरूलाई बधाई तथा शुभकामना दिँदै काँधमा गजल बोकेर हिड्ने आजका मोतीरामको संज्ञा दिनुभयो। आगामी दिनमा संघ संस्थाले केही न केही संकलन गरेर त्रैमासिक, अर्धवार्षिक नभए वार्षिक भएपनि स्मारिका मुखपत्र प्रकाशन गर्दा ईतिहास र संस्थाको दस्तावेज बन्ने कुरा बताउनु भयोे। त्यति मात्रै होइन उहाँले जापानमा दुईवटा नेपाली पुस्तकालयको उद्घाटन गरी पाँच पाँच सय प्रति पुस्तक उपलब्ध गराउनु भएको बताउँदै एक पटक ती पुस्तकालयमा पुग्न आग्रह गर्नु भयो।

त्यसैगरी खुल्ला रचना वाचन तर्फ ओजस्वी जिसी, गृष्मा पौडेल, अविरल पाण्डे, प्रमोद श्रेष्ठ, प्रविन लामा, दिपा घिमीरे, नेत्र पाण्डे लगायतले वाचन गर्नुभएको थियो । कार्यक्रमलाई आकर्षक रूपमा विनेसाम जापान शाखाकी सह-सचिव सयपत्री थुलुङले सञ्चालन गर्नुभएको थियो भने कार्यक्रमका सभापति सरिता ढकालले विशेष गजल कविता वाचन गर्नुहुने स्रष्टाहरूलाई बधाई शुभकामना दिँदै उपस्थित प्रमुख अतिथि अतिथिहरूलाई धन्यबादका शब्द गुच्छा समर्पण गर्दै कार्यक्रम समापन गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *