तेस्रो विश्व नेपाली साहित्य सम्मेलन सम्पन्न, प्रधानमन्त्री ओलीद्धारा उद्घाटन (भिडियो सहित)

पूर्व मुख्यमन्त्री चाम्लिङ सम्मानित

काठमाडौं ।
गत २६ र २७ सेप्टेम्बर २०२४ का दिन विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिको आयोजनामा तेस्रो विश्व नेपाली साहित्य सम्मेलन नेपालको प्रधानमन्त्री खडग प्रसाद ओलीले उद्घाटन गर्नुभयो ।

काठमाडौंको होटल आनन्द पशुपति गौसलामा दुई दिने “साहित्यिक विश्व सम्मेलन” भव्यताका साथ सम्पन्न भएको हो । सम्माननीय प्रधानमन्त्री ओलीले कार्यक्रमको उद्घाटनपछि अभिनन्दन, सम्मान, पुरस्कार, पुस्तक लोकार्पण गर्नुभएको थियो । आफ्नो सारगर्भित मन्तव्यका क्रममा प्रधानमन्त्री ओलीले नेपालीहरू जहाँ पुगेपनि आफ्नो भाषा साहित्य र संस्कार संस्कृति आफ्नो साथमा लाने कुरा व्यक्त गर्नु भयो । साहित्य सृजना गर्दा सस्तो लोकप्रियताका लागि नभएर अध्ययन र मननपछि गम्भीर भएर लेख्नुपर्छ भन्ने कुरामा पनि जोड दिनु भयो । त्यसैगरी विशिष्ट साहित्य साधक तथा सिक्किमका पूर्व मुख्यमन्त्री श्री पवन चाम्लिङले पनि मानव जीवनका महत्वपूर्ण पक्षहरू र जिम्मेवारीका सम्बन्धमा गहन विचार राख्नु भएको थियो ।

कार्यक्रममा आयामेली तथा पूर्व प्राज्ञ कुलपति बैरागी काईला, वरिष्ठ साहित्यकार तथा पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, वरिष्ठ लेखक तथा साझा प्रकाशनका अध्यक्ष डा. विजय सुब्बा, वरिष्ठ कवि तथा संस्कृतिविद् तुलसी दिवस, वरिष्ठ विद्धान प्रा.डा. गोविन्दराज भट्टराई, पूर्व महामहिम राजदूत भीम उदास, पूर्व महामहिम राजदूत मीलनराज तुलाधर, त्रिभुवन विश्वविद्यालय केन्द्रीय नेपाली विभाग प्रमुख प्रा.डा. कृष्णप्रसाद न्यौपाने, असमबाट प्रा.डा. देवेन सापकोटा, दार्जिलिङबाट प्रा.डा. राजकुमार क्षेत्री, खरसाङ्बाट प्रा.डा. योगेश खाती, वरिष्ठ कवि लेखक प्राज्ञ शशी लुमुम्बु, गैर आवासीय नेपाली संघका केन्द्रीय अध्यक्ष डा. बद्री के.सी., गैर आवासीय नेपाली संघ अध्यक्ष विनोद कुवर, सिक्किमबाट वरिष्ठ साहित्यकार बिरु वाङ्देल, बेलायतबाट साहित्य महासंघ केन्द्रीय समितिका पूर्वअध्यक्ष विश्वासदीप तिगेला, वरिष्ठ कवि साहित्यकार मोमिला जोशी, वरिष्ठ कवि विप्लव प्रतीक लगायत दर्जनौँ विशिष्ट व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो । राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरका विभिन्न विशिष्ट व्यक्तित्वहरूलाई पुरस्कृत एवम् सम्मान पनि गरिएको थियो ।
सर्वप्रथम विशिष्ट साहित्य साधक तथा सिक्किमका पूर्वमुख्यमन्त्री श्री पवन चाम्लिङज्यूलाई नेपाली भाषा–साहित्यको उन्नयन र विकासका सन्दर्भमा अमूल्य योगदान दिनुभएको हुनाले महासङ्घका तर्फबाट “शिखर साहित्य अभिनन्दन” गरिएको थियो ।

त्यसैगरी ८ हजार मिटरभन्दा अग्ला नेपालका ८ हिमालहरूको नाममा गरिने ८ साहित्यदूत सम्मानमा क्रमशः १. साहित्यदूत सगरमाथा– प्रा.डा. गङ्गाप्रसाद प्रसाईँ कुलपति त्रिपुरा विश्वविद्यालय, भारत । २. साहित्यदूत कन्चनजंघा– प्रा.डा. सञ्जीव उप्रेती, वरिष्ठ लेखक समालोचक, काठमाडौँ । ३. साहित्यदूत ल्होत्से– डा. शंकरदेव ढकाल, संयोजक भारतीय साहित्य एकेडेमी परामर्श समिति, दिल्ली । ४. साहित्यदूत मकालु– प्रा.डा. कृष्णप्रसाद घिमिरे, अर्घाखाँची, सेवा आयोग सदस्य, लुम्बिनी प्राविधिक विश्वविद्यालय तथा पूर्व विभाग प्रमुख त्रिभुवन विश्वविद्यालय केन्द्रीय नेपाली विभाग । ५. साहित्यदूत चोयु– प्राध्यापक भारती लिम्बू, थाइलैण्ड । ६. साहित्यदूत धौलागिरी– शिखर कवि शैलेन्द्र साकार, काठमाडौँ । ७. साहित्यदूत मनास्लु– श्री विश्वप्रेम अधिकारी, कुलपति पुतलीबजार नगरपालिका प्रज्ञा–प्रतिष्ठान, स्याङ्जा । ८. साहित्यदूत अन्नपूर्ण– श्री इच्छाराम गुरागाईं, वर्मा रहनु भएको थियो ।

त्यसैगरी विनेसाम सद्भावना सम्मान प्राप्त गर्ने भारतीय नागरिकहरू क्रमशः १. पद्मश्री डा. येसे दोर्जे थोङ्सी, भारत (असमीया साहित्यकार) । २. डा. गोकुल क्षत्रीय, गुजरात, भारत (हिन्दी साहित्यकार) । ३. डा. प्रेमानन्द रोय, पश्चिम बंगाल, भारत (बङ्गाली साहित्यकार) । त्यस्तै गरि चीनिया नागरिक नागरिकहरूः १. प्रा.डा. वाङ् जोङ् प्रमुख, दक्षिण एसिया भाषा विभाग युनान् विश्वविद्यालय, कुनमिङ्, चीन । २. प्रा.डा. छिङ् युन् निर्देशक, नेपाली भाषा शिक्षण तथा अनुसन्धान केन्द्र अन्तर्राष्ट्रिय अध्ययन विश्वविद्यालय बेइजिङ, चीन । ३. श्री झाङ् युई, प्रमुख, सीसीटिभी ब्युरो अफिस । जापानिज नागरिकः १. श्री युको ओकामोता, वाको विश्वविद्यालय, टोकियो जापान । बंगलादेशी नागरिक– १. श्री सुल्तान अहमद सोना, बंगलादेश (बाङ्ला साहित्य) रहेका थिए ।

विनेसाम, अरनिको सम्मान चीनमा कार्यरत १. श्री चेतनाथ आचार्य रहेका थिए भने यस बर्षको विनेसाम उत्कृष्ट सदस्यमा १. श्री कल्पना पौडेल जिज्ञासु, नेपालगञ्ज रहनु भएको थियो भने विनेसाम, नेपाल शाखाको उत्कृष्ट प्रदेशमा १. लुम्बिनी प्रदेश अध्यक्ष लेकप्रसाद प्याकुरेल रहनु भएको छ ।

त्यसैगरी पुरस्कृत हुने स्रष्टाहरूमा वर्षको उत्कृष्ट पर्यावरण कविता तर्फः १. श्री किशन पौडेल, हेटौँडा प्रथम– रु १५,००० र प्रमाणपत्र प्राप्तगरे । २. श्री समीप बैरागी, रोल्पा द्वितीय – रु १०,००० र प्रमाणपत्र प्राप्त गरे । ३. श्री भारती न्यौपाने, काठमाडौँ तृतीय– रु ५,००० र प्रमाणपत्र प्राप्त गरे ।

विश्वका विभिन्न देशको सहभागिता रहको उक्त कार्यक्रममा एकै साथ १४ वटा पुस्तकहरूको सामुहिक लोकार्पण पनि गरिएको थियो । एकैसाथ लोकार्पण भएका १४ वटा पुस्तकहरू यस प्रकार रहेका छन् ।
१. विश्व नेपाली साहित्य महासङ्घको नियमित प्रकाशन “साहित्य संसार साहित्यिक वार्षिक” । २. विश्व नेपाली साहित्य महासङ्घ नेपाल शाखाको मुखपत्र “नेपाल दर्पण” । ३. विश्व नेपाली साहित्य महासङ्घ लुम्बिनी प्रदेशको मुखपत्र “लुम्बिनी दर्पण” । ४. विश्व नेपाली साहित्य महासङ्घ कर्णाली प्रदेशको मुखपत्र “कर्णाली दर्पण” । ५. विनेसामको प्रकाशन सचिव डा. मनमूर्ती भुर्तेलको कविता सङ्ग्रह “बुद्धको देशमा” । ६. विनेसामको प्रकाशन संगठन सचिव तथा नेपाल शाखाकी अध्यक्ष कल्पना पौडेल जिज्ञासुको कृति “कल्पध्वनी” । ७. विनेसामको प्रकाशन केन्द्रीय कोषाध्यक्ष डा. केबि पौडेलको “मेरो कथा” । ८. विनेसाम भारत शाखाको प्रकाशन केन्द्रीय सदस्य देविका मंग्राती राईको कृति “काव्यप्रेक्षण” । ९. विनेसामको प्रकाशन लुम्बिनी प्रदेश अध्यक्ष लेकप्रसाद प्याकुरेलको कृति “बाँकेका नारी स्रष्टा र सिर्जना” । १०. विनेसामको प्रकाशन लुम्बिनी प्रदेश कोषाध्यक्ष इन्दिरा गौतम निर्भिकको कृति “इन्दु” ११. कल्पना फाउन्डेशनको “कल्पाङ्कुर” । १२. विनेसामको प्रकाशन हिन्दी साहित्यकार डा गोकुल क्षत्रीयको हिन्दी कविता सङ्ग्रह “धूप–छांव” । १३. शिखरकवि शैलेन्द्र साकारको “साकार समय” । १४. शिखरकवि शैलेन्द्र साकारको “मनको कुनै कुना” नामक पुस्तक रहेका थिए ।

कार्यक्रम “नेपाली साहित्यको विश्वव्यापीकारण, हाम्रो अभियान” मूल नाराकासाथ आयोजना गरिएको हुनाले यो मूल विषयमा प्रा.डा. गोविन्दराज भट्टराईले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । त्यसमाथि प्रा.डा. राजकुमार क्षेत्रीले टिप्पणी राख्नु भएको थियो । त्यसैगरी अहिलेको जल्दोबल्दो विषय पर्यावरणीय समस्या रहेको हुनाले लामो समयदेखि पर्यावरण क्षेत्रमा काम गरिरहनु भएका असमका प्रा.डा. देवेन सापकोटाले पर्या कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा विभिन्न विश्वविद्यालयका उपकुलपतिहरू, प्रज्ञा–प्रतिष्ठानहरूका कुलपतिहरू, उपकुलपतिहरू, राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरका वौद्धिक व्यक्तित्वहरू, प्रतिष्ठित लेखक साहित्यकारहरू, विश्वविद्यालयहरूका विभाग प्रमुखहरू, प्राध्यापकहरू, राजदूतहरू, समाजमा प्रत्यक्ष सरोकार राख्ने चर्चित व्यक्तित्वहरू, कलाकारहरू, साहित्यकारहरू लगायतको बाक्लो उपस्थिति रहको थियो ।

कार्यक्रमलाई पाँच सत्रमा विभाजन गरिएको थियो । कार्यक्रमको दोस्रोसत्र सम्मेलनको प्रमुखसत्र थियो । यो सत्रमा कार्यपत्रहरू प्रस्तुत भएका थिए । केही सृजना वाचन र विशिष्ट मन्तव्यहरू रहेका थिए । तेस्रोसत्रमा केही मन्तव्यहरू रहेतापनि सृजना वाचन प्रमुख रहेको थियो । चौंथोसत्र बन्दसत्रको रूपमा रहेको थियो । यो सत्रमा महासङ्घ परिवारको मात्रै सहभागिता रहेको थियो । यसमा शाखाहरूले गरेको कार्य र भावी योजनाहरूको बारेमा रिपोर्टिङ भएको थियो । पाँचौ सत्रको प्रमुखता पनि केही मन्तव्य र सृजना प्रस्तुति नै रहेको थियो । यसरी २७ सेप्टेम्बरका दिन २ बजे पाँच बुँदे घोषणापत्र जारी गर्दै दुई दिने विश्व सम्मेलनको समापन भएको थियो । खानापछि अपरान्ह ३ बजे विदेशी पाहुनाहरूलाई सम्माननीय राष्ट्रपति सँग साक्षात्कार र काठमाडौको विभिन्न स्थानमा भ्रमण गराईएको थियो भने २८ सेप्टेम्बर को बिहान टाढाबाट आएका अतिथिहरूलाई विदाई गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *