१० सेप्टेम्बर २०२४/मङ्गलवार
विश्व नेपाली साहित्य महासङ्घ नेपालशाखाकी अध्यक्ष कल्पना पाैडेल “जिज्ञासु”काे अध्यक्षाता र प्रज्ञा प्रतिष्ठान वर्दघाट नगरपालिकाका कुलपति वरिष्ठ साहित्यकार डा घनश्याम परिश्रमीज्यूकाे प्रमुख आतिथ्यामा विनेसाम कास्की जिल्ला शाखा र विनेसाम गुल्मी जिल्ला शाखाकाे गठन र रचना वाचन कार्यक्रम भर्चुअल माध्यमबाट सम्पन्न भएकाे छ।
ईन्दिरा गाैतमकाे स्वागत मन्तब्य बाटसुरु भएकाे कार्यक्रममा नेपाल शाखाकी अध्यक्ष कल्पना पाैडेल “जिज्ञासु”ले मानबहादुर थापा “बुलन्द”काे अध्यक्षतामा गठित ७ सदस्यीय विनेसाम कास्की जिल्ला शाखा र रामजी प्रसाद ढकालकाे अध्यक्षतामा गठित ११ सदस्यीय विनेसाम गुल्मी जिल्ला शाखा घाेषणा गर्नु भएकाे थियाे । नवगठित समितिलाई बधाइ तथा शुभकामना व्यक्त गर्नुभएकाे थियाे। संस्कृत विश्व विद्यालय दाङका उपकुलपति प्रा डा भीम खतिवडाज्यूको विशेष उपस्थिति र केन्द्रिय समितिका अध्यक्ष, उपाध्यक्ष, महासचिव, काेषाध्यक्ष र सदस्यहरु जोदिनुभाएको थियो । साथै प्रदेश र जिल्ला शाखाहरूको उपस्थिति रहेकाे उक्त कार्यक्रममा विनेसाम केन्द्रीय महासचिव सुनिता राई कन्दङ्वा, विनेसनाम नेपाल शाखाका सल्लाहकार ऋषिराम सापकोटा ‘अविरल’ विश्व केन्द्रीय समिति अध्यक्ष सुरेन्द्र लिम्बू परदेशी र प्रमुख अतिथि डा घनश्याम परिश्रमी ले नव गठित शाखाहरुलाई बधाई तथा सफल कार्यकालकाे शुभकामना दिनुभएको थियाे। केन्द्रीय अध्यक्ष सुरेन्द्र लिम्बू परदेशी ले विनेसाम ले अायाेजना गरेकाे २०८१कार्तिक १० र ११ गते काठमान्डौ मा हुने विश्व साहित्य. सम्मेलनमा सवै शाखाहरु लाई निमन्त्रणा गर्दै कार्यक्रम लाई भव्य र सभ्य बनाउनकाे लगि सबै शाखाहरुले तन मन र धनले सहयाेग गर्न अाह्वान गर्नु भएकाे थियाे।
नेपाल शाखाका सदस्य तथा लुम्बिनी प्रदेश अध्यक्ष लेक प्रसाद प्याकुरेल ले संचालन गरकाे कार्यक्रममा रविन ढकाल,चमेली ज्ञवाली,शिशिर पराजुली,देविका मग्रान्ती ,हितेश पाैडेल,गिता पाैडेल, रामजी ढकाल लगायत एक दर्जन भन्दा बढि साहित्कारहरुले गीत र रचना वाचन गर्नु भएकाे थियाे भने दुई दर्जन भन्दा बढीको उपस्थिति रहेको थियो | नेपाल शाखाकी अध्यक्ष “जिज्ञासु” ले कास्की जिल्ला गठन भएकोमा विनेसाम गण्डकी प्रदेशका अध्यक्ष प्रकाश अधिकारी र गुल्मी जिल्ला गठन भएकोमा विनेसाम लुम्बिनी प्रदेश अध्यक्ष लेक प्रसाद प्याकुरेललाई बधाई तथा धन्यवाद व्यक्त गर्दै नेपालमा हुन गईरहेकाे विश्व साहित्य सम्मेलन लाई भव्यताका साथ सफल बनाउनको लागि समन्वय गर्न नेपाल शाखा,प्रदेश शाखा र जिल्ला हरुकाे सहभागिता सहित नैतिक भौतिक र आर्थिक रुपले सहयोगमा जुट्न सबै शाखा हरुलाई आव्हान गर्दै कार्यक्रम समापन भएकाे थियाे।
नव गठित विनेसाम गुल्मी जिल्ला कार्य समिति
अध्यक्ष- रामजी प्रसाद ढकाल
उपाध्यक्ष- चमेली ज्ञवाली
सचिव-गाेविन्द गाैतम
सहसचिव- भूमिश्वर ढकाल
काेषाध्यक्ष- विमला शर्मा
सदस्य-कमला अर्याल
सदस्य- सरस्वती गाैतम
सदस्य- नवराज ढकाल
सदस्य- गाेपाल पराजुली
सदस्य -रविन ढकाल
सदस्य – काशीनाथ ज्ञवाली “मिश्रीत”
नवगठित विनेसाम कास्की जिल्ला समिति;
अध्यक्ष- मानबहादुर थापा “बुलन्द”
उपाध्यक्ष – देशभक्त सिंह कुँवर
सचिव- राजेन्द्र पाठक
काेषाध्यक्ष- प्रतीक्षा पाैडेल
सदस्य-कमला सापकाेटा
सदस्य -गिता लम्साल पाैडेल