२९ असार २०८१ तदनुसार 13 जुलाई 2024 का दिन विनेसामको १५औँ स्थापना दिवस तथा भानुजयन्ती भव्य भर्चुअल कार्यक्रममा सम्पन्न भएको छ । विश्वका विभिन्न देशका लब्धप्रतिष्ठित व्यक्तित्वहरूको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रमका अधिकांश वक्ताहरूले भानुभक्तको योगदानको प्रशंसा गर्नु भएको थियो । कार्यक्रममा नेपाली साहित्यका सुदूर साधक शिखर व्यक्तित्व ६६ वर्षदेखि लगातार रूपमा त्रिभुवन विश्वविद्यालयमा बसाइँ उपन्यास मार्फत पढिदै आउनु भएका पद्मश्री लीलबहादुर क्षत्री प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो । वहाँले आफ्नो मन्तव्यमा विश्व नेपाली साहित्य महासङ्घको साहित्यिक कार्यको प्रशंसा गर्दै भारतमा भानुजयन्ती मनाउने परम्परा स्थापित गर्नमा आफ्नो पनि महत्वपूर्ण भूमिका रहेको स्मरण गर्नु भयो ।
कार्यक्रममा विभिन्न विश्वविद्यालयका कुलपति, उपकुलपति, विभाग प्रमुख, प्राध्यापकहरू, विभिन्न देशका महामहिम राजदूतहरू, कुटनीतिक नियोगका पदाधिकारीहरू, साहित्यिक हस्तीहरू लगायतको बाक्लो उपस्थिति रहेको थियो । महत्वपूर्ण मन्तव्य र दर्जन बढी सृजनाहरू प्रस्तुत भएको उक्त कार्यक्रममा विशिष्ट अतिथिहरू रहनु भएको थियो @प्रा.डा. गङ्गाप्रसाद प्रसाईँ, कुलपति त्रिपुरा विश्वविद्यालय भारत @प्रा.डा. यादवप्रकाश लामिछाने, उपकुलपति, नेपाल संस्कृत विश्वविद्यालय, दाङ @डा. शंकरदेव ढकाल, अध्यक्ष भारतीय साहित्य एकाडेमी परामर्श समिति @श्री मीलनराज तुलाधर, महामहिम नेपाली राजदूत, रसिया @श्री हरिशचन्द्र घिमिरे, महामहिम नेपाली राजदूत, म्यान्मार @श्री भीम उदास, पूर्वराजदूत, काठमाडौँ @प्रा.डा. भीम खतिवडा, शिक्षाध्यक्ष नेपाल संस्कृत विश्वविद्यालय, दाङ @प्रा.डा. गोविन्दराज भट्टराई, वरिष्ठ लेखक समालोचक, काठमाडौं @प्रा.डा. दिवाकर प्रधान, अध्यक्ष भारतीय भाषा विभाग काशी हिन्दू विश्वविद्यालय, भारत @प्रा.डा. भरत भट्टराई, नेपाली विभाग, त्रिभुवन विश्वविद्यालय, काठमाडौँ @प्रा.डा. मेघनाथ क्षेत्री, सोनादा डिग्री कलेज, भारत @प्रा.डा. गोविन्दमान सिंह कार्की, विभाग प्रमुख त्रिचन्द्र क्याम्पस, काठमाडौं @प्रा.डा. शैलेन्दुप्रकाश नेपाल, विभाग प्रमुख पद्मकन्या क्याम्पस, काठमाडौं @प्रा.डा. राजकुमार क्षेत्री, दार्जीलिङ गभर्मेन्ट कलेज, भारत @प्रा.डा. कृष्णप्रसाद धिमिरे, लुम्बिनी प्रविधिक विश्वविद्यालय @प्रा.डा. नलीन रञ्जन सिंह, केकेसि कलेज, लखनऊ, भारत, @प्रा.डा. प्रविन कार्की, गौराङ्गा विश्वविद्यालय, भारत @प्राज्ञ सनतकुमार रेग्मी, पूर्वसदस्यसचिव नेपाल प्रज्ञा-प्रतिष्ठान, काठमाडौँ @प्राज्ञ कविता आले, काठमाडौँ, चर्चित गायिका तथा अभिनेत्री, काठमाडौं @प्राज्ञ महानन्द ढकाल, नेपाल प्रज्ञा-प्रतिष्ठान @प्राज्ञ शशीराम कार्की, नेपाल प्रज्ञा-प्रतिष्ठान @प्राज्ञ हरिप्रसाद तिमल्सिना, नेपाल प्रज्ञा-प्रतिष्ठान @डा. गोकुल सिन्हा, दार्जीलिङ, भारत (भानुभक्तमा विद्यावारिधि) @डा. घनश्याम परिश्रमी, कुलपति बर्दघाट प्रज्ञा-प्रतिष्ठान, नेपाल @श्री अशेष मल्ल, वरिष्ठ साहित्यकार तथा रङ्गकर्मी, काठमाडौं @श्री देश सुब्बा, दार्शनिक, चिन्तक तथा वरिष्ठ लेखक, हङकङ @श्री कृष्ण धरावासी, वरिष्ठ साहित्यकार @श्री मोमिला जोशी, सशक्त नारी हस्ताक्षर, साहित्यकार, काठमाडौं @श्री शैलेन्द्र साकार, शिखरकवि, काठमाडौँ @श्री प्रभा भट्टराई, भानुभक्तका पनातिनी, @श्री कुन्ता शर्मा, वरिष्ठ साहित्यकार, धरान, नेपाल @श्री अशोक रोका, वरिष्ठ साहित्यकार, डुवर्स, भारत @श्री मणिकुमार प्रधान, सिलिगुडी, भारत @श्री गीता भण्डारी, अध्यक्ष साहित्यिक चौतारी नेपाल @श्री रमन गुरुङ, अध्यक्ष हङकङ साझा शृङ्खला @श्री विमला तुम्खेवा, अध्यक्ष सन्चारिका समूह नेपाल @श्री कर्ण गुरुङ, अध्यक्ष, ग्लोबल भुटनीज लिटरेरी अर्गनाइजेसन ।
त्यसैगरी अतिथिहरूमा @डा. ज्ञानु अधिकारी, साहित्यकार, समालोचक, काठमाडौं @डा. सोमबहादुर धिमाल, साँस्कृतिक अभियन्ता, काठमाडौं @श्री प्रदिप परियार थापा, वरिष्ठ पत्रकार @श्री दिपा लिम्बू राई, लेखक, साहित्यकार @श्री रत्ननिधि रेग्मी शुक्राचार्य, अध्येता, अनुसन्धाता @डा. देवेन सापकोटा, पर्या-साहित्यकार, असम @श्री चेतनाथ आचार्य, अरनिको सम्बन्धी अध्येता, लेखक तथा वरिष्ठ संचारकर्मी @डा. बिष्णुमाया परियार, सामाजिक अभियन्ता @श्री केशव विक्रम खड्का “तथागत” @श्री डम्बर पहाडी ‘एलाक’, निवृत्त उपप्राध्यापक त्रि.वि. तथा कवि @श्री गोविन्द शर्मा @डा. नारद पोख्रेल, लेखक तथा समाजसेवी @श्री ज्ञान उदास, वरिष्ठ साहित्यकार @श्री चिनीमाया माझी, सामाजिक अभियन्ता तथा नेपाल माझी उत्थान सङ्घकी केन्द्रीय अध्यक्ष, @श्री पुष्पमणि प्रधान, अध्यक्ष प्रगतिशील लेखक सङ्घ, बाँके @श्री खगेन्द्र गिरी कोपिला, अध्यक्ष सर्वदा साहित्य सङ्गम @श्री पंकज श्रेष्ठ, अध्यक्ष प्रगतिशील लेखक सङ्घ, लुम्बिनी प्रदेश, @डा. किङ गुनु घर्ती, वरिष्ठ साहित्यकार, मिजोरम, भारत @श्री दीपक पन्त, सचिव, नेपाली साहित्य समिति, मणिपुर @डा. विनोद रसाइली, सचिव गोर्खा जनपुस्तकालय, खर्साङ, भारत @श्री निलिमा आचार्य, वरिष्ठ साहित्यकार, असम, भारत @डा. विदुप्रकाश कायस्थ, सम्पदा अभियन्ता तथा लेखक, काठमाडौँ @श्री किशन प्रधान, वरिष्ठ साहित्यकार, नागरी, दार्जीलिङ, भारत @डा. समर सिन्हा, सिक्किम विश्वविद्यालय, भारत @श्री हेमन्त काफ्ले, सिलिगुडी, भारत @श्री समीर शर्मा, सिलिगुडी, भारत @डा. देवेन्द्र केसी, लेखक, गीतकार, काठमाडौँ @श्री छत्र छाजेड, हिन्दी कवि, अनुवादक, दिल्ली @श्री अश्विनी कोइराला, साहित्यपोष्ट @श्री निर्मला कुँवर, रेडियो नेपाल धनकुटा आदि रहनु भएकोथियो । त्यसैगरी संरक्षक सदस्यहरूमा @श्री सुरेन्द्र इङ्नाम @श्री बिश्वासदीप तिगेला @श्री बोज बराल @डा. मधु माधुर्य @श्री विजय हितान @रीतादेवी प्रधान । यसैगरी महासङ्घका आजीवन सदस्यहरूको पनि बाक्लो उपस्थिति रहेको थियो ।
महासङ्घको वरिष्ठ उपाध्यक्ष डा लेखनाथ काफ्लेको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रमको सञ्चालन केन्द्रीय सदस्य देविका मंग्राती राईले सिलिगुडी भारतबाट गर्नु भएको थियो । प्रविधिमा महासङ्घका उपाध्यक्ष डेन्जोम साम्पाङ अमेरिका र सचिव डा मनमूर्ति भुर्तेल रसिया रहनु भएको थियो । कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै आफ्नो सारगर्भित मन्तव्य र सृजनाका साथ कार्यक्रमको सभापति तथा विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिका अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीले कार्यक्रमको समापन गर्नु भएको थियो ।