कुशे औँसी तथा मोतीजयन्ती भव्य रुपमा सम्पन्न

१४ सेप्टेम्बर २०२३,

विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिद्वारा आयोजित ”मोतीजयन्ती तथा सिर्जना वाचन” कार्यक्रम आज १४ सेप्टेम्बर २०२३/बिहीवार भर्चुअल भव्य रुपमा सम्पन्न भयो ।

कुशे औँसी बुवाको मुख हेर्ने दिन तथा युवाकवि मोतीराम भट्टको १५८औँ जन्मजयन्तीको अवसरमा आयोजित सिर्जनात्मक सभामा स्वदेश तथा विदेशबाट मनग्गे स्रष्टा/सर्जकहरूको उपस्थिति रहेको थियो ।

विनेसाम केन्द्रीय सङ्गठ सचिव तथा नेपाल शाखाकी अध्यक्ष कलपना पौडेल जिज्ञासुको मिठो स्वागत मन्तव्यसँगै गति लिएको कार्यक्रमका सभापति विनेसाम केन्द्रीय उपाध्यक्ष विजय हितानज्यू, प्रमुख अतिथि लीलाबोधि चिन्तक तथा वरिष्ठ साहित्यकार श्री कृष्ण धरावासीज्यू (अमेरिका) साथै विशिष्ट अतिथिज्यूहरू..नेपाल प्रज्ञाप्रतिष्ठानका प्राज्ञ सदस्य श्री शशिराम कार्कीज्यू (नेपालगन्ज), नेपाल प्रज्ञाप्रतिष्ठानका प्राज्ञ सदस्य महानन्द ढकालज्यू, पूर्व उपप्राध्यापक त्रिवि तथा एलाक प्रवर्तक श्री डम्बर पहाडी ‘एलाक’ज्यू (काठमाण्डौ), हिन्दी साहित्यकार डा गोकुल क्षेत्रीयज्यू (गुजरात/भारत) अतिथिज्यूहरू साहित्यकार किरण आचार्य (बाँके), समाजसेवी रत्न बज्र लामाज्यू (बौद्ध काठमाण्डौ) लगायत विनेसाम केन्द्रीय पदाधिकारीज्यूहरू, विभिन्न शाखा-उपशाखाहरूबाट उपस्थिति हुनुभएका पदाधिकारीज्यूहरू, आजीवन सदस्यज्यूहरू साथै थुप्रै अतिथि स्रष्टा/सर्जकको प्रत्यक्ष उपस्थितिमा कार्यक्रम मोतिमय, सिर्जनामय बन्यो ।

मन्तव्य : विशिष्ट अतिथि नेपाल प्रज्ञाप्रतिष्ठान प्राज्ञ सदस्य महानन्द ढकालज्यू, विशिष्ट अतिथि पूर्व उपप्राध्यापक त्रिवि तथा एलाक प्रवर्तक श्री डम्बर पहाडी ‘एलाक’ज्यू, हिन्दी साहित्यकार डा गोकुल क्षेत्रीयज्यू, साहित्यकार किरण आचार्यज्यू, समाजसेवी रत्न बज्र लामाज्यू, ऋषिराम सापकोटाज्यू आदिले सारगर्भित मन्तव्य राख्नुभयो साथै रेणु घिमिरे, सुधा मिश्र, दीप पन्थी, लक्ष्मी प्रसाद मिश्र, इन्दिरा गौतम, कृष्ण प्रसाद गौतम, चन्द्रावती अधिकारी, देविका मंग्राती राई, रीतादेवी प्रधान, अरुणा शर्मा, कल्पना पौडेल जिज्ञासु आदिले कविता, गजल, मुक्तक, गीत, तीज गीत वाचन गर्नुभएको थियो ।

महत्वपूर्ण मन्तव्य : कार्यक्रमको उत्तर्राधामा प्रमुख अतिथि लिलाबोधि चिन्तक तथा वरिष्ठ साहित्यकार श्री कृष्ण धरावासीज्यूले निकै महत्वपूर्ण मन्तव्य राख्नुभयो । नेपाली साहित्यमा दुई व्यक्ति बदामका खोल भित्रका दाना जस्ता छन् जसलाई छुट्याउन मिल्दैन । ती दुईजना भानुभक्त आचार्य र मोतीराम भट्ट हुन् । यदि मोतीराम नभएको भए भानुभक्तलाई भेट्न/चिन्न अझै धेरै कुर्नुपर्थ्यो होला र यदि भानुभक्त नभएको भए मोतीराम भेटिदैन थियो होला । यी दुईताको अन्तरसम्बन्ध छ । तीस वर्षको छोटो उमेरमा युवाकवि मोतीराम भट्टले गर्नुभएको युगिन कार्यको चर्चा गर्दै मान्छेलाई परिपक्क हुनै अठार वर्ष लाग्छ यसरी हेर्दा जम्माजम्मी बाह्र वर्षमा मोतीरामले यति महान कार्य भ्याउनु भयो । यसबाट हामीले सिक्नैपर्ने कुराहरू थुप्रै छन् । स्पष्ट लक्ष्य र योजनालाई आत्मसात् गर्नसके ती गन्तव्यमा पुग्न सकिने सुन्दर धारणा राख्नुभयो ।

अन्त्यमा : विश्व नेपाली साहित्य महासङ्घद्वारा आयोजित ”मोतीजयन्ती र सिर्जना वाचन” कार्यक्रममा करिब तीन दर्जनबढी साहित्यिक मनहरूको उपस्थिति रहेको थियो । थुप्रैले मिठो/सुन्दर रचनाहरू पस्कनु भयो । मोतीराम भट्टको १५८औँ जन्मजयन्ती तथा तथा कुशे औँसी पितृ दिवस अर्थात् बुवाको मुख हेर्ने दिन साथै हरितालिका तीजको पनि शुभकामना आदानप्रदान भयो । कार्यक्रमको संचालन संस्थाका सचिव डा मनमुर्ति भुर्तेलले गर्नु भएको थियो भने आजको कार्यक्रममा उपस्थिति हुनुभएका प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यूहरू, अतिथिज्यूहरू, प्रत्यक्ष उपस्थिति स्रष्टा/सर्जक, विनेसाम केन्द्रीय सल्लाहकारज्यू/पदाधिकारीज्यूहरू, शाखाहरू, उपशाखाहरू तथा आजीवन सदसज्यूहरू साथै आजको कार्यक्रमलाई भव्य रुपमा सफल बनाउन प्रत्यक्ष/अप्रत्यक्ष रुपमा साथ/सहयोग गर्नुहुने सम्पूर्णप्रति हार्दिक आभार व्यक्त गर्दै विनेसाम केन्द्रीय उपाध्यक्ष तथा आजका कार्यक्रमका सभापति विजय हितानले विधिवतरुपमा कार्यक्रमको समापन गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *