२५६७औँ बुद्ध जयन्ती तथा सम्मान कार्यक्रम सम्पन्न

०५ मे २०२३

विश्व नेपाली सहित्य महासङ्घ नेपाल शाखाद्वारा आयोजित २५६७औँ बुद्ध जयन्तिको अवसरमा ”सम्मान समर्पण तथा सिर्जना वाचन र संवाद” विशेष कार्यक्रम भर्चुअल्ली भव्य रुपमा सम्पन्न भएको छ ।

विनेसाम नेपाल शाखाका अध्यक्ष कल्पना पाैडेल ‘जिज्ञासु, काे अध्यक्षता, विनेसाम केन्द्रीय अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीज्यूको प्रमुख आतिथ्य तथा विशिष्ट अतिथिज्यूहरू बुद्ध दर्शनमा विद्यावारिधि गर्नुभएका कार्यक्रमका प्रमुख वक्ता : प्रा डा मेगि लामाज्यू, कुलपति (बर्दघाट) डा घनश्याम परिश्रमीज्यू, शिखर कवि शैलेन्द्र साकारज्यू, गजल माली ज्ञानुवाकर पाैडेलज्यू, गोविन्द प्रसाद गौतमज्यूको उपस्थितमा भर्चुअल माध्यमबाट सम्पन्न गरिएको हो ।

विनेसाम नेपाल शाखाकी उपाध्यक्ष सीता बिस्ट कार्कीको मिठो स्वागत मन्तव्य सँगै गति लिएको कार्यक्रमका समन्धमा संस्थाका सल्लाहकर ऋषिराम सापकोटाले छोटकरीमा उदेश्य बारे मन्तव्य राख्नु । पश्चात् सम्मानित तीन स्रष्टा बारे संक्षिप्त परिचय विनेसाम केन्द्रीय महासचिव सुनिता राई कन्दङ्ले प्रस्तुत गर्नुभयो ।

  • श्री दीपा एवाई राई : लामो समयदेखि हङकङमा रहेर नेपाली भाषा साहित्यको सेवा गर्दै, आजभन्दा १७ वर्ष अगाडि नेपाली साहित्यमा समुच्च विचार नामक नयाँ चिन्तन पेश गर्नुहुने कवि लेखक चिन्तक श्री दीपा एवाई राईज्यूलाई आज विनेसाम साहित्यभूषण सम्मान समर्पण गरिएको छ ।
  • श्री शारिक रब्बानी : भारतका सक्रिय साहित्यकार नेपाली साहित्यलाई अत्यन्तै माया गर्नु हुने थुप्रै संघसंस्था र पुस्तकहरुका सर्जक श्री शारिक रब्बानीज्यूलाई पनि आज विनेसाम साहित्यज्योति सम्मान समर्पण गरिएको छ । शारिक रब्बानी – अध्यक्ष – भारतीय सांस्कृतिक सहयोग एवम् मैत्री संघ उत्तर प्रदेश ।
  • श्री रक्षा राई : बेलायतमा रहेर लामो समयदेखि नेपाली भाषा साहित्यको सेवा गर्दै थुप्रै पुस्तकहरु लेख्नु हुने लेखक कवि युद्ध साहित्यका प्रस्तावक श्री रक्ष राईज्यूलाई आज विनेसाम सिर्जना सम्मान समर्पण गरिएको छ ।

र, यसपछि लगतै जुम भर्चुअलमा स्क्रिन साझा गरि सम्मानित व्यक्तिहरूको सम्मानपत्र प्रतुस्त गरि उक्त सम्मानपत्रमा लिखित सम्मान शब्द ससम्मान कार्यक्रमका प्रमुख अतिथि सुरेन्द्र लिम्बू परदेशीज्यूले पढ्नु भयो ।

‘सम्मान समर्पण तथा सिर्जना वाचन र संवाद’ विशेष कार्यक्रममा केही सिर्जनाहरू वाचित भए । विनेसाम नेपाल शाखाका सल्लाहकार मणिराज सिंह, महेश खरेल, सुधा मिश्र, गोपाल मैनाली, चुँडा निर्भिक आदिको सुन्दर सिर्जना प्रस्तुति पछि कार्यक्रमका प्रमुख वक्ता प्रा डा (बुद्ध दर्शनमा विद्यावारिधि) मेगी लामाज्यूद्वारा जीवन, जगत र बौद्ध धर्म दर्शन ज्ञान/मार्ग बारे अत्यन्तै महत्वपूर्ण सारगर्भित मव्तव्य राख्नु भयो । यसपश्चात् जनार्दन अधिकारी ‘धड्कन’, नन्दीकिशोर ढकाल, घनश्याम पौडेल, चन्द्रावती अधिकारी, देविका मंग्राती राई, बिदुर अधिकारी, सुरेश पाण्डे आदिले सिर्जना प्रस्तुत गर्नु भयो । विनेसमा केन्द्रीय उपाध्यक्षबाट शुभकामना मन्तव्य भयो । आजका कार्यक्रममा प्रमुख अतिथि विनेसाम केन्द्रीय अध्यक्ष श्री सुरेन्द्र लिम्बू परदेशीज्यूबाट सुन्दर शुभकामना साथै एक सिर्जना पनि प्रस्तुत गर्नु भयो ।

आजको कार्यक्रममा उपस्थिति;
१) सभापति : कल्पना पौडेल जिज्ञासु (नेपालगञ्जा)
२) प्रमुख अतिथि : सुरेन्द्र लिम्बू परदेशी (भारत)
३) प्रमुख वक्ता प्रा डा मेगी लामा (सिक्किम)

विशिष्ट अतिथिज्यूहरू..
४) डा घनश्याम परिश्रमी (बर्दघाट)
५) शिखर कवि शैलेन्द्र साकार
६) शैलेन्द्र साकार (काठमाण्डौ)
७) ज्ञानुवाकर पाैडेल (काठमाण्डौ)
८) गोविन्द प्रसाद गौतम (मस्को/रसिया)
९) सुनिताराई कन्दङ्वा (इजरायल)

अतिथिज्यूहरू..
१०) दीपा एवाई राई (हङकङ)
११) शारिक रब्बानी (भारत)
१२) रक्षा राई (बेलायत)

उपस्थिति…
१३) ऋषिराम सापकोटा (नेपालगञ्ज)
१४) मणिराज सिंह (काठमाण्डु)
१५) सीता बिस्ट काकरी (काठमाण्डु)
१६) लेक प्याकुरेल (लुम्बिनी)
१७) जनार्दन अधिकारी ‘धड्कन’ (काठमाण्डु)
१८) महेशराज खरेल (कोटेश्वर/काठमाण्डु)
१९) निर्भिक चुँडा (काठमान्डू)
२०) गोपाल कुमार मैनाली ।
२१) देविका मंग्राती राई सिलगडी/भारत)
२२) भीम विरही राई (धरान/सुनसरी)
२३) बिदुर अधिकारी ।
२४) सुरेश कुमार पाण्डे ।
२५) घनश्याम पौडेल (पोखरा)
२६) नन्दीकिशोर ढकाल (अध्यक्ष-विनेसाम रुपन्देही)
२७) दीपा नेपाल ।
२८) चन्द्रावती अधिकारी ।
२९) सुधा मिश्र ।
३०) शातादा ।

विश्व नेपाली सहित्य महासङ्घ नेपाल शाखाद्वारा आयोजित २५६७औँ बुद्ध जयन्तिको अवसरमा ”सम्मान समर्पण तथा सिर्जना वाचन र संवाद” विशेष कार्यक्रमको लुम्बिनी प्रदेशका अध्यक्ष तथा नेपाल शाखाका सदस्य लेकप्रसाद प्याकुरेलले संचालन गर्नुभयो । आजको यस विशेष कार्यक्रमलाई भव्य रुपमा सफल बनाउन उपस्थित प्रमुख अतिथि श्री सुरेन्द्र लिम्बू परदेशीज्यू, प्रमुख वक्ता प्रा डा मेगी लामाज्यू, विशिष्ट अतिथिज्यूहरू, अतिथिज्यूहरू, केन्द्र र शाखाहरूबाट उपस्थित पदाधिकारीहरू सबैसबैप्रति आभार व्यक्त गर्दै कार्यक्रमकी सभापति विनेसाम नेपाल शाखाकी अध्यक्ष कल्पना पौडेल जिज्ञासुले औपचारिक कार्यक्रमको समापन गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *