कृति समिक्षा तथा सिर्जना वाचन सम्पन्न

मिती २०७९/०९/३० मा विश्व नेपाली साहित्य महासङ्घ, नेपाल शाखाको आयोजनामा कृति समिक्षा तथा सिर्जना वाचन कार्यक्रम विनेसाम नेपाल शाखाकी अध्यक्ष कल्पना पौडेल “जिज्ञासु”को अध्यक्षतामा र विनेसाम विश्व केन्द्रीय समितिका अध्यक्ष श्री सुरेन्द्र लिम्बू परदेशीज्यूको प्रमुख आतिथ्यमा भर्चुअल जुमबाट सभ्य तथा भव्य रुपमा सम्पन्न भयो I

विनेसाम नेपाल शाखाकी महासचिव श्री अम्बिका याम्फु” अनमोल”ज्यूले औपचारीक रुपमा कार्यक्रम सञ्चालन गर्नु भएको उक्त कार्यक्रममा नेपाल शाखाकी वरिष्ठ उपाध्यक्ष श्री केशु पोखरेल खनालज्यूले उपस्थित सम्पूर्णलाई सुन्दर मिठामिठा शब्दहरूको पुष्पा रुपी गुच्छाहरूले स्वागत गर्नु भएको थियो।

कृति समिक्षा
खरसाड; भारतका कवि तथा साहित्यकार श्री देविका मंग्राती राईज्यूद्वारा लिखित कविता सङ्ग्रह “फागुन ! तिमी फर्किआउनू” “को समिक्षाक विनेसाम केन्द्रिय समितिकी महासचिव श्री सुनिता राई कन्दङ्वाज्यूले अत्यन्तै सूक्ष्म अध्ययन गरि राम्रो समिक्षा गर्नु भएको थियो । गहनरुपमा गर्नु भएको उक्त कविता सङ्ग्रह देश, समाज, संस्कृति, हिंसा, प्रेम, समर्पण, विभेद, पर्यावरण र आमाको अपार ममता विशेष रुपमा झल्किएको निकै शसक्त कविताहरू समेटिएको साहित्यको एउटा सुन्दर र पाठन योग्य कविता सङ्ग्रह भन्नु भएको थियो ।

खरसाड; भारतको कवि साहित्यकार श्री देविका मंग्राती राई ज्युले आफ्नो कृतिको समिक्षकलाई राम्रो नराम्रो सबै कुराको टिपोट गर्नु भएको सेतोलाई सेतो र कालोलाई कालै भन्दिनु भए भविश्यमा आफूलाई सुधार गर्न सकिने कुरा राख्दै समिक्षक र विनेसाम नेपाल शाखालाई धन्यवाद दिदै मिठो मन्तव्य दिनु भएको थियो ।

प्रमुख अतिथि श्री सुरेन्द्र लिम्बू परदेशीज्यूले नयाँ तरिकाबाट निकै राम्रो समिक्षा गर्नु भएको छ भन्नुहुँदै समिक्षक, कृतिकार र विनेसाम नेपाल शाखालाई निरन्तर साहित्यक गतिविधि गर्दै आइरहेकोमा बधाई तथा शुभकामना दिनु भयो आफ्नो मन्तव्य राख्ने क्रममा।

विशिष्ट अतिथि विनेसाम विश्व केन्द्रिय उपाध्यक्ष श्री गोविन्द प्रसाद गौतमाज्यूले छोटोमिठो शुभकामना मन्तव्य दिनु भएको थियो भने कार्यक्रमका विशिष्ट अतिथि प्रा.डा. गोविन्दमानसिंह कार्कीज्यूले म यो विनेसामको साहित्यिक कार्यक्रममा अनवरत रुपमा जोडिएको छु भविश्यमा पनि जोडिने छु । विनेसाम केन्द्र र नेपालको महासचिवको कृति पनि समिक्षा गरि सकेको भन्नु हुन्दै विनेसाम विश्व केन्द्रिय समिति र नेपाल शाखाले आफु मात्र हैन वरिपरी रहेका भर्खर लेख्न सुरु गरेकाहरूलाई पनि ठूलो प्रेरण दिनु भएको छ । यो निकै प्रशंसनीय कार्य हो भन्नु भयो I यिनै सहभागिता र संस्थाको सक्रिय साहित्यिक गतिविधिहरूबाट प्रभावित भै एउटा कविता लेखेको छु भन्दै सुन्दर कविता सुनाउनु भएको थियो ।

रचना वाचन :
अतिथिज्यूहरू :- विनेसाम मदेश प्रदेस शाखा सदस्य श्री प्रेमकुमार घिमिरेज्यूले कविता, किरात राई लेखक सङ्घको अध्यक्ष श्री बालीराज खम्बुज्यूले कविता, श्री मोहन गौतमज्यूले गजल, श्री भीम विराही राईज्यूले कविता, श्री चन्द्रवाती अधिकारी कोहलपूर, श्री रजनी शर्मा पोखरा, श्री नानु राना थापा युके, श्री बाबुराम आचार्य ७ न: प्रदेश, श्री सीता बिष्ट कार्कीले ,रचना वाचन गर्नु भएको थियो भने विनेसाम नेपाल शाखाका सल्लाहकार श्री ऋषिराम सापकोटा, केन्द्रीय सहसचिव डा. नाज सिंह, लुम्बिनी शाखा उपाध्यक्ष श्री चरित्र शाह, श्री इन्दिरा गौतमा, श्री मञ्जुला तामाङ आदि , अन्य साहित्यानुरागीहरूको निकै बाक्लो उपस्थिति रहेको थियो ।

विश्व नेपाली साहित्य महासङ्घ, नेपाल शाखाले नेपाली साहित्यको विकास, उन्नयनमा सकेको टेवा पुर्याउन विभिन्न साहित्यिक कार्यक्रम तथा सष्ट्राहरूको रचना वाचन, कृति समिक्षा आदि कार्य गर्न पाएकोमा आफु अत्यन्त हर्षित भएको कुरा व्यक्त गर्दै अध्यक्ष जिज्ञासुज्यूले उपस्थित सम्पूर्णलाई बधाई, शुभकामना तथा धन्यवाद व्यक्त गर्दै कार्यक्रमको समापन गर्नुभयो I

Leave a Reply

Your email address will not be published.