महासङ्घद्वारा विश्व स्तरीय लघुकथा प्रतियोगिताका विजयीहरु घोषणा

११ जुलाई २०२२,

विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिद्वारा आयोजित ”पुरस्कार अर्पण तथा सिर्जना वाचन” कार्यक्रम आज ११ जुलाई २०२२ (सोमवार) भर्चुअल्ली भव्य रुपमा सम्पन्न भयो।

विनेसाम केन्द्रीय अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीको सभापतित्व तथा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा नेत्र एटमज्यूको प्रमुख आतिथ्य साथै विशिष्ट अतिथिज्यूहरु..सामाजिक अभियन्ता डा सोमबहादुर धिमालज्यू, चर्चित लोक गायिका तथा अभिनेत्री प्राज्ञ कविता आलेज्यू, गजलमा विद्यावारिधि गर्नु भएका डा घनश्याम परिश्रमीज्यू, अन्तर्राष्ट्रिय परदेशी साहित्यिक समूहको उपाध्यक्ष तथा परदेशी बिम्बहरु साहित्यिक वार्षिकका प्रधान सम्पादक श्री भीम विरही राईज्यूको प्रत्यक्ष उपस्थितिमा आजको कार्यक्रम विशेष बन्यो ।

विनेसाम केन्द्रीय उपाध्यक्ष साहित्यकार तथा समासेवी श्रीमती सावित्रा लुइँटेल घिमिरेको स्मृतिमा गतसाल सन् २०२१ मा ‘विश्व स्तरीय लघुकथा’ प्रतियोगिता आयोजना गरिएको थियो । उक्त प्रतियोगिताको नतिजा हिजो १० जुलाई २०२२ को दिन सार्वजनिक गरि आज ११ तारिक भर्चुअल कार्यक्रमको आयोजना गरि प्रतियोगितामा विजयीहरुलाई पुरस्कार राशि तथा प्रमाणपत्र अर्पण गर्ने कार्य सम्पन्न गरियो ।

कार्यक्रममा केन्द्रीय पदाधिकारीहरु, आजीवन सदस्यहरु, विनेसाम शाखाहरु, प्रदेशहरु र जिल्लाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । विनेसाम केन्द्रीय सदस्य तथा नेपाल शाखाकी अध्यक्ष कल्पना पौडेल जिज्ञासुको स्वागत मन्तव्य लगत्तै आजको कार्यक्रमका सभापति तथा संस्थाका अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीबाट विजयीहरुको नाम घोषणा भयो ।
स्व: सावित्रा लुइँटेल घिमिरे स्मृति विश्व स्तरीय लघुकथा प्रतियोगितामा सहभागी सबैलाई सबै ठाउँबाट समेट्ने हेतुले यसपटक विजेताहरू महादेशवाइज छानिएका थिए । पाँच महादेशहरु…एसिया, युरोप, प्रशान्त महासागर, अमेरिका र मध्यपूर्व अफ्रिकाबाट थिए ।
सन् २०२१ मा आयोजित विश्व स्तरीय लघुकथा प्रतियोगितामा विजयीहरु…

  • प्रथम : तारानाथ पराजुली (एसिया)
  • द्धितीय : भरतकुमार श्रेष्ठ ‘विवस’ (युरोप)
  • तृतीय : म्यामराज राई (प्रशान्त महासागर)
  • चौंथो : कृष्ण कुसुम (अमेरिका)
  • पाँचौँ : सिन्धु पौडेल (मध्यपूर्व अफ्रिका)

विजयीहरुलाई पुरस्कार राशि तथा प्रमाणपत्र …
प्रथम : रु, २०,०००/ + प्रमाणपत्र ।
द्धितीय : रु, १०,०००/ + प्रमाणपत्र ।
तृतीय : रु, १०,०००/ + प्रमाणपत्र ।
चौंथो : रु, १०,०००/ + प्रमाणपत्र ।
पाँचौँ : रु, १०,०००/ + प्रमाणपत्र ।

विजयीहरुको नाम घोषणा पश्चात् विभिन्न ठाउँबाट केही स्रष्टहरुले सिर्जना वाचन गर्नुभयो र विशिष्ट अतिथिज्यूहरुबाट शुभकामना सहितको मन्तव्य आयो । विश्व नेपाली साहित्य महासङ्घले गर्दै आएको साहित्यिक गतिविधिहरुको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्तै सिर्जनात्मक कार्य गर्दै साहित्यमा लाग्नेहरुका निम्ति एउटा मध्यम बन्न सकोस् विनेसाम भन्ने सुन्दर मन्तव्य प्रस्तुत गर्नु भयो विशिष्ट अतिथिज्यूहरुले । स्व: सावित्रा लुइँटेल घिमिरेको स्मृतिमा आयोजित विश्व स्तरीय लघुकथा प्रतियोगिताका विजयीहरुलाई शुभकामना दिँदै, नतिजाबारे आफ्नो स्पष्ट फरक धारणा राख्नुभएको थियो आजका प्रमुख अतिथि त्रिभुवन विश्व विद्यालायका प्राध्यापक डा नेत्र एटमज्यूले ।

आजको कार्यक्रममा प्रत्यक्ष उपस्थित…
१) सभापति : सुरेन्द्र लिम्बू परदेशी (नेपाल)
२) प्रमुख अतिथि: प्रा डा नेत्र एटम (काठमाण्डौ/ नेपाल)
_ विश्ष्ट अतिथिज्यूहरु..
३) डा सोम ब धिमाल (काठमाण्डौ/नेपाल)
४) प्रज्ञा कविता आले (काठमाण्डौ/नेपाल)
५) डा घनश्याम परिश्रमी (नेपाल)
६) भीम विरही राई (धरान/नेपाल)

_ विजयीहरु…
७) प्रथम : तारानाथ पराजुली (एसिया)
८) द्धितीय : भरतकुमार श्रेष्ठ ‘विवस’ (युरोप)
९) तृतीय : म्यामराज राई (प्रशान्त महासागर)
१०) चौंथो : कृष्ण कुसुम : (अमेरिका )
११) पाँचौँ : सिन्धु पौडेल (मध्यपूर्व अफ्रिका

_ उपस्थित…
१२) रीतादेवी प्रधान (अमेरिका)
१३) देविका मंग्राती राई (खर्साङ्)
१४) अमित थेबे (बेलायत)
१५) शान्ति भुजेल (खर्साङ्)
१६) मोहनराज खनाल (म्यान्मा)
१७) देवी ब इङनाम (जापान)
१८) कल्पना पौडेल (नेपाल)
१९) ऋषिराम सापकोटा (नेपाल)
२०) डा मनमुर्ति भुर्तेल (मस्को रसिया)
२१) डेन्जोम साम्पाङ्ग राई (अमेरिका)
२२) डा लेखनाथ काफ्ले (नेपाल)
२३) कर्ण गुरुङ (अमेरिका)
२४) कृष्ण प्रा गौतम (इटहरी/नेपाल)
२५) रामेंद्र कोइराला (इनरुवा/नेपाल)
२६) चूडा निर्भिक (नेपाल)
२७) अमित चाम्लिङ्ग (नेपाल)
२८) केबी पौडेल (काठमाण्डौ/नेपाल)
२९) ग्याल्पो लामा (दार्जिलिङ्ग)
३०) प्रेम न्यौपाने (नेपाल)
३१) त्रिशा घिमिरे
३२) शुधा मिश्र
३३) गङ्गा भण्डारी (बेलायत)
३४) सुनिता राई कन्दङ्वा (इजरायल)

अन्त्यमा,
आजको कार्यक्रम ”पुरस्कार अर्पण तथा सिर्जना वाचन” को अन्त्यमा विनेसाम केन्द्रले साहित्यमा निरन्तर सेवा गर्दै आउनु भएका विनेसाम शाखा म्यान्माका महासचिव तीलक पोखरेललाई प्रोत्साहन स्वरूप ”साहित्यिक प्रतिभा सम्मान” प्रदान गरिने घोषणा गरियो । आजको कार्यक्रम संचालन संस्थाकी महासचिव सुनिता राई कन्दङ्वाले गर्नु भएको थियो । अन्त्यमा कार्यक्रममा आफ्नो अमूल्य समय दिनुहुने प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यूहरु, अतिथिज्यूहरु, केन्द्रीय पदाधिकारी, आजीवन सदस्यज्यूहरु, विनेसाम शाखाहरु, प्रदेशहरु र जिल्लाबाट उपस्थित् हुनु भएका पदाधिकारीज्यूहरु साथै भर्चुअल्ली हामीलाई साथ दिनुहुने सम्पूर्ण साहित्यिक मनहरुप्रति हार्दिक आभार व्यक्त गर्दै कार्यक्रमका सभापति तथा विनेसाम केन्द्रीय अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीले कार्यक्रमको समापन गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *