विनेसाम नेपाल बागमती प्रदेश घोषणा, कृति समिक्षा र रचना वाचन

काठमाण्डौ २५ जेठ

२०७९/०२/२५ मा विश्व नेपाली साहित्य महासङ्घ, नेपाल शाखाको आयोजनामा विनेसाम लुम्बिनी प्रदेश द्वारा प्रकाशित संयुक्त कृति “लुम्बिनी दर्पण”को समिक्षा र विनेसाम नेपाल बागमती प्रदेश शाखा गठन गरि नयाँ कार्यसमितिको घोषणा तथा रचना वाचन कार्यक्रम विनेसाम नेपाल शाखा कि अध्यक्ष कल्पना पौडेल “जिज्ञासु”को अध्यक्षतामा र वरिष्ठ साहित्यकार, कवि लोक सांस्कृतिविद श्री तुलसी दिवसज्यूको प्रमुख आतिथ्यमा भर्चुअल माध्यमबाट भव्य रुपमा सम्पन्न भयो I

_ कृति समिक्षा..
विनेसाम नेपाल लुम्बिनी प्रदेश शाखाद्वारा प्रकशित संयुक्त कृति ”लुम्बिनी दर्पण ” माथि समिक्षक श्री अमृता स्मृतिले अत्यन्तै राम्रो समिक्षा गर्नु भएको थियो।

विश्व नेपाली साहित्य महासङ्घ नेपाल शाखा अन्तर्गत बागमती प्रदेशको नयाँ कार्यसमितिको घोषणा विनेसाम नेपाल शाखाकी अध्यक्ष कल्पना पौडेल”जिज्ञासु”ले गर्नुभयो ।

प्रमुख अतिथि विश्व कवि तुलसी दिवसले साहित्यकै नामबाट संसारका तिन चौथाई देश घुमि सक्नु भएको र अबको हप्ता दिन भित्र भारतमा हुन गैरहेको हिराक जयन्तीको अवासरमा संसार भरिको ५०० जान भन्दाबढि साहित्यिक व्यक्तित्वहरुसँग सम्मेलान हुने कार्यक्रममा निमन्त्रण आएको कुरा पनि जानकारी दिनु भयो । उक्त क्रार्यक्रममा हाम्रो विश्व नेपाली साहित्य महासङ्घको गतिविधि बारे चर्चा गर्ने प्रतिवद्धता जाहेर गर्नुभयो।

त्यसैगरि अन्य विशिष्ट अतिथि डा मधुकृष्ण श्रेष्ठ, प्रा डा गोविन्दमानसिंह कार्की, अतिथि केन्द्रीय महासचिव सुनिता राई कन्दङ्वा, नेपाल शाखाका सल्लाहकार मणिराज सिंह, ऋषिराम सापकोटा, डा सावित्री श्रेष्ठ लगायतले नव गठित बागमती प्रदेश समितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको थियो। विशिष्ट अतिथि शैलेन्द्र साकारले शुभकामना दिदैँ बि. सं. २०३१सालमा उहाँसहित ४ जना कविहरूले गर्नु भएको बुटपालिस औचित्यबारे प्रकाश पार्नु भयो। साकारले भर्खरै प्रकाशित ” अरु सात समुन्द्र” बाटअमेरिकी परिवेशमा रचना गरिएको एउटा कविता वाचन गरि कार्यक्रममा रोचकता थप्नु भयो।
बागमती प्रदेश नवगठित समितिका उपाध्यक्ष सुशीला ढकाल अधिकारी र सचिव- माधव विडारीले सल्लाहकार समितिको धोषणा र नयाँ समितिले गर्ने कार्ययोजना प्रस्तुत गर्नुको साथै नयाँ समिति गठन गर्न योगदान गर्ने नेपाल शाखा र केन्द्रीय समितिलाई धन्यवाद दिनुभएको थियो।

प्रमुख अतिथि लगायत दुई दर्जन भन्दा बढि विशिष्ट साहित्यकारहरूले आफ्नो सिर्जना वाचन गर्नु भएको थियो ।
वाचन नामवाली:-

१.मणिराज सिंह, २.असिम सागर, ३.पूर्णिमाप्रतिबिम्ब(गजल),
४.संगीता झा ठाकुर, ५.प्रा.डा. गोविन्दमान सिंह कार्की
६.सुशिला ढकाल अधिकारी, ७.सीता कार्की विष्ट, ……
८.गंगा आचार्य सापकोटा,
९.सुधा मिश्र झा,
१०.रेणु घिमिरे,
११.सरस पाण्डे
१२.रश्मी रिमाल
१३ चन्द्रा न्यौपाने,
१४.जनार्दन अधिकारी”धड्कन”
१५.गंगा आचर्य १६. अम्बिका याम्फू “अनमोल”
१७.माधव विडारी
१८.विश्व कवि तुलसी दिवस,
१९.सुनिता राई कन्दङ्वा
२०.वरिष्ठ कवि शैलेन्द्र साकार
२१.गंगाराम ढकाल आदि।
अन्य विशिष्ट साहित्यकारहरुको बाक्लोउपस्थित रह्को थियो ।कार्यक्रममा स्वागत मन्तव्य नेपाल शाखाकी वरिष्ठ उपाध्यक्ष केशु पोख्रेल खनालले गर्नु भएको थियो,भने कार्यक्रमको सन्चालन विनेसाम नेपाल शाखाकी महासचिव अम्बिका याम्फु “अनमोल “ले गर्नु भएको थियो।
बागमती प्रदेश नयाँ कार्यसमितिमा
सल्लहाकारहरु-
डा. शैलेन्दुप्रकाश नेपाल,
चन्द्रा न्यौपाने,
दुर्गा अधिकारी “भमर्कोटे”,
द्वारिका कुइँकेल
गुप्तबहादुर श्रेष्ठ –

1)अध्यक्ष-तोयानाथ सुवेदी
2) उपाध्यक्ष-सुशीला ढकाल
3)सचिव- माधव विडारी
4)सह सचिव-पूर्णिमा प्रतिविम्ब
5)कोषाध्यक्ष-पुनम घिमिरे
६)सह- कोषाध्यक्ष- सुस्मिता आर्यल”जिज्ञासु”
सदस्यहरु-
७)जिज्ञासु पौडेल तिलक
८) – बासुदेव ठकुरी
९) -विमला ढकाल
१०)- पवन कुमार बुढाथोकी
११)- दिनमान गुर्मछान
१२)असिम सागर
१३)- उषा आचार्य ढकाल
१४)- बाबुकाजी सिलवाल
१५)- रश्मि रिमाल
१६)- रमा घिमिरे
१७)-पलपल समिप
१८)-शारदा आचार्य
१९)सङ्गीता झा ठाकुर
२०)हरी रिजाल”हरिप्रिया”
२१) गंगा आचार्य
सहित २१ सदस्य रहेको समिति गठन भएको छ।

विश्व नेपाली साहित्य महासङ्घले नेपाली साहित्यको उन्नयनमा टेवा पुर्याउन देश तथा बिदेशमा आफ्ना शाखाहरु स्थापना गर्ने क्रममा आज बागमती प्रदेशमा नयाँ समितिको गठन भएर अर्को परिवार थपिएकोमा आफु अत्यन्त हर्षित भएको कुरा अध्यक्ष जिज्ञासु ले आफ्नो बधाई तथा शुभकामना मन्तव्यमा राख्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published.