विनेसाम बेलायतले भूपिलाई यसरी सम्झे..

लन्डन ११ जुन/२०२२

झ्याउरे कविका चर्चित भूपी शेरचनलाई विश्वभरका सर्जकहरूले स्मरण गरेका छन् । कवि शेरचनको ३३ औँ स्मृति दिवसका अवसर पारेर शनिवार स्रष्टा एवम् साहित्यकारहरूले उनको व्यक्तित्व र कृतित्वको चर्चा गर्दै सम्झेका हुन् ।

विश्व नेपाली साहित्य महासङ्घ, पश्चिम यूके र दक्षिण यूके शाखा समितिहरूको संयुक्त आयोजनामा आयोजित चर्चा परिचर्चा एवम् सिर्जना वाचन कार्यक्रममा सर्जकहरूले शेरचनलाई सम्झे । कार्यक्रमकी प्रमुख वक्ता डा. सुमाया राईले कवि भूपी शेरचन प्रगतिवादी धारमा गद्य शैलीमा लेख्ने एक शक्तिशाली स्रष्टा भएको बताइन् । मनोविश्लेषक रहेकी डा. राईले शेरचनको जीवनमा उतारचढाव आएपनि लेखनले भने सबैलाई आफ्नो पछाडि डोहो¥याएको बताइन् ।

भर्चुअल जुम साहित्यिक कार्यक्रममा सहभागीहरू ।
त्यसैगरी, विश्व नेपाली साहित्य महासङ्घ विश्व केन्द्रीय समितिकी महासचिव सुनिता राई कन्दङ्वाले भूपीका सिर्जनाहरू अझै पनि सामयिक र सान्दर्भिक रहेको बताइन् । कार्यक्रमकी संयोजक गङगा भण्डारीले सञ्चालन गरेको कार्यक्रमलाई विनेसाम दक्षिण यूकेका सचिव अमित थेवेले औचित्यमाथि प्रकाश पार्दै सञ्चालनमा सहयोग गरेका थिए ।

सेमन्त राईले बाँसुरी वादनमार्फत् उपस्थित सबैलाई स्वागत गरेका थिए । उनले शेरचनद्वारा लिखित एवम् स्वरसम्राट नारायणगोपालले गाएको ‘अल्झेछ क्यारे पछ्रयौरी …’ बोलको गीत सुनाएका थिए । सिर्जना वाचन सत्रमा दुई दर्जन सर्जकहरूले रचना सुनाएका थिए ।

सर्जकहरू सुनिता राई कन्दङ्वा, दुष्यन्त भट्टराई, प्रतिमा केसी, वासु शर्मा, सेमन्त राई, मनु राना, शरद प्रधान(काठमाडौं), खेम गुरुङ, विश्वासदीप तिगेला, डा.सुमाया राई, सर्वधन थुलुङ, काजीमान लिम्बु, अमित थेवे, जित बुढाथोकी छन्त्याल, विजय हितान, विश्वजीत थापा मगर, ओैँतारी साइला गुरुङ, अहिल्या कुँवर, लाल सुन्दर राई, देवी आले, हाेम किरात सुनुवार लगायत उपस्थित थिए । कार्यक्रम विनेसाम पश्चिम यूके अध्यक्ष लालसुन्दर राईकाे सभापतित्वमा भएको थियोे ।

मुस्ताङको थाक टुकुचे वस्तीमा सन् १९३७ डिसेम्बर २७ मा जन्मिएका कवि शेरचनको सन् १९८९ मे १४ मा निधन भएको थियो । ‘सर्वहारा’ उपनामले पनि कलम चलाएका शेरचनको खास नाम भूपेन्दमान शेरचन रहेको थियो । उनी वामपन्थी विचारधाराबाट निकै प्रभावित कवि थिए । ‘घुम्ने मेचमाथिको अन्धो मान्छे’का लागि उनले सन् १९६९ मा साझा पुरस्कार पाएका थिए । उनका नयाँ झ्याउरे(गीति संग्रह), निर्झर(गीति संग्रह), भूपी शेरचनका कविताहरू(सम्पादित कविता संग्रह) लगायतका कृतिहरू पनि प्रकाशित भएका छन् । उनी गद्य मुक्त शैलीमा कविता लेखनका लागि चर्चित थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *