विनेसाम लुम्बिनीद्वारा दुई कृतिको समीक्षा र नयाँ कार्यसमिति घोषणा

वैशाख 23/६ मे २०२२ शुक्रवार

विश्व नेपाली साहित्य महासङ्घ, नेपाल शाखा, लुम्बिनी प्रदेशले आयोजना गरेको दुई कृतिमाथि समीक्षा र नयाँ कार्यसमितिको घोषणा कार्यक्रम विनेसाम नेपाल शाखाकी अध्यक्ष कल्पना पौडेल जिज्ञासुको अध्यक्षतामा र विनेसाम विश्व केन्द्रीय समितिका अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीज्यूको प्रमुख आतिथ्यमा भर्चुअल माध्यमबाट भव्य रुपमा सम्पन्न भयो I

_ कृति समिक्षा..
विनेसाम नेपाल शाखाद्वारा प्रकशित संयुक्त कृति ”साहित्य एक विधा अनेक” माथि श्री हिरा ब खत्रीज्यूले अत्यन्तै सुन्दर टिप्पणी तथा समिक्षा गर्नुभयो I

साथै, सुनिता राई कन्दङ्वाको कथा सङ्ग्रह ‘तिउरी’ माथि श्री गीता अर्यालज्यू तथा प्राध्यापक बालकृष्ण शर्माज्यूले सुन्दर टिप्पणी र दृष्टिकोण राख्नु भयो I

कार्यक्रमको मध्यान्तरमा विश्व नेपाली साहित्य महासङ्घ लुम्बिनी प्रदेश अन्तर्गत बाँकेमा नयाँ कार्यसमितिको घोषणा विनेसाम नेपाल शाखाकि अध्यक्ष कल्पना पौडेले गर्नुभयको थियोI
नयाँ कार्यसमितिमा
अध्यक्ष-गिता अर्याल
उपाध्यक्ष -हिरा वहादुर खत्री
सचिव-महेन्द्र सेडाई
स सचिव-विरमान के सी
कोषाध्यक्ष-जयन्ती क्षेत्री

सदस्य हरू-हिमाल शर्मा,लक्ष्मण सापकोटा,प्रतिभा अर्याल, अन्तरिक्ष देवकोटा,लक्ष्मी महतरा र विमला परियार सहित ११ सदस्य रहेको समिति गठन भयको छ।

विनेसाम नेपाल लुम्बिनी शाखाका अध्यक्ष लेक प्रसाद प्याकुरेल ले सन्चालन गरेको कार्यक्रम मा स्वागत मन्तव्य उपाध्यक्ष चरित्रा शाहले गर्नुभयको थियो। विशिष्ट अतिथि प्रा डा भिम खतिवडा, महासचिव सुनिता राई कन्दङ्वा र विश्व दिप तिगेला ले नयाॅ समितिलाई बधाई तथा शुभकामना दिनुभएको थियो। सल्लाहकार डा इन्द्र वहादुर भण्डारी, ऋषिराम सापकोटा, साहित्यकार डा जनार्दन आचार्य, किरण आचार्य, महानन्द ढकाल, विनेसाम नेपाल शाखाबाट महासचिव अम्विका याम्फु अनमोल सहित आजको विशेष कार्यक्रममा ४५/३६ जना भन्दा बढी साहित्यकार हरू देशविदेशबाट जोडिनु भएको थियो । एक दर्जन भन्दा बढी साहित्यकार हरूबाट रचना वाचन भएको थियो ।

विश्व नेपाली साहित्य महासङ्घले नेपाली साहित्यको उन्नयनमा टेवा पुर्याउन देश तथा बिदेशमा आफ्ना शाखाहरु स्थापना गर्ने क्रममा आज लुम्बिनी प्रदेश अन्तर्गत बाँके जिल्लामा अर्को परिवार जोड्नु भएकोमा आफु अत्यन्त हर्षित भको कुरा प्रमुख अतिथिले शुभकामना मन्तव्यमा राख्नु भयो ।

विश्व नेपाली सहित्य महासङ्घ, नेपाल शाखा, लुम्बिनी प्रदेशद्वारा आयोजित आजको यस विशेष कार्यक्रम दुई कृतिको समीक्षा तथा नयाँ कार्यसमिति घोषणामा उपस्थित् प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यू, अतिथिज्यूहरु, विनेसाम केन्द्र, विभिन्न देशमा स्थापित विनेसाम शाखाहरुबाट उपस्थित् पदाधिकारीज्यूहरु, आजीवन सदस्यज्यूहरु साथै भर्चुअलबाट जोडिनुहुने सम्पूर्ण सम्पूर्णमा आजको कार्यक्रमका सभापति विनेसाम नेपाल शाखाकी अध्यक्ष कल्पना पौडेल जिज्ञासुज्यूले हार्दिक आभार व्यक्त गर्दै कार्यकमको समापन गर्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *